प्रधानमन्त्री देउवा आज भारत जाँदै   •   चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न   •   ऋषि धमलाकी पत्नी फिल्म बनाउँदै, नायिका पनि आफैँ   •   १८ सांसदको पद धरापमा, आज पार्टीले निस्कासन गर्दै   •   हेलिकप्टरबाटै पोखरा घुम्न पाइने   •   महिनावारी हुँदा स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्छन्

लोसारमा शेर्पा प्रदेशबारे विशेष बहस, एमालेमाथि वक्ताहरुको कटाक्ष

कसले के बोले जस्ताको तस्तैः

  • लाक्पा जी. शेर्पा/ङावा शेर्पा

Ang dorji shepaकाठमाडौं । मे मो च्या ल्हो २१४४ औं ग्याल्पो लोसारको अवसरमा संघीय समाजवादी फोरम अन्तर्गत शेर्पा प्रदेश समितिले बौद्धमा आइतबार शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । प्रदेश समितिका अध्यक्ष लाक्पा शेर्पाको सभाध्यक्षता भएको कार्यक्रम सचिव महेश रानामगरले सञ्चालन गरेका थिए भने उपाध्यक्ष गंगा थापामगरले अतिथिहरुलाई स्वागत गरेका थिए । शुभकामना आदनप्रदानमा हिमालयन शेर्पा सांस्कृतीक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा, शेर्पा विद्यार्थी संघका अध्यक्ष निमा दोर्जे शेर्पा, शेर्पा सञ्चारका अध्यक्ष फुर्किमा शेर्पा, किदुग र शेर्पा सामाजिक संस्थाका प्रतिनिधीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रमका बक्ताहरुले के के बोले ?

शेर्पा प्रदेशविनाको संविधान अस्वीकार्यः अध्यक्ष आङ दोर्जी
काठमाडौं । नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष आङ दोर्जी शेर्पाले संविधान संशोधन गर्दा शेर्पा प्रदेश अनिवार्य समावेश हुनुपर्ने दाबी गरे । ‘अहिलेको अवस्थामा संविधानलाई स्वीकार्न सकिँदैन, संशोधन मार्फत शेर्पा प्रदेश तत्काल समावेश गर्नुपर्छ’ उनले भने ‘पहिचान सहितको शेर्पा स्वायत्त प्रदेश स्थापनाको विकल्प छैन । यसको लागि सबै एक भएर संकल्प गरौं ।’

यतिबेलासम्म मुलक चलाउनेहरुको अनुहार हेरिसके , सिन्को बाँचेन तर आदिवासी, जनजातिहरुले मुलुकलाई समृद्ध बनाउन सक्छ भन्ने उदाहरणका रुपमा लोडसेडिङ हटाएर कुलमान घिसिङले प्रमाणित गरिदिएको उनले प्रष्ट्याए । शेर्पा प्रदेश स्थापनाको प्रसंगमा उनले भने ‘संघीय समाजवादी फोरम नै मुलुकको वैकल्पीक शक्ति हो यसले पहिचानसहितको शेर्पा प्रदेशलाई दस्तावेजीकरण गरेर समितिनै गठन गरेर अघि बढेको छ ।’

आफ्नो मुद्दामा अडिग भएर अघि बढ्न सुझाउँदै अध्यक्ष शेर्पाले थपे ‘मधेशीले नेतृत्व गरेको छ एक–दुई वटा तराईको माग संवोधन भए आदिवासी, हिमालीको मुद्दालाई छोडेर सत्तामा जान्छन की भन्ने शंका छ तर नेतृत्वले त्यसो गर्दैन भन्नेमा पनि हामी उत्तिकै विश्वास्त छौं ।’ पहिचानसहितको संघीयताको विषयमा प्रष्ट भएकाले समाजवादी फोरमको भविष्य उज्जवल रहेको बताउँदै बुझेकाहरुले खुलेर पार्टीलाई सहयोग गर्नुपर्ने समेत उनले धारण व्यक्त गरे । ‘विदेशमा वस्ने नेपालीहरुबाट राम्रो सहयोग गरेको पाएका छौं, शेर्पाहरुको लहर पनि राम्रै छ । मुद्दा अघि सार्दै आदिवासी, मधेशीलाई अधिकार सम्पन्न बनाउने मामिलामा लागि रहेन प्रेरणा मिलोस्, लोसारको यही शुभकामना छ ।’ अध्यक्ष शेर्पाले भने ।

