एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)
List/Grid

प्रोफाइल Subscribe to प्रोफाइल

आरोही होङ गील सम्मानित, जो १०० पटक भन्दाबढि नेपाल आईसके

आरोही होङ गील सम्मानित, जो १०० पटक भन्दाबढि नेपाल आईसके

काठमाडौं । विश्वका आठ हजार भन्दा अग्ला २० मध्ये १६ वटा हिमालको आरोहण गर्ने दक्षिण कोरियाका आरोही उम होङ गील सम्मानित भएका छन्। नेपाल पर्वतारोहण संघले पाँचौ अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा उनलाई कुमारखड्ग विक्रम शाह साहसिक पर्वतारोहण पुरस्कारबाट सम्मानित गरिएको हो । सगरमाथापछि आठ हजार मिटर माथिका हिमालमा उनले क्रमशः सिसा पाङमा, ब्रोड पिक, धौलागिरी, गासेरब्रुम, अन्नपूर्ण पहिलो, कञ्चनजंगा, ल्होत्से, यालुङखाङ, छ्यो यू, मकालु, मनास्लु, गसेरब्रुम दुई, नाङगा पर्वत, केटु र ल्होत्से गरी १६ अग्ला हिमालको सफल आरोहण गरेका छन्। उनी एक सय पटक भन्दाबढि नेपाल आइसकेका गीलले १९८८ सेप्टेम्बर २६ मा पहिलो पटक सगरमाथाको आरोहण गरी १९ वर्षे आफ्नो… बाँकी »

गोरखापत्र संस्थानको सल्लाहकारमा टीकाराम राई

गोरखापत्र संस्थानको सल्लाहकारमा टीकाराम राई

काठमाडौं । सरकारले गोखारपत्र संस्थानको सल्लाहकारमा नीति विश्लेषक तथा वरिष्ठ पत्रकार टीकाराम राईलाई नियुक्त गरेको छ। बिहीबार सार्वजनिक मन्त्रिपरिषदको निर्णयअनुसार उनलाई व्यवस्थापन, मार्केटिङ तथा प्रिन्टिङसम्बन्धी मामिला हेर्नेगरी विज्ञ सल्लाहकार पदमा नियुक्त गरिएको हो। गत सोमबार बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाले जानकारी दिए। राई सञ्चार मन्त्रालयले यसै वर्ष गोरखापत्र संस्थान अध्ययन एवं छानवीन गर्न गठित समितिका सदस्य हुन्। कागज खरिदमा अनियमितता गरेको निष्कर्षसहित समितिले प्रतिवेदन बुझाइसकेको छ। मुलुकी ऐन (अपराध) संहिताको प्रेस तथा अभिव्यक्ति स्वतन्ता अध्ययन कार्यदलको सदस्य रहेका उनी आमसञ्चार नीति मस्यौदा समितिको विज्ञ सदस्य पनि हुन्। राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय समितिमा… बाँकी »

प्रधानन्यायाधीसमा राणाको नाम सर्वसम्मत सिफारिस

प्रधानन्यायाधीसमा राणाको नाम सर्वसम्मत सिफारिस

काठमाडौँ, २७ मंसिर ।  प्रधानन्यायाधीस ओमप्रकाश मिश्रको उत्तराधिकारी चोलेन्द्र शमशेर राणा बन्ने भएका छन्।बिहीबार विहान बसेको सम्बैधानिक परिषदको बैठकले प्रधानन्यायाधीसमा राणाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको हो। प्रधानन्यायाधीसका लागि बरिष्ठ न्यायाधीसद्वय दीपकराज जोशी र राणा दावेदार थिए। जोशीको नाम मिश्र अघि प्रस्तावित भएपनि संसदीय सुनुवाई समितिले अस्वीकार गरेको थियो।

प्रचण्डको ६४औं वर्षगाँठ, भन्छन् ‘जन्मदिन मनाउने गरेको छैन’

