थुलुङ दुधकोशीमा पहिलो ‘अध्यक्ष रनिङ शिल्ड’ हुँदै   •   मिस/मिस्टर शेर्पा दाफुटी र सोनाम जाङ्बु पहिलोपटक मिडियामा; भन्छन् 'यूवाहरुले देशमै केही गर्नुपर्छ'   •   सोलुखुम्बुबाट जिल्लास्तरीय व्याडमिन्टन खेलाडी छनोट, ४ जना पुरुष र ३ जना महिला छनोटमा   •   नेपाल भ्रमण वर्षः २० लाख पर्यटक ल्याउन १० हजारलाई तालिम   •   वैद्य माओवादीको युवा स‌ंगठनद्वारा सुगतरत्नलाई कालोमोसो   •   सरकारले गठन गर्‍यो पराजुलीको अध्यक्षतामा वाइडबडी उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग
List/Grid

प्रोफाइल Subscribe to प्रोफाइल

स्वर्ण सगरमाथा चक्रपथ सडकको पहिलो खण्ड जोडियो

स्वर्ण सगरमाथा चक्रपथ सडकको पहिलो खण्ड जोडियो

सोलुखुम्बु । स्वर्ण सगरमाथा चक्रपथ ट्रयाक ओपनको काम सकिएको छ । स्वर्ण सगरमाथा चक्रपथ अन्तर्गत पहिलो खण्ड ओखलढुंगाको बिब्लाटे–गैरी सडक खण्ड अन्तर्गतको ट्रयाक ओपनको काम सकिएको हो । २ वर्षअघि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले २ वर्ष अघि शिलान्यास का थिए । तर, स्थानीय, प्रदेश र संघीय निर्वाचनले केहि महिना सडक निर्माणको काम रोकिएको थियो । कार्यक्रमको शिलशिलामा ओखलढुंगा पुगेका केसी आफूले २ वर्षअघि शिलान्यास गरेको सडकको अनुगमनमा गएका थिए । निर्माणधिन सडकबाटै केसी गाडिमा गैरीहुँदै नेचाबिहीबारेसम्म पुगेको नेपाली कांग्रेस सोलुका युवा नेता वेदप्रसाद वनले बताए। सो सडकको गैरी–ख्याम्पु ५ किलोमिटर ट्रयाक ओपन हुन बाँकी छ ।… बाँकी »

आरोही नर्विन मगरद्धारा दक्षिण अफ्रिकाको अकंकोगया सफल आरोहण

आरोही नर्विन मगरद्धारा दक्षिण अफ्रिकाको अकंकोगया सफल आरोहण

शिखरपोष्ट रिपोर्टर काठमाडौं, ५ पुस । सेभेन समिट अभियानका अभियन्ता आरोही नर्विन मगरले दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाल अकंकोगया (६,९६२ मि.)को सफल आरोहण गरेका छन् । ‘सुरक्षित भविष्यका लागि हिमाल बचाउँ’ भन्ने नाराका साथ सातै महादेशको सबैभन्दा अग्लो हिमाल आरोहणहरु गरेर नयाँ विश्व कीर्तिमान कायम गर्ने अभियानमा जुटेका मगरले अर्जेन्टिनामा रहेको अकंकोगया हिमालको यही १८ डिसेम्बर २०१८ को २ बजे सफल आरोहण गरेका हुन् । उनले यसअघि नै विश्वको सर्वोच्च शिखर सगरमाथासँगै दक्षिण अफ्रिकाको किलिमाञ्जरो र युरोपको एल्बु्रस हिमालको सफल आरोहण गरिसकेका छन् । अब सात महादेशमध्ये ३ वटा महादेशको अग्लो हिमालमात्रै आरोहण गर्न बाँकी छ । विविध प्राविधिक कठिनाई… बाँकी »

