व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

जनगणना २०६८ः थप जाति र भाषाहरुको फेहरिस्त

21168
निनाम लोवात्ती कुलुङ

निनाम लोवात्ती कुलुङ

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०६८ को जनगणनाको पछिल्लो नतिजा अनुसार नेपालमा एकसय २५ जातजातिहरु छन् भने एकसय २३ भाषाहरु बोलिन्छन् । साथै नेपालको कुल जनसंख्या २,६४,९४,५०४ पुगेको छ । त्यसमा महिलाको जनसंख्या १,३६,४५,४६३ (५१.४४ प्रतिशत) र पुरुषको जनसंख्या १,२८,४९,०४१ (४८.५६ प्रतिशत) रहेको छ । त्यस्तै लैंगिक अनुपात ९४.१६ र, जनसंख्या वृद्घिदर १.३५ प्रतिशत रहेको छ । यो जनसंख्या वृद्घिदर भनेको २०५८ को जनगणनाको तुलनामा केही कम हो ।

जे होस्, केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको जनगणनाको ताजा तथ्यांकमा विगतमा भन्दा धेरै कुरोहरु छर्लङ्ख भएको छ । यो जनगणनाको नतिजाले नेपालको जातीय विविधता, भाषिक विविधिता, धार्मिक विविधता, साँस्कृतिक विविधता आदिका बारेमा जान्न, बुझ्न र अध्ययन–अनुसन्धान गर्न चाहने देशी विदेशी खोज अनुसन्धानकर्ताहरुका लागि खासगरी जातीय, भाषिक, सांकृति, धार्मिक आदि समुदायमा आधारित भएर खोज–अनुसन्धान गर्नेहरुका लागि एउटा गतिलो आधार अर्थात् सन्दर्भ स्रोत पनि तयार भएको छ । त्यसो त यो जनगणनाको नतिजाले नेपालीहरुको समग्र सामाजिक, शैक्षिक, आर्थिकस्तर र उनीहरुको क्रयशक्ति आदिका बारेमा पनि उल्लेख गरेको देखिन्छ ।

तर एउटा कुरा के सत्य हो भने, २०६८ को जनणनामा आएको वा उदाएको नयाँ जातजातिको बढोत्तरीले नेपालमा जातजाति, भाषभाषी, धर्म आदिलाई भजाएर अमेरिकी डलर, क्यानेडीयन डलर, युरोपेली युनियनको युरो, बेलायती पाउण्ड, जापानी येन, स्वीस फ्रैन्क, भारु, चिनियांँ युआन आदि हजम गर्दै आएका केही आईएनजिओ, एनजिओका हर्ताकर्ताहरुको भने टाउको दुखेको छ, नीद हराम भएको छ । उनीहरुले यो कुरोको संकेत (जातजाति र भाषा बढ्ने) पहिले नै थाहा पाएकाले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गर्नुअघि नै अनेक खाले जालझेल र तिकडम गर्न खोजेका थिए / गरेका थिए । नचाहँदा नचाहँदै पनि त्यस्ता केही एनजिओ,आईएनजिओहरुको नामै किटेर भन्नु पर्दा कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर २६५६) का हर्ताकर्ता राई सर. राईनी म्याडम !? हरु प्रमुख थिए । उनीहरको चिन्ता भनेको हिजोसम्म जानअञ्जानमा वा वाध्यताले जग्गाधनी–पूर्जा, नागरिकता, विद्यालय÷विश्वद्यिालय पढेको प्रमाणपत्र, सरकारी जागिर खाएको विदेशीस्वदेशी सेनामा जागिर खाएर अवकाश पाएपछि पाइने पेन्सन–पट्टा आदिमा राई नामको पछाडि राई लेख्नै पर्ने, भईटोपल्नै पर्ने !?

