प्रधानमन्त्री देउवा आज भारत जाँदै   •   चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न   •   ऋषि धमलाकी पत्नी फिल्म बनाउँदै, नायिका पनि आफैँ   •   १८ सांसदको पद धरापमा, आज पार्टीले निस्कासन गर्दै   •   हेलिकप्टरबाटै पोखरा घुम्न पाइने   •   महिनावारी हुँदा स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्छन्

शिखरपोष्ट मिडियाले मनायो आफ्नो तेस्रो वार्षिकोत्सव (फोटो फिचरसहित)

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले भने ‘प्राथमिकताअनुसार बजेट व्यवस्था हुनुपर्छ’

kljlfचन्द्रकला चाम्लिङ/सुमन खालिङ
काठमाडौं, ३० चैत । शिखरपोष्ट मिडियाले आफ्नो तेस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बुधबार उपराष्ट्रपतिको कार्यलयको हलमा एक विशेष समारोहको आयोजना गरी आफ्नो मिडियाले तेस्रो वार्षिकोत्सव मनाएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता रहेको उक्त समारोहबीच मुलुकको आर्थिक सम्बृद्धिका लागि पर्यटन र हाइड्रो विषयक विशेष बहस गरिएको थियो भने शिखरपोष्टले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा प्रकाशन गरेको हाइड्रो र पर्यटन विशेषाङक स्मारिकाको विमोचन पनि गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले अब कुनैपनि हालतमा देशमा राजनीतिक स्थायित्व कायम गर्नुपर्ने आवश्यकता औल्याउँदै आर्थिक विकासतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मुलुकको आर्थिक सम्बृद्धिका लागि राज्यले मात्रै नभएर निजी क्षेत्रले पनि साझेदारीताको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने भन्दै उहाँले पर्यटन क्षेत्र मुलुकको आर्थिक सम्बृद्धिको पहिलो आधार भएकोले त्यसलाई राज्यले प्राथमिकता राखेअनुसार बजेटको व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।

prakash khalingयहाँका अनगिन्ति सम्भावनाहरुको पहिचान गरी सदुपयोग गर्न नसक्दा आर्थिक सम्बृद्धि सुस्त देखिएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले त्यसलाई चिर्नको लागि चुनाव अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा, राष्ट्रिय पर्यटन परिषद सदस्यसमेत रहेका टानका अध्यक्ष चन्द्र रिजाल, निटका उपाध्यक्ष छेटुप तामाङ, नेपाल पर्यटन व्यवसायी संगठनका राष्ट्रिय संयोजक नवराज दाहाल, उद्योग बाणिज्य महासंघका नवनिर्वाचित सदस्य रामशरण थपलियालगायतले मुलुकको पर्यटन र हाइड्रोको विकासका सम्भावना र चुनौतिका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो । बोल्ने अधिकांश बक्ताहरुले मुलुकलाई सम्बृद्ध बनाउनका लागि हरेक क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औल्याएका थिए । त्यसक्रममा उनीहरुले पत्रकारिताको माध्यमबाट शिखरपोष्टले खेलेको भूमिकाको प्रसंशासमेत गरेका थिए ।

सोही अवसरमा पर्यटन, हाइड्रोलगायत विविध क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा समाजसेवी तथा बहुप्रतिभाशाली व्यक्तित्व शिव अधिकारी, टिबेट रग हाउसका छिरिङ ढुण्डुप, एडभेन्चर वीथ अल्टीच्युट एक्स्पीडिसनका दावा शेर्पा,  रेड हाउस जंगल रिसोर्ट हेमु पाण्डे, गे्रटफुल टुर्स एण्ट ट्रान्सपोर्टका रमेश गौतम, दुधकोशी हाइड्रोपावरका जनक खनाल, समाजसेवी राजकुमार गुरुङ, हिलटप रेष्टुरेन्ट तुल्सी मरहठ्ठा, श्री बौद्ध क्षेत्र विकास समितिका सम्पूर्ण कुमार लामा,  अल्टिच्युट रेन्दोनी टे«किङका छेटुप तामाङ, रोयल पेंगुइन बुटिक होटलका टासी गुरुङ र  राजधानी राष्ट्रिय दैनिक फोटो पत्रकार द्धारिका काफ्ले रहनुभएको छ ।

त्यसैगरी शिखरपोष्टको संरक्षक नविन कार्की र सल्लाहकारहरु निरकुमार खालिङ राई, रुद्र बहादुर घतानी तथा सौमान खालिङ राईलाईसमेत सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न पर्यटकीय संघसंस्था, हाइड्रो क्षेत्र, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा व्यवसायी, पत्रकार गरी करिब दुई सय जनाको सहभागिता रहेको थियो ।

 

अनिस प्रतिष्ठान संस्थाद्धारा दिलबहादुर घर्तीमगरको उद्धारका लागि ३ लाख सहयोग
यसैबीच, अनिस प्रतिष्ठान संस्थाको तर्फबाट साउदी जेलमा रहेका रोल्पा धवाङका दिलबहादुर घर्तीमगरको उद्दारका लागि ३ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरियो । प्रतिष्ठानका उपाध्यक्ष रामरतन राईले यो रकम परिबन्दमा परेका दिलबहादुर घर्तीमगरको उद्धार अभियान सफल बनाउनको लागि प्रदान गरिएको बताउँदै अभियानलाई थप सशक्त र तीब्र गतिमा अघि बढाउनुपर्ने बताउनुभयो ।    DSC_0057   dd   eeanis pratishthanaabbccDSC_0101 ff gg  khaling kljlf nnn  unnamed11shikharpo  k17884245_1832351033693893_6919800877338248082_n1chhiring2unnamed33 unnamed1111unnamed

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close