जीपी कोइराला फाउण्डेशन, सोलुखुम्बुको संयोजकमा यूवा पर्यटन व्यवसायी कार्की मनोनित

जीपी कोइराला फाउण्डेशन, सोलुखुम्बुको संयोजकमा यूवा पर्यटन व्यवसायी कार्की मनोनित

शिखरपोष्ट रिपोर्टर काठमाडौं, २८ मंसिर । जीपी कोइराला फाउण्डेशन सोलुखुम्बुको संयोजकमा यूवा पर्यटन व्यवसायी चोलेन्द्र बहादुर कार्की मनोनित हुनुभएका छन् । फाउण्डेशनअन्तर्गत १ नम्बर प्रदेश कार्यसमितिले कार्कीलाई सोलुखुम्बु जिल्लाको संयोजकमा सर्वसम्मत मनोनयन गर्ने निर्णय गरेको हो । लोकतान्त्रिक गणतन्त्र नेपालका महानायक पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृतिमा स्थापित यस फाउण्डेशनले प्रदेश नम्बर १ का सबै जिल्ला संयोजक पनि तोकेको छ । को हुन् कार्की ? सुतार कार्की एकता समाजको केन्द्रीय अध्यक्षसमेत रहनुभएका कार्कीको जन्म सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका नं. ३ माझगाउँमा बुवा बज्र बहादुर कार्की र र शुर्सी कार्कीको कोखबाट २०४४ साल असार १७ गतेको दिन भएको हो ।… बाँकी »

आरोही होङ गील सम्मानित, जो १०० पटक भन्दाबढि नेपाल आईसके

आरोही होङ गील सम्मानित, जो १०० पटक भन्दाबढि नेपाल आईसके

काठमाडौं । विश्वका आठ हजार भन्दा अग्ला २० मध्ये १६ वटा हिमालको आरोहण गर्ने दक्षिण कोरियाका आरोही उम होङ गील सम्मानित भएका छन्। नेपाल पर्वतारोहण संघले पाँचौ अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा उनलाई कुमारखड्ग विक्रम शाह साहसिक पर्वतारोहण पुरस्कारबाट सम्मानित गरिएको हो । सगरमाथापछि आठ हजार मिटर माथिका हिमालमा उनले क्रमशः सिसा पाङमा, ब्रोड पिक, धौलागिरी, गासेरब्रुम, अन्नपूर्ण पहिलो, कञ्चनजंगा, ल्होत्से, यालुङखाङ, छ्यो यू, मकालु, मनास्लु, गसेरब्रुम दुई, नाङगा पर्वत, केटु र ल्होत्से गरी १६ अग्ला हिमालको सफल आरोहण गरेका छन्। उनी एक सय पटक भन्दाबढि नेपाल आइसकेका गीलले १९८८ सेप्टेम्बर २६ मा पहिलो पटक सगरमाथाको आरोहण गरी १९ वर्षे आफ्नो… बाँकी »

गोरखापत्र संस्थानको सल्लाहकारमा टीकाराम राई

गोरखापत्र संस्थानको सल्लाहकारमा टीकाराम राई

काठमाडौं । सरकारले गोखारपत्र संस्थानको सल्लाहकारमा नीति विश्लेषक तथा वरिष्ठ पत्रकार टीकाराम राईलाई नियुक्त गरेको छ। बिहीबार सार्वजनिक मन्त्रिपरिषदको निर्णयअनुसार उनलाई व्यवस्थापन, मार्केटिङ तथा प्रिन्टिङसम्बन्धी मामिला हेर्नेगरी विज्ञ सल्लाहकार पदमा नियुक्त गरिएको हो। गत सोमबार बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाले जानकारी दिए। राई सञ्चार मन्त्रालयले यसै वर्ष गोरखापत्र संस्थान अध्ययन एवं छानवीन गर्न गठित समितिका सदस्य हुन्। कागज खरिदमा अनियमितता गरेको निष्कर्षसहित समितिले प्रतिवेदन बुझाइसकेको छ। मुलुकी ऐन (अपराध) संहिताको प्रेस तथा अभिव्यक्ति स्वतन्ता अध्ययन कार्यदलको सदस्य रहेका उनी आमसञ्चार नीति मस्यौदा समितिको विज्ञ सदस्य पनि हुन्। राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय समितिमा… बाँकी »

प्रधानन्यायाधीसमा राणाको नाम सर्वसम्मत सिफारिस

प्रधानन्यायाधीसमा राणाको नाम सर्वसम्मत सिफारिस

काठमाडौँ, २७ मंसिर ।  प्रधानन्यायाधीस ओमप्रकाश मिश्रको उत्तराधिकारी चोलेन्द्र शमशेर राणा बन्ने भएका छन्।बिहीबार विहान बसेको सम्बैधानिक परिषदको बैठकले प्रधानन्यायाधीसमा राणाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको हो। प्रधानन्यायाधीसका लागि बरिष्ठ न्यायाधीसद्वय दीपकराज जोशी र राणा दावेदार थिए। जोशीको नाम मिश्र अघि प्रस्तावित भएपनि संसदीय सुनुवाई समितिले अस्वीकार गरेको थियो।