वाध्वतामा रहेका किराती समुदायबाट कुलुङ, नाछिरिङ, याम्फु, चाम्लिङ, आठपहरिया, बान्तावा, थुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, खालिङ, लोहोरुङ गरी १२ वटा किराती जातिहरु अलग्गै जातिको रुपमा उदाउँदै थिए । त्यसैले राईयायोक्खा नामक एनजिओका हर्ताकर्ताहरु (यायोक्खा बान्तावा जातिको भाषा हो ।) कथित् र पत्रकारको खोल ओडेका तीनका केही आसेपासे र चाटुकारहरुले के मात्रै गरेरनन् ? जनगणना २०६८ को नतिजा आउनुअघि तिनीहरुले जनगणना सम्बन्धी समाचार दिँदा जहिले पनि कथित् सूचीकृत ५९ जातिलाई मात्रै कोड गरेर समाचार संप्रेषण गर्थे । जनगणना सम्बन्धी भर्सन राख्नु परेमा राईयायाक्ेखाका मान्छेहरुको मात्रै भर्सन राख्ने गर्थे ।

कतिपय अवस्थामा पत्रकारिताको नियम र आचार संहिता विपरित आफैले विचारहरु पनि समाचारको बीचमा लेखे÷छापे । तर उनीहरुले डाक्टर ओम गुरुङको कार्यदलले (तीनवटा जाति घटाएको फ्री र छैरोतन भन्ने जाति नेपालमा कतै नभेटिएकोले खारेज गर्न र, वनकरियालाई चेपाङ जातिमा गाभ्न) सरकारलाई दिएको सुझाव÷बुझाएको प्रतिवेदनलाई समेत उपेक्षा गरेर थाहा नपाए झैं गरे । यसरी पुरानो ५९ जातिबाट ५६ र कुलुङलगायत नयाँ २५ जातिलाई थप गरेर ८१ जातिलाई नेपालको आदिवासी जनजातिमा सूचीकृत गर्न सरकारलाई सिफारिस गरेको डाक्टर ओम गुरुङको प्रतिवेदनलाई भने उनीहरुले कहिल्यै पनि रिपोर्टिङ गरेनन्, कोड गरेनन्, भर्सनको रुपमा लिएनन् ।

जे भए पनि २०६८ को जनगणमा भएको जातजाति, भाषा, धर्म आदिको संख्या कसरी र किन बढ्यो ? यस सम्बन्धमा केही लेख्ने जमर्को गरिएको छ । हुन त  यसरी जातजाति र भाषाभाषीको संख्या बढ्ने क्रम २०५८ देखि नै भएको देखिन्छ । २०५८ मा भएको जनगणनामा पनि जातजाति र भाषाभाषीको संख्या बढेको थियो । जस्तो कि, २०४८ को जनगणनामा ६० वटा जातजाति मात्रै पहिचान भएको थियो भने २०५८ को जनगानामा जातजातिको संख्या बढेर १०३ पुग्यो भने ९२ वटा भाषाहरु देखा परे । यसरी केही दशक अघिदेखि नेपालको जनगणनामा जातजाति र भाषाभाषीको संख्या लगातार बढेको देखिन्छ ।

यसलाई सम्बन्धित जातजाति वा समुदायमा आएको जातीय स्वपचिानको चेतनाको परिणाम वा प्रतिफल मान्न सकिन्छ । यसरी २०६८ को जनगणनामा पनि नेपालमा जातजाति र भाषीको संख्या बढेर १२५ जातजाति र १२३ भाषाको पहिचान भएको छ । जुन कुरोले नेपाल जातजाति, भाषाभाषी, धर्म, संस्कार, संस्कृति आदिका आधारमा धनी छ भन्ने देखाउँछ । तापनि समग्रमा आदिवासी जनजातिको जनसंख्या झण्डै दुई प्रतिशतले घट्नु, बौद्घ धर्मालम्बीको जनसंख्या लगभग एक प्रतिशतले घट्नु, हिन्दु धर्मालम्बीहरुको जनसंख्या पनि लगभग एक प्रतिशतले नै बढ्नु अनि क्रिश्चियनहरुको जनसंख्या भने अपेक्षित नबढ्नु आदिलाई जनगणना २०६८ को परिणामलाई अनपेक्षित मान्नु पर्ने हुन्छ ।

