एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)
List/Grid

प्रोफाइल Subscribe to प्रोफाइल

उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही

उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही

बीबीसी काठमाडौं । बझाङकी लक्ष्मी बुढाले १५ वर्षअघि तत्कालीन माओवादी विद्रोहीको सेनामा सामेल हुने निर्णय गरिन् । त्यतिबेला उनको उमेर १४ वर्षको मात्र थियो । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला उनी माओवादीको सांस्कृतिक विभागमा आबद्ध भइन्। त्यतिबेला आफूले ‘क्रान्तिको सपना’ देखेको उनी बताउँछिन् । सुदूरपश्चिमको दुर्गम क्षेत्रमा हुर्किएकी लक्ष्मीलाई आफू माओवादी बन्दा कुनै दिन हिमालमा रुचि हुनेछ भन्ने थाहा थिएन। ‘केही नयाँ गर्ने’ इच्छाले उनी पर्वतारोहण गर्न थालेको बताउँछिन्। अभियान शान्ति सम्झौताको १० वर्षपछि लक्ष्मी बूढाले हालै मात्र आरोहणका लागि खुला गरिएको साइपाल हिमाल आरोहण अभियानमा सहभागी भइन् । लडाकुदेखि पर्वतारोही बन्दासम्मको आफ्नो यात्रा निकै कठिन भएको उनको अनुभव छ।… बाँकी »

नेपाल पर्यटन बोर्डका सीईओ जोशीले पाए अन्तर्राष्ट्रिय अवार्ड

नेपाल पर्यटन बोर्डका सीईओ जोशीले पाए अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं, २७ कात्तिक । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी लण्डनमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । जोशीलाई ‘ईन्टरनेशनल ईन्स्टीच्युट फर पिस थ्रू टुरीजम’ नामक संस्थाले ‘च्याम्पीयन सीप इन च्यालेन्ज अवार्ड’बाट सम्मान गरेको हो । युएनडब्लुटिओका पुर्व महासचिव डा. टेल रिफाईले उक्त अवार्ड हस्तान्तरण गरे । यो अवार्ड नेपालले पहिलो पटक पाएको हो । नेपालसहित जमैकाले पनि अवार्ड पाएको छ ।  ४० देशका करीब ३ सय जना पर्यटन क्षेत्र सँग सरोकार राख्ने देशका प्रतिनिधीहरु कार्यक्रममा सहभागी थिए ।  अर्वाड प्राप्त गरेपछि प्रमुख कार्यकारी अधिकृत जोशीले अर्वाडले आफूलाई जिम्मेवारी वोध गराएको प्रतिक्रिया दिए । ‘यो अवार्डको हकदार हामी… बाँकी »

स्पीड आरोहीको रेकर्ड ल्हाक्पा गेलुकै नाममा सदर

स्पीड आरोहीको रेकर्ड ल्हाक्पा गेलुकै नाममा सदर

विश्व कीर्तिमानी स्पीड आरोही सोलुखुम्बुका ल्हाक्पा गेलु शेर्पा (बायाँ) र नक्कली स्पीड आरोही बनेका दोलखाका पेम्वादोर्जे शेर्पा प्रमाणपत्रसहित: फाइल तस्बिर शिखरपोष्ट डेक्स काठमाडौं । पर्यटन विभागले सगरमाथाको स्पीड आरोहीको रुपमा ल्हाक्पा गेलु शेर्पाकै नाम सदर गरेको छ । विभागले १४ वर्षअघि बिना आधार पेम्बादोर्जी शेर्पालाई स्पीड आरोहण गरेको भन्दै थमाएको प्रमाणपत्र गलत भएको स्वीकार गरेको हो । पेम्बाले ८ घण्टा १० मिनेटमा आधारशिविरबाट सगरमाथाको चुचुरो पुगेर आधारशिविर फर्केको भनी विभागले बिना आधार प्रमाणपत्र थमाएपछि पेम्बाको आरोहण झुटा भएको भन्दै ल्हाक्पासहित अन्य आरोहीले सर्वोच्च अदालतमा उजुरी दिएका थिए । उजुरीमाथि छानबिन गरी सर्वाेच्च अदालतले उक्त कीर्तिमान खारेज गर्न आदेश दिएको थियो… बाँकी »