प्रचण्डको ६४औं वर्षगाँठ, भन्छन् ‘जन्मदिन मनाउने गरेको छैन’

काठमाडौं, मंसिर २६ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि ६५ वर्षमा लागेका छन्। वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी- २ लेवाडेमा जन्मिएका प्रचण्डले ६४ वर्ष पूरा भएर ६५ वर्षमा लाग्दा जन्मदिन नमनाए पनि शुभकामना भने ग्रहण गरेका छन्। नेकपा अध्यक्ष प्रचण्डको जन्मदिनको सन्दर्भमा बुधबार बिहानै प्रचण्ड निवास खुमलटारमा नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको भीड लागेको थियो। बुकीसहित पुगेका युवा, विद्यार्थी, कार्यकर्ताले अध्यक्ष प्रचण्डलाई शुभकामना तथा बधाई दिँदै सुस्वास्थ्यको कामना गरेका थिए। कार्यकर्ताहरूको शुभकामना ग्रहण गर्दै नेकपा अध्यक्ष प्रचण्डले शुभकामना ग्रहण गरे पनि जन्मदिनको सन्दर्भमा कुनै पनि गतिविधि भने गरेनन्। यद्यपि, बिहानभर निवासमै रहेर कार्यकर्ता भेटघाट तथा शुभकामना… बाँकी »

अाइजी खनाललाई सांसदकाे प्रश्न: प्रहरी प्रशासन किन ‘दाँत नभएको कुकुरको टोकाइ’ जस्तो भयो ?

अाइजी खनाललाई सांसदकाे प्रश्न: प्रहरी प्रशासन किन ‘दाँत नभएको कुकुरको टोकाइ’ जस्तो भयो ?

काठमाडाैँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताउनुभयो । महानिरीक्षक खनालले भन्नुभयो, “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।” कञ्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा… बाँकी »

अस्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा काठमाडौं फर्किइन्

अस्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा काठमाडौं फर्किइन्

काठमाडौं, २४ मंसिर । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले काठमाडौं झिकाएको छ । मानव तस्करीको आरोप लागेकी उनले अभियोगबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएकी छन् । उनको सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको थियो । परराष्ट्रले आरोपबारे उनीसँग स्पष्टीकरण नै सोधेको थियो । तर, शेर्पाले दिएको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएपछि परराष्ट्रले उनलाई काठमाडौंमै झिकाएको हो । परराष्ट्र मन्त्रालयकाअनुसार आइतबार बिहान नेपाल आइपुगेकी शेर्पाको बारेमा मन्त्रालयद्वारा गठित ३ सदस्यीय समितिले छानबिन थालेको छ । स्पष्टीकरणका क्रममा राजदूत शेर्पाले के भनिन् भन्ने परराष्ट्रले खुलाएको छैन ।

सोलुखुम्बु बहुमुखी क्याम्पस प्रमुख शर्मा विश्वविद्यालय कार्यदलको सदस्यमा मनोनित

सोलुखुम्बु बहुमुखी क्याम्पस प्रमुख शर्मा विश्वविद्यालय कार्यदलको सदस्यमा मनोनित

शिखरपोष्ट रिपोर्टर सोलुखुम्बु, १२ मंसिर । सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्मा एक नम्बर प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि गथित कार्यदलको सदस्यमा मनोनित भएका छन् । सामाजिक विकास मन्त्रालयको कात्तिक २६ गते बसेको मन्त्रीस्तरीय बैठकले क्याम्पस प्रमुख शर्मालाई कार्यदलको सदस्यमा मनोनित गरेको हो । प्रा. डा. महेशराज दाहाल (भोजपुर)को संयोजकत्वमा १० सदस्यीय प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरिएको हो । सदस्यहरुमा डा. देवी क्षेत्री दुलाल (इलाम), पितकुमार श्रेष्ठ (मोरङ), भोलानाथ ओझा (झापा), रमेशचन्द्र रोका (उदयपुर), तोयाप्रसाद खतिवडा (मोरङ), उद्धवकुमार शर्मा (सोलुखुम्बु), उमानाथ रिजाल (सुनसरी), उमानाथ ओली (झापा) र सूर्यप्रसाद सुवेदी, सामाजिक विकास मन्त्रालय प्रदेश नं. १, सदस्य सचिव… बाँकी »

