हिमपातका कारण खुम्बु क्षेत्रमा दर्जनबढी पर्यटक अलपत्र   •   प्रदेश नम्बर १ लाई नेपालको लागिमात्रै नभएर संसारकै नमुना पर्यटकीय केन्द्र बनाउने घोषणा   •   धनुषामा शक्तिशाली बम विस्फोट, २ काे मृत्यु, इन्स्पेक्टरसहित ४ गम्भीर घाइते   •   संसदीय समितिको निर्देशन : लिम्पियाधुरा समावेश गरी नक्सा सार्वजनिक गर्नू   •   हिमपात र वर्षासँगै चिसो बढ्यो,काठमाडौं उपत्यकामा रातभरी जसो सिमसिम पानी   •   प्रदेश नम्बर एक पर्यटन प्रवद्र्धन समितिद्धारा नौ विश्वविख्यात आरोही तथा सेलीबेटीलाई सद्भावना दूतमा नियुक्त
List/Grid

प्रोफाइल Subscribe to प्रोफाइल

मिसेस नेपाल टुरिजम २०१९ विजेता शेर्पा पर्यटन सद्भावनादूतमा नियूक्त

मिसेस नेपाल टुरिजम २०१९ विजेता शेर्पा पर्यटन सद्भावनादूतमा नियूक्त

काठमाडौं । मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा पर्यटन सद्भावनादूत नियूक्त भएकी छन् । भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादूतमा नियूक्त गरेको हो । शेर्पालाई दुई बर्षको लागि नियूक्ति दिइएको बोर्डका एक अधिकारीले जानकारी दिए । मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रबद्र्धनको क्षेत्रमा क्रियाशिल शेर्पा सद्भावनादूत नियूक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिका प्रस्थान समेत गरेकी छन् । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसारको कार्य गर्ने जनाएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा… बाँकी »

सेभेन समिट बन्यो सरकारलाई सबैभन्दा बढि राजस्व बझाउने कम्पनी

सेभेन समिट बन्यो सरकारलाई सबैभन्दा बढि राजस्व बझाउने कम्पनी

काठमाडौं । सेभेन समिट ट्रेक्स यस वर्ष सरकारलाई सबैभन्दा बढी राजस्व बुझाउने कम्पनी बनेको छ । ४०औं विश्व पर्यटन दिवशको अवसरमा शुक्रबार आयोजित समारोहबीच सेभेन समिटलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सबैभन्दा बढि राजस्व तिर्ने कम्पनीको रुपमा सम्मान गरेको हो । पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले कम्पनीका प्रमुख मिङ्मा शेर्पालाई प्रमाणपत्रसहित सम्मान गरे । शेर्पा गन्तव्य नेपालको ‘टुरिजम म्यान अफ दि इयर अवार्ड २०१८’बाट सम्मानित व्यक्तित्व हुन् । सन् २०१० मा स्थापित कम्पनीले यस वर्ष ९ लाख ३० हजार अमेरिकी डलर अर्थात् १० करोड ५० लाख ९० हजार रुपैयाँ राजस्व बुझाएको मन्त्रालयले जनाएको छ । ५ दाजुभाइ मिलेर स्थापना गरेको… बाँकी »

स्पेनका लागि नेपाली राजदूतमा दावाफुटी शेर्पा नियुक्त

स्पेनका लागि नेपाली राजदूतमा दावाफुटी शेर्पा नियुक्त

काठमाडौं – स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छन् । राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारीसमा शेर्पालाई राजदूतमा नियुक्त गरेको जनाएको छ । सरकारले गत जेठमा फुटीलाई राजदूतमा सिफारिस गरेको थियो।  उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राजदूत नियुक्त गरिएको थियो ।  ३०३८ सालमा जन्मेकी शेर्पा पहिलो महिला सगरमाथा ओरोही पासाङ ल्यामु शेर्पाकी छोरी हुन्। उनी पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्। हेलिकोप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी दावा फुटी अमेरिकामा अध्ययन गरेर केही समयअघि मात्र नेपाल फर्केकी हुन् ।