अमेरिकी मध्यवाधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी निर्वाचित

अमेरिकी मध्यवाधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी निर्वाचित

न्युयोर्क । अमेरिकी मध्यवाधि निर्वाचनमा नेपाली मुलका ह्यारी(एचबी) भण्डारी हाउस अफ डेलिग्ट्समा निर्वाचित भएका छन् । भण्डारी  मेरिल्याण्डको डिस्ट्रिक्ट ८ बाट निर्वाचित भएका हुन् । तीन जना निर्वाचन हुने उक्त स्थानमा ह्यारी दोस्रो स्थानमा आई जित हासिल गरेका हुन् । एचबी यो क्षेत्रबाट डेमोक्र्याट पार्टीबाट उम्मेदवार थिए।  योसँगै अमेरिकी मुलधारको राजनितिमा प्रवेश गर्ने पहिलो नेपाली मुलको प्रतिनिधित्व भएको छ। पेशाले शिक्षक नेपालको पर्वत जिल्लामा जन्मेका थिए। भण्डारी डेमोक्रयाट पार्टीमा करिब दशकदिख सक्रिय रुपमा लाग्दै आएका छन । हृयारीलाई जिताउन नेपाली समुदायको प्रतिनिधिहरुको साथै डेमोक्रेट पाटीले कडा मेहनेत गरेका थिए । अमेरिकी मुलधारको राजनितिमा लाग्दै अाएका भण्डारी डेमोक्रेटिक पार्टीको मेरील्याण्ड राज्यको… बाँकी »

सगरमाथा यात्रामा आधारित ‘मुसा मसाल’ पुस्तक परराष्ट्रमन्त्री ज्ञवालीद्धारा सार्वजनिक

सगरमाथा यात्रामा आधारित ‘मुसा मसाल’ पुस्तक परराष्ट्रमन्त्री ज्ञवालीद्धारा सार्वजनिक

शिखरपोष्ट डेक्स काठमाडौं । अमेरिकन नागरिकहरुले लेखेको ‘मुसा मसला’ पुस्तक सार्वजनिक गरिएको छ । हिमालयन योक्पू फाउन्डेशन र मुसा मसलाद्धारा ठमेलमा आयोजित एक समारोहबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘मुसा मसला’ को विमोचन गर्नुभएको हो । सगरमाथा आधार शिविरसम्मको यात्राको क्रममा अनुभव गरिएका र देखिएका दृश्यहरुलाई यात्रा संस्मरणको रुपमा लेखिएको उक्त पुस्तक विक्रीबाट प्राप्त रकम वाङ्छु शेर्पा मेमोरियल अस्पताल निर्माणमा खर्चिने जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पराराष्ट्रमन्त्री ज्ञवालीले नेपालको पर्यटन प्रवद्र्धनमा शेर्पा समुदायको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । पर्यटन प्रवद्र्धनका माध्यमबाट राज्यलाई समृद्धीतर्फ अग्रसर गराउनतर्फ सरकार गम्भिर रुपमा लागिपरेको बताउँदै उहाँले त्यसमा यस्तो पुस्तकबाट पनि योगदान पुग्ने विश्वाससमेत व्यक्त… बाँकी »

मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य

मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घाँटीको समस्या पत्ता नलागेपछि उहाँ शुक्रबार उपचारका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको थियो । बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा भएको चेकजाँच अनुसार उहाँको अवस्था सामान्य रहेको छ । मुख्यमन्त्री राईको स्वास्थ्य चेकजाँजमा डाक्टरहरु Ittipol Komonhirun, Sirichai Niramarnsakul र Suthep Patcharatrakul संलग्न रहनुभएको छ । घाँटीको समस्याबाट पीडित उहाँको विस्तृत रिपोर्ट कार्तिक २६ गते प्राप्त हुने भएको छ । मुख्यमन्त्री राई निजी खर्चमा उपचारका लागि थाइल्याण्ड जानु भएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा चियापान आयोजना

उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा चियापान आयोजना

काठमाडौं, १९ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार तिहार, छठ एवम् नेपाल संवत्को अवसरमा शुभकामना आदानप्रदान तथा जलपान समारोहको आयोजना गरेका छन् । बहादुरभवनस्थित कार्यालयमा आयोजना गरिएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल पनि सहभागी रहेका थिए । मन्त्रीहरु, राष्ट्रियसभाका अध्यक्ष, कुटनीतिक नियोगका प्रमुख लगायत भिभिआइपी तथा भिआइपीहरुको सहभागि भएका छन् । यसअघि कार्तिक १६ गते राखेको चियापान सोही दिन काँग्रेसको समेत चियापान परेपछि मिति परिवर्तन गर्दै २०७५ कात्तिक १९ गते आयोजना गरेको हो । 

