मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता   •   थवाङमा वर्चश्वको लडाइँ, कसले मार्ला बाजी ?   •   हिमालयन पावरमा ८ अर्बको आवेदन   •   लुक्लामा पर्यटक अलपत्र   •   पोखरामा गर्मी छल्दै भारतीय पर्यटक   •   मासिक १० लाख बढी कमाउने सञ्जु कोइरालालाई एनसेलले निकाल्यो

नेपालको हवाई यातायात र कालो सूचीको प्रसंग

ninam-lowatti-kulung–निनाम लोवात्ती कुलुङ
हवाई यातायातको कुरो गर्दा नेपालमा मात्रै नभएर विश्वका कुनै पनि देशमा विदेशी पर्यटक आगमनका साथै आन्तरिक यात्राका लागि पनि आजको युगमा छिटो र छरितो यात्राको एउटा प्रमुख माध्यम भएको छ । यसरी सबैको लागि नभै नहुने प्रमुख यातायातको साधन भनेको हवाई यातायात हो । हुन त हवाई जहाज, पानी जहाज, रेल, बस आदि पनि यातायातका प्रमुख साधन हुन् भने हवाई यातायात छिटो र छरितो यातायातको साधन मानिन्छ । त्यसमा पनि नेपाल जस्तो भू–परिवेष्ठित र सडक यातायातको सञ्जाल ब्यापक नभई सकेको देशका लागि त हवाई यातायात बरदान नै सावित भएको छ ।

भलै सर्वसाधारण नागरिकका लागि हवाई यातायात सर्व सुलभ छैन । त्यस्तै नेपाल आउने विदेशी पर्यटकका लागि पनि हवाई यातायात प्रमुख साधन/माध्यम भएको देखिन्छ । किनभने हरेक वर्ष नेपाल भ्रमणमा आउने विदेशी पर्यटक मध्ये ८० प्रतिशत भन्दा बढी हवाई मार्ग (हवाई यातायातको प्रयोग गरेर) भएर आएको तथ्यांक छ । अझ केही वर्ष अघिसम्म त यो तथ्यांक अरु बढी थियो । त्यसो त नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटक भगौलिक दुरीकै कारणले हवाई मार्ग भएर आउने गरेका छन् । कतिसम्म भने दुई विशाल छिमेकी चीन र भारतका पर्यटकसमेत उल्लेख्य संख्यामा हवाई मार्ग भएर नेपाल आउने गरेको देखिन्छ ।

यता हाम्रो देश नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । त्यही एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथ’ पनि खासमा अन्तर्राष्ट्रिय मापदण्ड विपरित छ । मापदण्ड विपरित रहेको भनिएको अन्तर्राष्ट्रिय विमानस्थलले विदेशबाट आउने ठूल–ठूला विमानहरुको भार क्षमता थेग्न सक्दैन भने हालसम्म एकै पटक दोहोरो रुपमा विमान आवतजावत गर्न पनि सक्दैन । त्यसमाथि नेपालमा गरिने आन्तरिक उडानका स–साना विमानले पनि एउटै धावनमार्ग र ‘ट्रयाक्सी वे’ प्रयोग गर्ने गर्छन् । तापनि हालसम्म अर्को विकल्प नभएकोले ‘अड्को पड्को तेलको धूप’ भनेझैं जसोतसो काम चलेकै छ । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अनेकौं समस्याहरुबीच पनि हामीले वर्षमा १० लाख विदेशी पर्यटक भित्र्याउने सपना देख्न भने छाडेका छैनौं !

भलै कथंकदाचित सानो÷ठूलो जहाज प्राविधिक कारणले धावनमार्गको बीचमा अड्के/रहेमा हटाउने हाम्रो आफ्नै ल्याकत र प्राविधिक सरसमान समेत हालसम्म उपलब्ध छैन । फलस्वरुप २०७२ फागुन २० गते टर्कीको राजधानी इस्तानबुलबाट आएको टर्किस विमान सेवाको टिके ७२६ एयरबस ३३० धावन मार्ग (रन वे)मा जोतिन पुग्दा चार दिनसम्म नेपाल आउने र नेपालबाट बाहिर जाने अन्य विदेशी हवाई जहाज समेतको उडान रोकिन पुग्यो भने अन्तमा उक्त जहाज हटाउन भारतीय सेना र भातीय प्रविधि मगाउनु परेको थियो । त्यस्तै हालै छिमेकी देश भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीको नेपालको तीनदिने राजकीय भ्रमणको क्रममा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथ लगभग एकघण्टा बन्द गर्न पर्यो । जसका कारण ठूला विमान बस्न सक्ने अन्य वैकल्पिक ठूला विमानस्थल नहँुदा थाई एयरवेजको जहाज आकाशमै चक्कर लाएर बस्यो भने अरु विमानहरु आगमन हुने देशबाटै ढीला उडे ।

planeत्यस्तै नेपालमा विदेशी पर्यटकको आगमन बढाउन अन्तर्राष्ट्रियस्तरकोे विमानस्थल पहिलो र आवश्यक सर्त हो । हालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथ’ पनि बिस्तार र स्तन्नोत्तरीको क्रममा भए तापनि ठेकेदारसँगको विवाद ढीला सुस्ती नगरेको भए त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थल सन् २०१६ (हाल चली रहेको वर्ष) मा सकिनु पर्ने थियो । तापनि सन् २०१८ सम्ममा सक्ने लक्ष्यका साथ त्यही कम्पनीसँग सम्बन्धीत पक्षले सम्झौंता गर्दा फेरि पनि उक्त कम्पनी (स्पेनीस कम्पनी सान जोसे) ले फेरि पनि निहुँ खोजी रहेको भन्ने समाचार आएको थियो ।