मधेसी र हिमाली शेर्पाहरुको व्यथा एउटै: ङिमी शेर्पा
कार्यक्रममा नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पाले तराई र हिमाली शेर्पाहरुको व्यथा एउटै भएको बताइन् । तराईको पीडा हिमालले बुझ्ने र सद्भाव बढ्ने गरी महोल निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् ।
राज्यको उत्पीडनका कारणले जातीय रुपमा पछि परेको चर्चा गर्दै अध्यक्ष शेर्पाले भनिन् ‘भेषभूषा र अनुहार हेरेकै भरमा राज्यले फरक व्यवहार गर्ने, अनहाकमा पक्राउ गरेर जेल हाल्ने समेत काम गरेर पीडा दिन काम भएको छ ।’
शेर्पा प्रदेश स्थापनाको विकल्प नभएको बताउँदै माओवादी नेतृ समेत रहेकी शेर्पा भनिन् ‘एकल जातीय राज्य संभावना छैन, अब हामीले राज्य चलाउने हो । अरुको चालामाला हामीले हेरिसक्यौं ।’ अधिकार र पहिचान नभए अरु शेर्पा हुनुको मात्रै अर्थ नहेको बताउँदै अध्यक्ष शेर्पाले भनिन् ‘हामी पहिचान खोजी रहेका छौं । पहिचान विना हामी आफू शेर्पा भनेर गौरव गर्नु निरार्थक छ । तसर्थ, शेर्पा प्रदेश स्थापना गरी समृद्ध मुलुक निर्माणमा लागि पर्नुपर्छ ।’ एमाले पहिचान विरोधी पार्टी प्रमाणित भइसकेको हुँदा त्यहाँ बसेर ‘शेर्पाहरुको हितमा काम गर्छु’ भन्नेको कुनै अर्थ नरहने दाबी गरिन् । आदिवासी नेताहरुले पदसँग मुद्दा साट्ने परिपाटी हाबी भएको बताउँदै अध्यक्ष शेर्पाले फेरि पनि त्यसरी धोका भए ‘नछाड्ने’ चेतावनी दिइन् ।

एमाले–कांग्रेसहरु ब्बाँसा हुन्–राजेन्द्र श्रेष्ठ
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठले एमालेका कारणले मुलुक मुठभेठतर्फ गएको आरोप लगाए । कुनैपनि हालतमा संविधान संशोधन रोक्न एमाले लागि परेको बताउँदै उनले भने ‘आदिवासी, मधेशी, शिल्पीलाई अधिकार दिन एमालेले चाहेकै छैन्, कुनैपनि हालतमा संशोधन रोक्न एमाले उद्दत छ ।’
श्रेष्ठले थपे ‘एमाले–कांग्रेसहरु ब्बाँसा हुन्, माओवादी चाँही भेडाको छात्रा ओढेका ब्वाँसा ।’ उनकै शब्दमा ‘जनतालाई झुक्याउँदै सत्तामा पुग्ने खेलमा ‘ठूला भनिएका’ दलहरु  लागि परेको छन ।’ विश्वकै निष्कृष्ट संविधानलाई आदिवासी जनजाति, मधेशी, महिलाले कुनैपनि हालतमा स्वीकार्न नसक्ने बताउँदै पूर्वमन्त्री समेत रहेका श्रेष्ठले भने ‘अहिलेपनि हामीलाई भ्रमित बनाइरहेको छ र कुनैपनि हालतमा संविधान स्वीकार्न वाध्य तुल्याउन हामीमाथि अनेक हर्कत अपनाइरहेको छ । तसर्थ, सचेत हुनुपर्छ ।’ अलग प्रसंघमा नेता श्रेष्ठले भने ‘संविधान संशोधन विना स्थानीय निकायको चुनाव स्वीकार्य छैन ।’ सप्तरी घटनामा एमाले दोषी रहेको समेत श्रेष्ठको आरोप छ ।
एमालेको मेची महाकाली अभियानलाई नेता श्रेष्ठले नश्लीय विष फैलाउने खेल भनेका छन् । शेर्पा प्रदेश विनाको शेर्पाको अस्तीत्व संभव नभएको बताउँदै सहअध्यक्ष श्रेष्ठले भने ‘कम्तीमा दश जोड एक प्रदेश अनिवार्य हुनुपर्छ । त्यसमा शेर्पा प्रदेश अनिवार्य हुनुपर्छ ।’ आफूहरुको पार्टीलाई पहिचान र संघीयता पक्षधर दाबीसहित पार्टीमा गोलबद्ध हुन आह्वान गर्दै उनले अन्य पार्टीलाई उनकै शब्दमा  भने ‘एमाले–कांग्रेस–राप्रपा’हरु गन्हाएका लाश हुन्, त्यसलाई बोकेर नहिँड्नुस्, त्यहाँ तपाईहरुको मुक्ति संभव छैन ।’

लोककल्याणकारी राज्य निर्माणः उपाध्यक्षद्धय
कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित समाजवादी फोरमका उपाध्यक्षद्धय रकम चेम्जाङ र हेमराज राईले पहिचानसहितको लोककल्याणकारी राज्य निर्माण गर्ने अभियानमा आफूहरु लागि परेको बताए । भने ‘लोककल्याणकारी राज्यको परिकल्पना हामीले गरेका छौं, अहिलेको जस्तो दमनकारी राज्य होइन ।’ समृद्धीका लागि पहिचानसहितको संघीयता अनिवार्य रहेको तर्क अघि सार्दै नेताद्धयले भने ‘पहिचानसहितको संघीयता भन्नु नै जातिको नामबाट राज्यको नामकरण गर्नू र सवैलाई राज्यको पहुँचमा पुर्याउनु हो । त्यसो भएमात्रै समृद्ध राष्ट्र निर्माण संभव छ ।’
पहिलो संविधानले उत्कृष्ट संविधानको खाका कोर्दै आम आदिवासी, शिल्पी, मधेशी, उत्पीडित वर्ग र समुदायलाई अधिकार सम्पन्न बनाउने देखेपनि षडयन्त्र पूर्वक संविधानसभाकै हत्या गरेको नेताद्धयको आरोप छ । शेर्पा प्रदेश निर्माण भए स्रोत परिचालन गरी सम्पन्न बनान खास समय नलाग्ने समेत पूर्व मन्त्री समेत रहेका नेताद्धयले विश्वास व्यक्त गरे । उनीहरुले पहिचानको आन्दोलनमा निरन्तर लागि रहन लोसारले शक्ति प्रदान गरोस भन्दै शुभकामना समेत व्यक्त गरे ।