एनआरएन बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहालद्वारा साढें एक करोड भन्दा बढी सहयोग

एनआरएन बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहालद्वारा साढें एक करोड भन्दा बढी सहयोग

शिखरपोष्ट रिपोर्टर काठमाडौं, ७ कार्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमका अध्यक्ष समाजसेवी लोक प्रसाद दाहालले बुढाथुम र बसेरीको शिक्षा क्षेत्रका लागि ढेड करोड भन्दा बढी सहयोग गर्नुभएको छ । एनआरएनए विज्ञ सम्मेलनमा भाग लिनका लागि नेपाल आउनुभएका दाहालले मंगलबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरी बुढाथुमस्थित बद्री विशाल उच्च माविको पक्की भवन निर्माणको अन्तिम किस्तावापतको चेक विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई हस्तान्तरण गर्नुभयो । दाहाल दम्पतीले २०७२ सालको विनासकारी भुकम्पपश्चात निरन्तर विभिन्न गाउँमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग गर्दै आईरहनुभएको छ । सो कार्यक्रममा बोल्दै दाहालले बेल्जियममा आफुले गरेको व्यवसायबाट प्राप्त आम्दानीको केहि प्रतिशत सामाजिक काममा खर्चने क्रममा गाउँकै स्वाथ्य… बाँकी »

एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग

एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग

  शिखरपोष्ट रिपोर्टर काठमाडौं, २८ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए), बेल्जियमका अध्यक्ष तथा समाजसेवी लोक प्रसाद दाहालले नर्विन मगर सेभेन समिट अभियानका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । काठमाडौंमा जारी एनआरएनए विज्ञहरुको भेलामा सहभागिता जनाउन नेपाल आउनुभएका दाहालले आइतबार ठमेलमा नर्विन मगर सेचेन समिट अभियान समितिका सचिव पत्रकार प्रकाश खालिङ र स्वयं आरोही नर्विन मगरलाई सो हस्तान्तरण गर्नुएको हो । सो रकम हस्तान्तरणको क्रममा पर्यटन व्यवसायी सरोज न्यौपानेकोसमेत उपस्थिति रहेको थियो । बेल्जियममा रेष्टुरेण्ट व्यवसायबाट अत्यान्तै राम्रो सफलता हासिल गर्न सफल दाहालले २०७२ सालको महाविनासकारी भूकम्पपछि धादिङ जिल्लाको बुडाथुम, बसेरीलगायतको क्षेत्रमा शिक्षा, स्वास्थ्य खाने पानीलगायतका… बाँकी »

नेता प्रकाशसिंह कार्की एफएनसीसीआई अन्तर्गत निर्यात प्रवर्धन समितिको सभापतिमा मनोनित

नेता प्रकाशसिंह कार्की एफएनसीसीआई अन्तर्गत निर्यात प्रवर्धन समितिको सभापतिमा मनोनित

शिखरपोष्ट रिपोर्टर काठमाडौं । नेपाल उद्योग बाणिज्य माहासंघ (एफएनसीसीआई)ले नेपाल फ्रेट फर्वार्ड एसोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्कीलाई निर्यात प्रवर्द्वन समितिको सभापति पदमा मनोनित गरेको छ । महासंघ केन्द्रीय सदस्यसमेत रहनुभएका कार्की पछिल्लो समय राजनीतिक तथा समाज सेवामासमेत सकृय रहदै आउनुभएको छ । गत निर्वाचनमा प्रदेश सभा सदस्यमा हार्नुभएका कार्कीले निर्वाचनपछि आर्थिक अवस्था कमजोर रहेका जेहेन्दार विध्यार्थीहरुको पढाइमा सहयोग पुर्‍याउने, सोलुखुम्बु जिल्लाका यातायात नपुगेका गाउवस्तीहरुमा बिरामी बोक्ने स्टेचर बितरण गर्ने जस्ता जनमुखी काम गर्नुभएको छ । समिति सभापति भईसकेपछि कार्कीले सरकार र निजी क्षेत्रलाई नेपालको आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने चुनौती रहेको बताउदै उत्पादन र निर्यात बढाउन सरकारले तदारुकताका साथ काम गर्नुपर्ने आवश्यकता… बाँकी »