प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

शुरेस कुमार राईको संयोजकत्वमा २५१ सदस्यीय किरात फोर्स गठन

Force_20141213022944काठमाडौं । किरात स्वायत्त राज्य स्थापना गर्न दबाब आन्दोलन र जायज माग उठाउँदा सरकारले दमन गरे प्रतिरोधमा उत्रिने उद्देश्यले शुरेसकुमार राईको संयोजकत्वमा २५१ सदस्यीय किरात फोर्स गठन गरिएको छ ।
फोर्समा यायोक्खा केन्द्रीय सदस्य डीबी सरोज, दिप्रन्द्र रुम्दाली, भीम राई, जनक, रविन राई, विना लगायतका १० जना युवाहरु सहभागि रहने बताइएको छ ।

फोर्समा कार्यक्रममा पूर्व मन्त्री समेत रहेका एमाओबादी नेता गोपाल किरातीले देशमा पहिचान, प्रतिनिधित्व र पहुँच स्थापित गर्न क्रान्तिको बाटो लिनुपर्ने बताएका थिए ।

देशको वर्तमान अवास्थामा क्रान्ति वा आत्मासर्पण दुई वटा बाटो आफूहरु सामु रहेको उल्लेख गर्दै किरातीहरुले कहिल्यै आत्मासर्मण गर्न नजानेको बताए । नेपाली जनताको पक्षमा आफू सहिद बन्न सधैं तयार रहेको कुरा दोहो¥याउँदै आत्मसमर्पणवादीहरुलाई समेत क्रान्तिमा लामबद्ध हुन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close