प्रचण्डद्वारा खरिद ऐन र ठेक्का प्रणालीको चर्को आलोचना   •   पर्यटक संख्यामा उल्लेख्य बृद्धि, सन् २०२० को लक्ष्य भेटिएला ?   •   एनएमबीमा ओम विकास बैंक गाभियो   •   मदन भण्डारीको हत्यारा छिट्टै पत्ता लाग्छः गृहमन्त्री थापा   •   नेकपा जनवर्गीय संगठनको भागबण्डा: कुन संगठनको नेतृत्व कसले पाए ?   •   एभरेष्ट म्याराथनमा १५५ विदेशीसहित दुई सयबढीको सहभागिता हुने

नेपालले वर्ल्ड क्रिकेट लिगका तीन खेल घरेलु मैदानमै खेल्ने

2438

Nepal-Cric-team1काठमाडौं-नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका तीन खेल घरेलु मैदानमा नै खेल्ने भएको छ ।

पहिलो खेल भने स्कटल्याण्डसँग उसकै घरेलु मैदानमा खेल्नु पर्ने भएको छ । आईसीससीले शनिबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेल अप्रिल वा जुनमा हुनेछ ।

दोस्रो र तेस्रो खेल भने नेपालमा नै हुनेछ । नेपालले दोस्रो खेल अगष्टदेखि नोभेम्बरको बीचमा पपुवा न्यूगिनीसँग खेल्नेछ । तेस्रो खेल २०१६ को फेब्रुअरी देखि जुनको वीचमा नामिबियासँग खेल्नेछ ।

चौथो खेल भने नेदरल्याण्डसँगै उसकै घरेलु मैदानमा खेल्नेछ । यो खेल २०१६ को अगष्टदेखि नोभेम्बरको बीचमा आयोजना हुनेछ ।

पाँचौं खेल नेपालले २०१७ को फेब्रुअरीदेखि जुनको वीचमा घरेलु मैदानमा केन्यासँग खेल्नेछ । नेपालको छैटौ खेल हङकङसँग उसकै घरेलु मैदानमा हुनेछ । यो खेल २०१७ को जुलाईदेखि नोभेम्बरमा हुनेछ ।

सातौं चरणको खेलमा नेपालले यूएईसँग खेल्नेछ । यो चरणको खेल भने आठै टीमले एकै स्थानमा खेल्ने र स्थान पछि तय गरिने आईसीसीले जनाएको छ । यो खेल २०१७ को नोभेम्बरदेखि डिसेम्बरसम्ममा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*