मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता   •   थवाङमा वर्चश्वको लडाइँ, कसले मार्ला बाजी ?   •   हिमालयन पावरमा ८ अर्बको आवेदन   •   लुक्लामा पर्यटक अलपत्र   •   पोखरामा गर्मी छल्दै भारतीय पर्यटक   •   मासिक १० लाख बढी कमाउने सञ्जु कोइरालालाई एनसेलले निकाल्यो

शिखरपोष्टले भव्य रुपमा मनायो आफ्नो दोस्रो वार्षिकोत्सव (फोटो फिचरसहित)

वक्ताहरुले भने ‘नेपालको पर्यटन लयमा फर्किदैछ’

sshhकाठमाडौं, २३ चैत्र । शिखरपोष्टले आफ्नो दोस्रो वार्षिकोत्सव भव्यतापूर्वक मनाएको छ । मंगलबार नेपाल पर्यटन बोर्डमा एक विशेष समारोहबीच शिखरपोष्टले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको हो ।

सोही अवसरमा सञ्चालन गरिएको ‘लयमा फर्किदै गरेको पर्यटन र अबको हाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले भूकम्प र नाकाबन्दीलगायतका कारणले थलिएको नेपालको पर्यटन उद्योग बिस्तारै पूर्ववत अवस्थामा फर्कन थालेको बताएका छन ।

aaaaकार्यक्रमका प्रमुख अथिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको आर्थिक विकाशमा पर्यटन क्षेत्र महत्वपुर्ण भूमिका रहेको भन्दै पर्यटन क्षेत्रलाई उकास्न तथा प्रचारप्रसार गर्नका लागि ब्यवसायी, सरकार र पत्रकार एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले पर्यटनका सम्पुर्ण धारहरुलाई स्थानीय स्तरमा पु¥याउन होमेष्टे कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

11पूर्व पर्यटनमन्त्री तथा एमाओबादीका पर्यटन बिभाग इन्चार्ज लोकेन्द्र बिष्ट मगरले पर्यटन बिस्तारमा राजनैतिक दलहरु पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । पर्यटन विकासका निम्ति सबैले आफ्नो लय पक्रिएको छ कि छैनन भन्ने कुरा गम्भिर भएको उल्लेख गर्दै उहाँले नाकाबन्दी, भूकम्पलगायतका कारण क्षतविक्षत पर्यटन क्षेत्रलाई लयमा फर्काउन व्यवसायी, सरोकारवाला निकाय, राजनीतिक दल र सरकारले आआफ्नो ठाउँबाट योजना बनाएर छलफलमा ल्याउनुपर्ने बताउनुभयो ।

111नेकपा एमाले पर्यटन विभाग प्रमुख सुर्य थापाले पर्यटन क्षेत्रको विकाशका लागि आफुहरु निरन्तर लागिरहेको बताउँदै व्यवसायीहरुले सरकारको आलोचना गर्नुभन्दा आफुले आफ्नो तर्फबाट के गरियो भन्ने कुराको हेक्का राख्न सुझाउनुभयो । पछिल्लो समय पर्यटन संस्थाहरु बिचमा एकले अर्काको अस्तित्व स्वीकार नगर्ने प्रबृत्ति बढेको प्रति आपत्ति जनाउदै उहाँले यसलाई अभिलम्ब हटाएर एकढिक्का रुपमा पर्यटन प्रवद्र्धन र विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

8नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले सरकार र व्यवसायी मिलेर नेपालमा रहेका नयाँ पर्यटकीय गन्तब्यको पहिचान तथा प्रचारप्रसारमा लाग्नुपर्ने बताउनुभयो । आउदो बैशाख १२ पर्यटन ब्यावसायी, नेपाल सरकार र नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटकहरुलाई उपस्थित गराएर भव्य कार्यक्रम गर्ने तयारीमा आफुहरु जुटिरहेको उहाँले जानकारीसमेत दिनुभयो ।

5नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले नेपालको पर्यटनको मुख्य अंग पर्वतीय क्षेत्र भएको हुनाले पर्वतीय पर्यटन प्रवद्र्धनको योजना बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले मनास्लु, ल्होत्से हिरक महोत्सव छिट्टै मनाउने योजना रहेको र सो अवशरमा विश्वभरिका ख्यातिप्राप्त आरोहीहरुलाई नेपालमा आमन्त्रण गरिने जानकारी दिनुभयो । अहिले सगरमाथा आरोहणको लागि २५÷३० टोली त्यसतर्फ प्रस्थान गरिसकेको भन्दै पर्यटन क्षेत्र विभिन्न चुनौतिहरुको सामना गर्दै आफ्नै लयतिर फर्किरहेको बताउनुभयो ।

26राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का केन्द्रीय अध्यक्ष शिब अधिकारीले पर्यटन क्षेत्रमा आफ्नो संस्थाको बेग्लै पहिचानका साथ निरन्तर रुपमा लागि परेको अवस्थामा केही झोले संस्थाहरुले नाटोजको बिषयमा अनर्गल प्रचारप्रसार गरेको भन्दै आपत्ति जनाउनुभयो । त्यस्ता गैरव्यवसायिक तत्वहरुले समग्र पर्यटन पत्रकारहरुलाई नै भ्रमित तुल्याइरहेको भन्दै उहाँले आआफ्नो धरातलमा उभिएर स्वच्छ प्रतिस्पर्धामा उत्रन चुनौति दिनुभयो । नाटोज देशभरकै पर्यटन पत्रकारहरुको एक मात्र आधिकारिक संस्था भएको भन्दै अध्यक्ष अधिकारीले बिगतका आफ्ना गतिविधिको मुल्यांकन गर्न त्यस्ता तत्वहरुलाई चेतावनी दिनुभयो ।

शिखरपोष्टका अध्यक्ष प्रकाश खालिङले नेपालको पर्यटन क्षेत्रलाई लयमा फर्काउनको लागि विगतलाई समिक्षा गर्दै वर्तमान र भविष्यको लागि योजनाका रेखा कोर्नुपर्नेमा जोड दिनुभयो । शिखरपोष्टका प्रबन्धनिर्देशक चन्द्रकला चाम्लिङले सञ्चालन गरेको उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका ३ सय भन्दा बढिको सहभागिता रहेको थियो ।

3सो अवसरमा पर्यटनसँगसँगै समाजको विभिन्न आयमहरुमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानितहुनेहरुमा मनोजकुमार श्रेष्ठ भडेल, निरकुधन राई, हेमविक्रमशाही, शान्त शर्मा, दिनेश तामाङ, राममणी सापकोटा, प्रकाश सापकोटा, अनिल शर्मा, राजन थापा, टंक पुरी, कृष्ण गुरुङ, कर्णबहादुर तामाङ, सुवास सुनचिउरी र माधव सुवेदी रहनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close