वरिष्ठ अधिवक्ता मैनालीलाई टानको कानूनी सल्लाहकारमा नियुक्त

वरिष्ठ अधिवक्ता मैनालीलाई टानको कानूनी सल्लाहकारमा नियुक्त

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता रमेश कुमार मैनाली नियुक्त भएका छन्। टानका अध्यक्ष नवराज दाहालले कानूनी क्रियाकलापको सहज संचालनको लागि मैनालीलाई कानूनी सल्लाहकार नियुक्त गरेको जानकारी दिए। टानले मैनालीलाई कानूनी सल्लाहकारको रूपमा जिम्मेवारी प्रदान गरेकोमा उनले टानलाई धन्यवाद ज्ञापन गर्दै पर्यटन क्षेत्रका कानुनी समस्याहरु अध्ययन गरी उचित सुझाव दिने प्रतिवद्धता व्यक्त गरे। उनको समयावधि भने तोकिएको छैन ।

सगरमाथा राष्ट्रिय निकुञ्जको अध्यक्षमा पुनः सोनाम ग्याल्जेन शेर्पा निर्वाचित

सगरमाथा राष्ट्रिय निकुञ्जको अध्यक्षमा पुनः सोनाम ग्याल्जेन शेर्पा निर्वाचित

नाम्चे । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा सोनामग्याल्जेन शेर्पा पुनः निर्वाचित भएका छन् । हिमाली क्षेत्रको वातावरणीय पर्यावरण संरक्षणमा महत्वपूर्ण योगदान गरेकाले शेर्पालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेमा भएको कार्यक्रममा अध्यक्ष शेर्पा सहित सदस्यहरुमा छिमीछिरिङ शेर्पा, ल्हाक्पागेल्जेन शेर्पा र सदस्य सचिवमा प्रमोद भट्टराईलाई सर्वसम्मत चयन गरिएको स्थानीय लामाकाजी शेर्पाले बताए । सगरमाथ राष्ट्रिय निकुञ्जभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मि.)लाई समेटेर फैलिएको छ । ६ हजार मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरूले यस निकुञ्जको गौरवलाई अझ बढाएका छन् ।… बाँकी »

सांसद हेमकुमार राई (सुरबीर)ले यसरी बाँडे सांसद कोषको ४ करोड

सांसद हेमकुमार  राई (सुरबीर)ले यसरी बाँडे सांसद कोषको ४ करोड

 शिखरपोष्ट रिपोर्टर सोलुखुम्बु, १ मंसिर । सोलुखुम्बुमा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रममार्फत सडक, पर्यटन पदमार्ग निर्माण, खानेपानी, मोटरेबल पुल, सिंञ्चाई योजना र भौतिक पूर्वाधारलगायत २० वटा योजना छनोट गरिएको छ । प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’को अध्यक्षतामा जिल्ला समन्वयप्रतिनिधिसभा सदस्य समिति सोलुखुम्बुको कार्यालयमा बसेको बैठकले यस्तो यस्तो निर्णय गरेको हो । प्रदेश सांसदद्धय बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेतसँगै जिल्ला समन्वय समितिका अध्यक्ष वीरकुमार राईलगायत आठै वटा स्थानीय तहका प्रमुखहरुको उपस्थिति रहेको थियो । २० वटा योजना के के छन् ? छनौटमा परेका योजनाहरुमा सोलुदुधकुण्ड नगरपालिका अन्तर्गत सामुदायिक भवन निर्माण सल्लेरीका लागि १० लाख, झाप्रे पिकेहुँदै वडा नं २ टाक्टोर जुनवेशी पर्यटन पदमार्ग निर्माणका लागि… बाँकी »