पर्यटन व्यवसायी श्रेष्ठलाई भ्रमण वर्ष– २०२० को सिइओमा नियुक्त गर्ने तयारी

पर्यटन व्यवसायी श्रेष्ठलाई भ्रमण वर्ष– २०२० को सिइओमा नियुक्त गर्ने तयारी

सरकारले “नेपाल भ्रमण वर्ष– २०२०” को प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्ने तयारी गरेको छ । भ्रमण वर्षको कामलाई थप गति दिनका लागि सरकारले पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठलाई सिईओको रुपमा नियुक्त गर्ने तयारी गरेको श्रोतले जनाएको छ । श्रेष्ठलाई नियुक्त गरेर नेपाल भ्रमण बर्ष सफल बनाउनेतर्फ पर्यटन मन्त्री योगेश भट्टराई लागेका हुन् । भ्रमण वर्षको कार्यविधिले सबै अधिकार संयोजकलाई दिएकाले सीईओ नियुक्ति कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । सीईओ नियुक्तीको बिषयमा मन्त्री भट्टराईसँग कुरा भएको श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सुरज वैद्यलाई भ्रमण वर्षको संयोजक बनाएका थिए। संयोजकमा वैद्य… बाँकी »

सफल पर्यटन व्यवसायी सापकोटालाई ‘साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९’

सफल पर्यटन व्यवसायी सापकोटालाई  ‘साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९’

शिखरपोष्ट रिपोर्टर काठमाडौं, ५ असोज । सफल यूवा पर्यटन व्यवसायी रामप्रसाद सापकोटा (कमल) ‘साउथ एसियन यूथ टुरिजम अवार्ड  र २०१९’बाट सम्मानित हुनुभएको छ । ४३ वटा मुलुकमा सञ्जाल रहेको ग्लोबल यूथ पार्लिमेन्ट र ग्लोबल ल थिङ्कर सोसाइटीले बंगलादेशको ढाकामा आयोजना गरेको सेकेण्ड साउथ एसियन यूथ कन्फरेन्सको अवसरमा सापकोटालाई सो अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड बंगलादेशको स्वतन्त्र तथा द्धन्द मामिलामन्त्री ए.के.एम मोजामेल हुग. एमपी.को हातबाट प्रदान गरिएको उक्त अवार्ड सापकोटाकी धर्मपत्नी निर्मला धमलाले ग्रहण गर्नुभएको थियो । माउन्टेन डिलाइट्स ट्रेकिङ, काठमाडौं गार्डेन होम, दिदिज टेडर्स नामक ह्याण्डिक्राफ्ट, माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभललगायतका कम्पनी सञ्चालन गरिरहनुभएका उहाँको व्यावसायिक अब्बलता त… बाँकी »

पत्रकार महर्जनलाई भ्रमण वर्ष 2020 को सद्भावना दूतमा नियुक्त

पत्रकार महर्जनलाई भ्रमण वर्ष 2020 को सद्भावना दूतमा नियुक्त

#शिखरपोष्ट रिपोर्टर काठमाडौं । ललितपुर महानगरपालिकाले दुई पटक सगरमाथाको सफल आरोहण गरिसकेकी पत्रकार कल्पना महर्जनलाई नेपाल भ्रमण वर्ष 2020 को सद्भावना दूतमा नियुक्त गरेको छ । आइतबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नै कार्यकक्षमा एक कार्यक्रम आयोजना गरी पत्रकार महर्जनलाई औपचारिक रुपमा नियुक्ती पत्र हस्तान्तरण गरे । नियुक्ती पत्र हस्तान्तरण गर्दै मेयर महर्जनले आरोही तथा पत्रकार महर्जनलाई पर्यटन सद्भावना दूतमा नियुक्तीले ललितपुर महानगरपालिकाको पर्यटन प्रचार प्रसार एवं प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे । आरोही महर्जनले गएको सिजनमा ललितपुर महानगरपालिकाकै आर्थिक सहयोगमा महानगरपालिकाको 100 औ वर्ष तथा बाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको फोटो र लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर… बाँकी »

नाराको अध्यक्षमा नेपाल निर्वाचित, कसले कति मत ल्याए ? हेर्नुस्

नाराको अध्यक्षमा नेपाल निर्वाचित, कसले कति मत ल्याए ? हेर्नुस्

#शिखरपोष्ट डेक्स् काठमाडौं  । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट (नारा)को अध्यक्षमा गंगा प्रसाद नेपाल निर्वाचित भएका छन्  । मंगलबार  एकतीसौं बार्षिक साधारण सभासँगै सम्पन्न नाराको निर्वाचनमा निकतम प्रतिद्वन्द्वी कमल बहादुर ठकुरीलाई पराजित गर्दै नेपाल अध्यक्षमा निर्वाचित भएका हुन्  । नयाँ कार्यसमितिको उपाध्यक्षमा मेघ आले, महासचिवमा शिशिर खनाल, सचिवमा ईन्द्र बहादुर राई, कोषाध्यक्षमा रिता अधिकारी र सहकोषाध्यक्षमा नारायण श्रेष्ठ निर्वाचित भएका छन्  । कसले कति मत ल्याए ? हेर्नुस्

