बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न
List/Grid

प्रोफाइल Subscribe to प्रोफाइल

धमाधम कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरण

धमाधम कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरण

काठमाडौँ – सेवा प्रवाहमा गुणात्मक सुधार ल्याई सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले मातहतका निकायसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न शुरु गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शुक्रबार प्रदेश नं १ को प्रादेशिक कार्यालय विराटनगरअन्तर्गतका २४ वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेले कार्यसम्पादन सम्झौता गरेका गर्नुभएको छ । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरुले सम्झौता गर्नुभएको छ । प्राधिकरणले आफ्ना… बाँकी »

नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने पनि बताए । उनले एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने घोषणा गरे । एनआरएनएका सदस्यहरुको हितका लागि ‘श्रमिक कल्याणकारी कोष’लाई तेब्बर बनाउने पनि उनको योजना छ ।

एनआरएनए अध्यक्षमा कुमार पन्त बिजयी

एनआरएनए अध्यक्षमा कुमार पन्त बिजयी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गर्दै पन्त विजयी भएका हुन् । यद्धपी निर्वाचन कमिटीले औपचारिक रुपमा मतपरीणाम सार्वजनिक गरिसकेको छैन । जर्मनीमा व्यवसाय गरेर बसेका पन्तले बेलायतमा व्यवसाय गरेर बसेका कुल आचार्यलाई हराउदै २ कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् । अध्यक्षमा निर्वाचित पन्त यो भन्दा अगाडिको कार्यसमितिमा उपाध्यक्ष थिए । आचार्य पनि उपाध्यक्ष नै थिए ।    

एनआरएनए निर्वाचन अपडेट: जम्मा २ हजार ३४४ मत खस्यो !

एनआरएनए निर्वाचन अपडेट: जम्मा २ हजार ३४४ मत खस्यो !

काठमाडौं / गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा जम्मा २ हजार ३४४ मत खसेको छ । बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान प्रक्रिया सुरु भएको थियो । बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान प्राविधिक कारणले रोकिएको थियो । संघका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य नेतृत्वको प्यानलबीच प्रतिस्पर्धा भएको हो  । बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका प्रतिनिधि सहभागी छन् ।Click to share on Facebook (Opens in new window)

विवेकशील नेपाली दलको अध्यक्षमा पाण्डे

विवेकशील नेपाली दलको अध्यक्षमा पाण्डे

काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दलको निर्वाचनमा पाण्डे ५८ प्रतिशत मत पाएर विजयी भएका हुन् । करिव ५ प्रतिशत मत नो भोटमा खसेको छ भने बाँकी शिवप्रसाद थापाले पाएका छन्। महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका छन् । उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषध्यक्षको चुनाव आज हुँदैछ । विवेकशील नेपाली दलले योपटक विदेशमा भएका आफ्ना सदस्यहरुलाई अनलाइन भोटिङसमेत गराएको थियो । पार्टीको राष्ट्रिय सम्मेलन भने १ र २ कात्तिकमा हुनेछ ।

माप्य दुधकोशी गाउँपालिकाको प्रवक्तामा तेजबहादुर मगर

माप्य दुधकोशी गाउँपालिकाको प्रवक्तामा तेजबहादुर मगर

लामो समयदेखि रिक्त रहेको माप्य दुधकोशी गाउँपालिकाको प्रवक्ता पद पूर्ति गरिएको छ । तत्कालिन प्रवक्ता निमराज तामाङले राजिनामा दिएपछि खाली रहेकोमा मंगलबार बसेको  गाउँ कार्यपालिका बैठकले वडा नम्बर २ का वडा अध्यक्ष तेजबहादुर मगर (असारमान)लाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । मगर नेकपाको पुरानो स्थानीय नेता हुन् ।

एनआरएनए उपाध्यक्षका प्रत्यासी मन केसीलाई ३ प्रश्नः भन्छन् ‘मेरो जित सुनिश्चित छ’ (भिडियोसहित)

एनआरएनए उपाध्यक्षका प्रत्यासी मन केसीलाई ३ प्रश्नः भन्छन् ‘मेरो जित सुनिश्चित छ’ (भिडियोसहित)