‘हाम्रा शेर्पा सांसदहरु ज्यूँदै त छन् ?’– आङकाजी
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पा किसानले ‘अधिकारका लागि आन्दोलन गर्न र सदनमा शेर्पाको अधिकारका बारेमा शेर्पा प्रतिनिधीहरुले आवाज उठाउन नसकेको’ आरोप लगाए । उनले भने ‘हाम्रा तीन जना शेर्पा सभासद्हरु ज्यूँदै त छन ? भनेर खोज्ने बेला भएको छ ।’ शेर्पा सभासद्हरुले अधिकारका लागि आवाज उठाउन नसक्दा अधिकार गुम्ने खतरा बढेको बताउँदै उनले भने ‘के भत्ता पचाउनका लागि मात्रै संसद मन्त्री भएका हु्न त ?’
आदिवासी जनजाति महासंघका पूर्वमहासचिव समेत रहेको नेता किसानले भने ‘सदियौंदेखि हिमाली क्षेत्रको रक्षा गरेर आफ्नो गौरब बनाएका शेर्पा समुदायलाई अधिकार सम्पन्न बनाउँदै सम्मानका लागि शेर्पा प्रदेश स्थापना जरुर भएको छ ।’ शेर्पालाई प्रदेश दिन्न भन्ने अधिकार कसैलाई पनि नभएको दाबी गर्दै नेता शेर्पाले कडा शब्दमा भने ‘कसैले त्यसो भन्छ भने हालत खराब बनाइदिन्छौं ।’ शेर्पा समुदायका सामाजिक संस्थाहरु उनकै शब्दमा ‘मुख देखाउने’ काम मात्रै नगर्न भने । एमालेप्रति तिब्र असन्तोष पोख्दै नेता शेर्पाले पहिचान विरोधी पार्टी एमाले नै भएको र मुलुकलाई अन्यौलमा पार्ने काम गरेको आरोप लगाए । ‘आदिवासी, मधेशीलाई बाँदर भन्ने अधिकार केपी ओलीलाई छैन बरु अहिले उनको चरित्र चाँही त्यस खाले देखिँदै छ ।’ उनले थपे ।

रगतको होली खेल्न ओली तराई झरेः नेता आङ देण्डी
कार्यक्रममा केन्द्रीय सदस्य आङ देण्डी शेर्पाले आधा मुलुक हर्ष र आधा शोकमा रहेको बताए । शेर्पा प्रदेश इन्चार्ज समेत रहेका शेर्पाले भने ‘होली नआउँदै ओली तराई झरेर रगतको होली खेली सके ।’ पहिचानलाई दस्तावेजीकरण गर्न आफूहरुको आन्दोलन भएको बताउँदै राज्य एकात्मक नश्लवादी चरित्रले अघि बढीरहेको आरोप समेत उनले लगाए । प्रदेश समितिका सदस्य रिन्जी शेर्पाको संयोजकत्वमा आयोजित कार्यक्रममा शेर्पा संघसंस्था, पार्टी बरिष्ठ नेताहरु उपस्थित थिए ।

चुड्कीको भरमा शेर्पा प्रदेशः ढाक्रे
कार्यक्रममा केन्द्रीय सदस्य जुद्ध ढाक्रेले शेर्पाहरु एकिकृत भए ‘चुड्कीको भरमा शेर्पा प्रदेश स्थापना गर्न सकिने’ दाबी गरे । शेर्पाहरुको विरता, साहस, मिहिनेत, लगनशीलतालाई कदर गर्दै शेर्पा स्वायत्त प्रदेश स्थापना गर्न राज्य वाध्य हुनुपर्ने बताउँदै शेर्पा प्रदेश समितिका पदेन सदस्य समेत रहेका नेता ढाक्रेले भने ‘तपाईहरुको एकता जरुरी छ । त्यसबाट पहिचानसहितको शेर्पा प्रदेश संभावना छ ।’ एक कदम अघि बढेर नेता ढाक्रेले शेर्पा प्रदेश स्थापना हुँदैन भन्नेहरुमा अध्ययनको कमी रहेको आरोप लगाए । ‘केपी ओलीले रोकेर अब पहिचान सहितको शेर्पा प्रदेश रोकिन्न ।’  उनले थपे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close