प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

वार्षिक २५ लाख पर्यटक भित्र्याउने‌ सर‌कार‌को महत्वाकांक्षी गुरुयोजना

11शिखर पोस्ट डेक्स

काठमाडौं । सन् २०२४ सम्ममा वार्षिक २५ लाख पर्यटक भित्र्याउने‌ महत्वाकांक्षी लक्ष्यका साथ ने‌पाल सर‌कार‌ले‌ पर्यटन गुरुयो‌जना तयार‌ पार‌े‌को‌ छ । जसअन्तर्गत सन् २०१५ दे‌खि सन् २०१९ सम्मको‌ पाँच वर्षलाई ‘पर्यटन र‌णनीतिक कार्ययो‌जना’ को‌ रुपमा अघि सारि‌एको‌ छ ।

संस्कृति, पर्यटन तथा नागरि‌क उड्डयन मन्त्रालयका प्रवक्ता तथा सहसचिव मो‌हनकृष्ण सापको‌टाका अनुसार‌ पर्यटकीय पूर्वाधार‌ निर्माणलाई गुरुयो‌जनामा विशे‌ष प्राथमिकतामा र‌ाखिएको‌ छ । पर्यटन क्षे‌त्रको‌ वृद्धिविकासको‌ लागि गुरुयो‌जना तयार‌ पारि‌एको‌ सापको‌टाको‌ भनाइ छ ।

गुरुयो‌जनाअनुसार‌ पर्यटन विकाससँग सम्बन्धित कार्यक्रममा वार्षिक ६ अर्ब रुपै‌याँ खर्च गनेर्‌ प्रक्षे‌पण गरि‌एको‌ छ । सडक, हवाई यातायात लगायत पर्यटनका लागि  अत्यावश्यक पूर्वाधार‌को‌ विकासका लागि सम्बन्धित निकायसँग समन्वय गदैर्‌ मन्त्रालयले‌ कार्यान्वयनमा लै‌जाने‌ गुरुयो‌जनाको‌ छ ।

गुरुयो‌जनाअनुसार‌ टुरि‌जम भिजन २०२० अभियानलाई पूर‌ा गदैर्‌ पर्यटन क्षे‌त्रबाट अहिले‌ भइर‌हे‌को‌ आम्दानी दो‌ब्बर‌ हुने‌छ । गुरुयो‌जनामा पर्यटन क्षे‌त्रको‌ विकासका लागि स्वदे‌शी तथा विदे‌शी लगानीकर्ता आकर्षित गर्नका निम्ति वर्तमान पर्यटन ऐ‌न तथा नीतिनियमहरुलाई संसो‌धन गदैर्‌ समयसान्दर्भिक बनाइने‌ उल्ले‌ख गरि‌एको‌ छ ।

बस टर्मिनल, बसपार्क, हवाई ट्राफिकलगायत विषयसमे‌त गुरुयो‌जनाले‌ समे‌टे‌को‌ छ । त्यसका लागि सार्क सदस्य र‌ाष्ट्र तथा चीनसँग ‘एयर‌ कने‌क्टिभिटी’ हुनुपनेर्‌ तथा यसअघि ने‌पाल वायुसे‌वा निगमले‌ सीधा उडान गरि‌सके‌का र‌ हाल र‌ो‌किएका मुलुकमा सीधा उडान हुनुपनेर्‌ सुझावसमे‌त गुरुयो‌जनामा छ । मुलुकभित्रको‌ प्राकृतिक सुन्दर‌तालाई संर‌क्षणसंवद्र्धन गदैर्‌ र‌ाष्ट्रिय तथा अन्तर‌ाष्ट्रिय स्तर‌मा प्रवद्र्धन गरि‌ने‌ पनि प्रवक्ता सापको‌टाले‌ बताउनुभयो‌ ।

गुरुयो‌जना निर्माणमा संयुक्त र‌ाष्ट्रसङघीय विश्व पर्यटन सङगठन (यूएनडब्ल्यूटीओ‌) र‌ स्वीस सहयो‌ग नियो‌ग (एसएनभी)को‌ पनि सहयो‌ग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close