हुन त हाल भैरहवा र पोखरामा पनि अन्तरराष्ट्रिय स्तरका क्षेत्रीय विमानस्थलहरु बन्ने क्रममा छन् । जुन पहिले नै निर्मित क्षेत्रीय स्तरका विमानस्थलहरु हुन भने निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल भने पूरै नयाँ जगमा बन्न लागेको वा बन्ने क्रममा रहेको अन्तर्राष्ट्रिय स्तरको विमानस्थल हो । त्यसो त भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल अहिले नै आकस्मिक रुपमा अन्राष्ट्रिय विमानलाई अवतरण गर्न सकिन्छ भन्ने समाचार आएको छ भने सकेसम्म सन् २०१८ मा सक्ने गरी निर्माण कार्य भैरहेको छ ।

त्यस्तै २०७२, वैसाख एक गते तत्कालीन प्रधानमन्त्री केपी ओलीद्धारा उद्घाटन गरिएको पोखराको क्षेत्रीय विमानस्थल पनि सन् २०१८ मा सक्ने योजनासहित उद्घाटन भएको भए तापनि निर्माण कार्य भने सुस्त नै देखिन्छ । उता निजगढमा बन्ने भनिएको एक मात्र अन्तरराष्ट्रिय स्तरको र सुविधा सम्पन्न अन्र्राष्ट्रिय विमानस्लथ कहिले सुरु हुने हो ? केही अत्तोपत्तो छैन । जे होस्, माथि उल्लेखित तीनवटै विमानस्थलहरु निर्माण सम्पन्न भएपछि नेपालमा वर्षेनी ३०/३५ लाख पर्यटक भित्र्याउन कुनै आईतबार पर्खनु पर्दैन ।

  • पुछारमा

नेपालको हवाई यातायातको सन्दर्भमा भन्नु पर्दा केही समयअघि एक अशुभ समाचार प्रकाशित भएको थियो । त्यो बेला नेपालका विभिन्न मिडियामा आएको समाचार अनुसार युरोपियन युनियनको मातहतमा रहेको ‘युरोपियन उड्डयन आयोग’ले नेपालको हवाई क्षेत्रमा अझै पनि जोखिम कायमै रहेको भनी नेपाललाई कालो सूची (ब्लाक लिस्ट) मा राखेको दुःखद समाचार आएको छ । ‘युरोपियन उड्डयन आयोग’ले अन्तरराष्ट्रिय उड्डयन संगठन (आईकाओ) ले केही महिनाअघि नेपालको हवाई क्षेत्र (आकाश) को बारेमा प्रकाशित खराब प्रतिवेदनको हवाला दिँदै नेपालको हवाई क्षेत्रमा अझै पनि जोखिम कायमै रहेको भनी नेपाललाई कालो सूची (ब्लाक लिस्ट) मा राखेको बतााएको छ ।

हुन त युरोपियन युनियन मातहतमा रहेको ‘युरोपियन उड्डयन आयोग’ले सन् २०१३ देखि नै नेपालको हवाई क्षेत्र असुरक्षित रहेको भनी आ–आफ्नो देश सम्बद्ध नागरिकहरुलाई नेपालको हवाई यातायात (खासगरी आन्तरिक उडानको स–साना हवाई जहाज नचढ्न) प्रयोग नगर्न आग्रह गरेको थियो/गर्ने गरेको छ । त्यस्तै नेपालको एक मात्र वायु सेवा निगम ‘नेपाल वायु सेवा निगम’ (नेवानी) को जहाजलाई पनि युरोपियन आकाशमा उड्न नदिने चेतावनी दिएको थियो । वास्तवमा यो (कालो सूचीको) विषयमा नेपाल सरकार लगायत सरोकारवाला निकायले ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भनेर बेवास्ता गर्ने भन्दा पनि दीर्घकालीन समाधन के हो ? त्यतातिर ध्यान दिनु पर्ने देखिन्छ । हुन पनि नेपाल वायु सेवा निगम (नेवानी) को जहाजमा घरिघरि र, अनेक खाले समस्या आएको देखिन्छ ।

कहिले चक्कामा, कहिले पखेटामा, कहिले इन्जिनमा, कहिले नोजमा, कहिलो कहाँ कहिले कहाँ ? तर हालै देशका पर्यटनमन्त्री र अर्थमन्त्री बसेर नेपाल वायु सेवा निगमले किन्न चाहेको दुई ठूला जहाजका लागि चाहिने २५ अर्ब रुपैंयाका लागि अर्थ मन्त्रालय जमानी बस्ने समझदारी भएको र, नेपाल वायु सेवा निगमलाई दुई ठूला जहाजका किन्नका लागि चाहिने २५ अर्ब रुपैंया कर्मचारी सञ्चय कोषले ऋण दिने सेर नेपाल वायु सेवा निगमले किन्न चाहेको दुई ठूला जहाजका लागि चाहिने २५ अर्ब रुपैंयाका कुरो बाहिर जो आएको छ, त्यो केवल नेपाल वायु सेवा निगमका लागि मात्रै नभएर हामी सबै नेपालीहरुका लागि खुसीको कुरो हो भने पर्यटनमन्त्री जीवनबहादुर शाहीले आइकाओको बैठकमा नेपालको हवाई यातायातको बारेमा विदेशीलाई आश्वास्त पारेर आएको भनी मिडियालाई प्रतिक्रिया दिएका थिए ।

हेरौं, यसको फल पनि छिट्टै प्राप्त होला नै । तापनि हालै नेपाल वायु सेवा निगमले दुईवटा नयाँ एयरबस ल्याउने निर्णयले युरोपियन युनियनलाई कस्तो प्रभाभ पार्छ हेर्नु छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close