प्रचण्डको ६४औं वर्षगाँठ, भन्छन् ‘जन्मदिन मनाउने गरेको छैन’

प्रचण्डको ६४औं वर्षगाँठ, भन्छन् ‘जन्मदिन मनाउने गरेको छैन’

काठमाडौं, मंसिर २६ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि ६५ वर्षमा लागेका छन्। वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी- २ लेवाडेमा जन्मिएका प्रचण्डले ६४ वर्ष पूरा भएर ६५ वर्षमा लाग्दा जन्मदिन नमनाए पनि शुभकामना भने ग्रहण गरेका छन्। नेकपा अध्यक्ष प्रचण्डको जन्मदिनको सन्दर्भमा बुधबार बिहानै प्रचण्ड निवास खुमलटारमा नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको भीड लागेको थियो। बुकीसहित पुगेका युवा, विद्यार्थी, कार्यकर्ताले अध्यक्ष प्रचण्डलाई शुभकामना तथा बधाई दिँदै सुस्वास्थ्यको कामना गरेका थिए। कार्यकर्ताहरूको शुभकामना ग्रहण गर्दै नेकपा अध्यक्ष प्रचण्डले शुभकामना ग्रहण गरे पनि जन्मदिनको सन्दर्भमा कुनै पनि गतिविधि भने गरेनन्। यद्यपि, बिहानभर निवासमै रहेर कार्यकर्ता भेटघाट तथा शुभकामना… बाँकी »

अाइजी खनाललाई सांसदकाे प्रश्न: प्रहरी प्रशासन किन ‘दाँत नभएको कुकुरको टोकाइ’ जस्तो भयो ?

अाइजी खनाललाई सांसदकाे प्रश्न: प्रहरी प्रशासन किन ‘दाँत नभएको कुकुरको टोकाइ’ जस्तो भयो ?

काठमाडाैँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताउनुभयो । महानिरीक्षक खनालले भन्नुभयो, “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।” कञ्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा… बाँकी »

अस्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा काठमाडौं फर्किइन्

अस्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा काठमाडौं फर्किइन्

काठमाडौं, २४ मंसिर । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले काठमाडौं झिकाएको छ । मानव तस्करीको आरोप लागेकी उनले अभियोगबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएकी छन् । उनको सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको थियो । परराष्ट्रले आरोपबारे उनीसँग स्पष्टीकरण नै सोधेको थियो । तर, शेर्पाले दिएको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएपछि परराष्ट्रले उनलाई काठमाडौंमै झिकाएको हो । परराष्ट्र मन्त्रालयकाअनुसार आइतबार बिहान नेपाल आइपुगेकी शेर्पाको बारेमा मन्त्रालयद्वारा गठित ३ सदस्यीय समितिले छानबिन थालेको छ । स्पष्टीकरणका क्रममा राजदूत शेर्पाले के भनिन् भन्ने परराष्ट्रले खुलाएको छैन ।

सोलुखुम्बु बहुमुखी क्याम्पस प्रमुख शर्मा विश्वविद्यालय कार्यदलको सदस्यमा मनोनित

सोलुखुम्बु बहुमुखी क्याम्पस प्रमुख शर्मा विश्वविद्यालय कार्यदलको सदस्यमा मनोनित

शिखरपोष्ट रिपोर्टर सोलुखुम्बु, १२ मंसिर । सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्मा एक नम्बर प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि गथित कार्यदलको सदस्यमा मनोनित भएका छन् । सामाजिक विकास मन्त्रालयको कात्तिक २६ गते बसेको मन्त्रीस्तरीय बैठकले क्याम्पस प्रमुख शर्मालाई कार्यदलको सदस्यमा मनोनित गरेको हो । प्रा. डा. महेशराज दाहाल (भोजपुर)को संयोजकत्वमा १० सदस्यीय प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरिएको हो । सदस्यहरुमा डा. देवी क्षेत्री दुलाल (इलाम), पितकुमार श्रेष्ठ (मोरङ), भोलानाथ ओझा (झापा), रमेशचन्द्र रोका (उदयपुर), तोयाप्रसाद खतिवडा (मोरङ), उद्धवकुमार शर्मा (सोलुखुम्बु), उमानाथ रिजाल (सुनसरी), उमानाथ ओली (झापा) र सूर्यप्रसाद सुवेदी, सामाजिक विकास मन्त्रालय प्रदेश नं. १, सदस्य सचिव… बाँकी »