धाविका मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि

धाविका मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि

काठमाडौँ। धाविका मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ । अमेरिकास्थित विश्वप्रसिद्ध विश्वविद्यालय प्रोभोस्ट वेस्टक्लिफ युनिभर्सिटीले धाविका राईलाई सो उपाधि प्रदान गरेको हो । राईले सन् २०१६ को सुरुमा इटलीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि मिरा चर्चित बनेकी थिइन् । त्यसपछि मीराले फ्रान्समा मोन्ट ब्लान्स नामक ८० किलोमिटर दूरीको अल्ट्रा म्याराथन समेत जितेकी थिइन् । त्यस्तै नेशनल जियोग्राफी च्यानलले प्रदान गर्ने ‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ अवार्ड विजेता राईले नेपालको नाम उचो राख्न महत्वपूर्ण भूमिका खेलेकी थिइन्।   राजधानीस्थित प्रिसिडेन्टल विजनेस स्कुलद्वारा आज आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सो विश्वविद्यालयका प्रा डा  डेभिड मेकेनीले राईलाई संयुक्तरुपमा सो… बाँकी »

टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी, समग्र मत परिणाम मिश्रित !

टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी, समग्र मत परिणाम मिश्रित !

प्रकाश खालिङ/टाईसन राई  (होटल सोल्टी क्राउन प्लाजाबाट प्रत्यक्ष प्रशारण): ट्रेकिङएजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समुहका खुमबहादुर सुवेदी विजयी भएका छन् । शुक्रबार होटल सोल्टी क्राउन प्लाजामा टानको ४१औं वार्षिक साधारण सभासँगै सम्पन्न निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जन थापा (कुमार)लाई ८३ मतले पराजित गर्दै विजयी भएका हुन् । सुवेदीले ५२१ मत ल्याएर विजयी भएका हुन् भने पराजित थापाले ४३८ मतमा चित्त बुझाउनुपर्यो । महासचिवमा भने थापा समुहकी सरिता लामा १३ मतान्तरले अर्का प्रत्यासी कर्मा शेर्पालाई पराजित गर्दै विजयी भइन् । समग्रमा नयाँ कार्यसमितिको अन्य पदभने मिश्रित आएको छ । नयाँ कार्यसमितिको सुवेदी समुहका बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा… बाँकी »

टान महासचिव पदका उम्मेदवार कर्मा शेर्पा को हुन् ?

टान महासचिव पदका उम्मेदवार कर्मा शेर्पा को हुन् ?

टान निर्वाचन २०१९ मा खुम बहादुर सुबेदी प्यानलबाट महासचिव पदका उम्मेदवार कर्मा शेर्पा सगरमाथाको जिल्ला सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर १, टाक्सिन्दुमा जन्मिनुभएको हो । मध्यम परिवारमा जन्मिएर कष्टपूर्ण संघर्षबाट आफुलाई सफल व्यवसायीको रुपमा उभ्याइसक्नुभएका शेर्पा बहुआयामिक ब्यक्तित्वका धनी हुन्हुन्छ । ब्यवस्थापन शंकायमा स्नातक उत्तिर्ण शेर्पाले नेपालको पदमार्ग पर्यटनको प्रचार प्रसारका लागि फ्रान्स, स्विटजरल्याण्ड, थाईल्याण्ड, अमेरिका, क्यानडा र जर्मनी लगायत दर्जनौ देशको भ्रमण गरिसक्नु भएको छ । पदयात्रा ब्यवशायमा अन्तरष्ट्रिय अभ्यासलाई समेत लागु गर्ने क्रममा रहनु भएका शेर्पा नोम्याड नेपाल ट्रेक्स एण्ड एक्सिपिडिसनका प्रबन्ध निर्देशक हुनुुहुन्छ । शेर्पा समुदाय र पर्यटन ब्यवसायमा मात्र शेर्पाको लोकप्रियता सिमित छैन । समाजसेवा, शिक्षा,… बाँकी »