को हुन् मन केसी ? नमस्कार, म मन केसी । विगत २३ वर्षदेखि अस्ट्रेलिया बस्दै आएको छु । गुल्मी जिल्लामा जन्मे हुर्केको हुँ । एनआरएन अभियानमा १७⁄१८ वर्षदेखि निरन्तर लागिपरेको छु । अस्ट्रेलियाको संस्थापक अध्यक्ष हुँदै संसारभरी चर्चित नेपाल फेस्टिभलजस्ता क्रियटिभ र इनोभेटिभ कामहरुको सुरुवात गर्ने गरेको हुनाले नै अहिलेको एनआरएनएको उचाई कायम भएको हो । २०११ १३ को क्रोसियाना क्षेत्रीय संयोजक, त्यसपछि शेष घले नेतृत्वको कार्यसमिति (२०१३ १५) मा एनआरएनए आईसीसीको केन्द्रीय प्रवक्ताको जिम्मेवार सम्हाले । त्यसपछि आइसीसी सल्लाहकार, अनररी काउन्सील मेम्बर हुँदै यति लामो समयको लगानी, निरन्तर संलग्नता र काम गरेको अनुभव मसँग छ । र अहिले नयाँ र… बाँकी »

एनआरएनए सह–कोषाध्यक्षको बलियो दाबेदारमध्येका एक एसी शेर्पाले छोडेसँगै लोकप्रसाद दाहालको जित नजिक

एनआरएनए सह–कोषाध्यक्षको बलियो दाबेदारमध्येका एक एसी शेर्पाले छोडेसँगै लोकप्रसाद दाहालको जित नजिक

शिखरपोष्ट रिपोर्टर काठमाडौं, २७ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि विभिन्न पदका आकांक्षीहरुले आ–आफ्नो दाबेदारी प्रस्तुत गर्दै गर्दा सहकोषाध्यक्षका प्रत्यासी लोकप्रसाद दाहालको जित्ने आधार थप बलियो भएको छ । । सह–कोषाध्यक्षका अर्का बलियो उम्मेद्धारको रुपमा आफुलाई उभ्याउँदै आएका एसी शेर्पाले उम्मेद्धारी नदिने सुचना प्राप्त भएको छ । एसी शेर्पा स्वयंले शिखरपोष्टलाई संक्षिप्त प्रतिक्रिया दिदै आफुले सहकोषाध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै आएपनि सबैको कल्यानका लागि त्यसबाट पछि हट्ने सोच बनाएको बताएका हुन् । शेर्पाले सो पदका लागि उम्मेद्धारी नदिने भएसँगै आफुलाई सबैभन्दा बलियो उम्मेद्धारको रुपमा उभ्याउँदै आएका दाहाललाई जित्नका लागि थप सहज बनेको हो । धादिङ बुढाथुममा जन्मिएका… बाँकी »

एनआरएनएको नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य भिड्दै

एनआरएनएको नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य भिड्दै

काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य भिड्ने निश्चित भएको छ । गोरखा फुजेलका पन्त जर्मनीबाट प्रतिनिधित्व गर्छन् । १९९७ मा जर्मनी पुगेका पन्तले राजनीतिशास्त्रमा स्नातक गरेका छन् । उनी बौद्धिक र परिपक्क नेताका रुपमा परिचित छन् । उनको मुल व्यवसाय होटल हो । उनको जर्मनी, बेल्जियम, स्वीजरल्याण्डमा गरी २९ वटा होटल छन् । सन् २००४ सालमा एनआरएनए जर्मनी राष्ट्रिय परिषद् गठन गरी क्षेत्रीय सदस्य बनेर यो अभियानमा लागेका पन्त सन् २००९ मा अन्तराष्ट्रिय समन्वय परिषद्, २०११ मा युरोप क्षेत्रको संयोजक निर्वाचित उनी २०१३ देखि १५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव… बाँकी »

सिको भ्रमणका कारण ५ घण्टा त्रिभुवन विमानस्थल अवरुद्ध हुने

सिको भ्रमणका कारण ५ घण्टा त्रिभुवन विमानस्थल अवरुद्ध हुने

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणका कारण आज र भोलि (शनिवार र आइतवार) करीब ५ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य उडान तथा अवतरण अवरुद्ध हुने भएकाे छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिवार नोटम जारी गर्दै शनिवार साढे २ घण्टा र आइतबार साढे २ घण्टा गरी ५ घण्टा विमानस्थल अवरुद्ध हुने जनाएको हो । प्राधिकरणका अनुसार शनिबार दिउँसो २ बजेर ५५ मिनेटदेखि ५ बजेर २५ मिनेटसम्म तथा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्म आन्तरिक र बाह्यतर्फका सबै उडान प्रभावित हुने जनाएको छ । प्रभावित उडानहरूको व्यवस्थापनका लागि विमानस्थल भने २४ सै घण्टा सञ्चालन… बाँकी »