त्यस्तै २०६८ को जनगणनामा भाषाको संख्या बढ्नुमा नेपाली भाषाको भाषिकाहरुलाई पनि भाषाको मान्यता दिनु हो भन्ने एकथरि विद्घानहरुको भनाई छ । जस्तै नयाँ भाषाको रुपमा आएको डोटेली, अछामेली, बैतडेली, बाजुरेली, बझांगी आदिलाई उदाहरणको रुपमा लिन सकिन्छ । ५०५८ को जनगणना पछि नेपाली भाषा अल्पमतमा (पचास प्रतिशत भन्दा पनि कम) परेपछि राज्यपक्षले जानाजान यो कदम चालेको हो कि ? भनी आशंका गर्ने प्रशस्त ठाऊँ रहेको छ । जे होस्, माथि नै भनिएझैं केही एनजिओहरु बढेको जातजाति र भाषाका सम्बन्धमा नसलबलाएका होइनन् । सोही अनुसार उनीहरु पटक–पटक केन्द्रीय तथ्यांक विभागमा धाएका पनि हुन् । अनेक प्रकार निवेदनहरु हालेका पनि हुन् । तर उनीहरुले त्यो बेला ‘सूर्यलाई हत्केलाले छेक्न सकिदैन’ भन्नेचाहिंँ शायद भुलेका थिए !? त्यसैले त उनीहरुले नेपाली उखान अनुसार भन्ने हो भने  ‘सास रहेसम्म आस’ गरे । तर कसै गरे पनि उनीहरुको दाल गलेन ।

 

आफ्नै भेषभुषामा सजिएका महिला उत्साहित मुडमा । तस्बीर : खरिजङ राई

आफ्नै भेषभुषामा सजिएका महिला उत्साहित मुडमा । तस्बीर : खरिजङ राई

२०६८ को जनगणनामा थप भएका नयाँ जातजाति र उनीहरुको जनसंख्याः
, कुलुङ–२८,६१३ । , घले–२२,८८१ । , खवास–१८,५१३ । , राजधोवी–१३,४२२ । , नाछिरिङ–७,१५४ । , याम्फु–६,९३३ । , चाम्लिङ–६,६६८ । , आठपहरिया–५९७७ । , सरवरीया–४,९०६ । १०, बान्तावा–४,६०४ । ११, डोल्पो–४,१०७ । १२, अमात–३,८३० । १३, थुलुङ–३,५३५ । १४, मेवाहाङ–३,१०० । १५, बायुङ÷बाहिङ–३,०९६ । १६, नटुवा–३,०६२ । १७, धरिकार/धन्कार–२,६८१ । १८, ल्होपा–२,६२४ । १९, देव–२,१४७ । २०, धाँडी–१,९८२ । २१, कमार–१,७८७ । २२, साम्पाङ–१,६८१ । २३, ल्होमी–१,६१४ । २४, खालिङ–१,५७१ । २५, तोप्केगोला–१,५२३ । २६, लोहोरुङ–१,१५३ । २७, कलर–१,०७७ । २८, तराई अन्य–१०,३८११ । २९, जनजाति अन्य–१,२२८ । ३०, विदेशी–६,६५१ ।

२०६८ को जनगणनामा थप भएका नयाँ भाषा र वक्ता संख्याः
, डोटेली–७८७,८२७ । , बैतडेली–२७२,५२४ । , राई–१५९,१२४ । , अछामी–१४२,७८७ । , बझाङ्गी–६७,५८१ । , खाम–२७,११३ । , ताजपुरीया–१८,८११ । , बाजुरेली–१०,७०४ । , दार्चुलेली–५,९२८ । १०, आठपहरिया–५,५३० । ११, गनगाई–३,६१२ । १२, दैलेखी–३,१०१ । १३, ल्होपा–३,०२९ । १४, खस–१,७४७ । १५, डोल्पाली–१,६६७ । १६, वालुङ–१,१६९ । १७, जुम्ली–८५१ । १८, बेल्हारे–५९९ । १९, सोनाहा–५७९ । २०, डडेल्धुरी–४८८ । २१, मनाङ्गे–३९२ । २२, धुलेली–३४७ । २३, फाङ्दुवाली–२९० । २४, सुरेल–२८७ । २५, मालपान्डे–२४७ । २६, बनकरीया–६९ । २७, गढवाली–३८ । २८, फ्रेन्च–३४ । २९, रसियन–१७ । ३०, स्पेनीस–१६ । ३१, अरबी–८ ।

स्रोतः केन्द्रीय तथ्यांक विभाग  


Subscribe to Comments RSS Feed in this post

3 Responses

  1. thanks for news

  2. send me all jatigat bibaran no. in total population in Nepal at 2068

  3. थपिएको जातजाति
    हरुको बसोबास स्थान कहाँ कहाँ छ्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*