प्रकाश खालिङद्धारा प्रेम कुलुङको लागि टर्कीबाट आएको साढे २१ हजार रकम हस्तान्तरण   •   ओलीको घोषणा : एमाले-माओवादी एकता हुन्छ-हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन   •   शिखरपोष्टको चौथो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न   •   नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः प्रकाशसिङ कार्की निर्वाचित   •   टिम्स छल्दै भारतीय पर्यटक, वर्षमा ३ करोड राजस्व घाटा   •   सगरमाथासहित तीन हिमालको आधार शिविरमा ३८३ आरोही, ७७ जना जाँदै

दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधी होमलाल र सरिता

  • शिखरपोष्ट रिपोर्टर

18118869_10155402874191282_7700751094936501486_nकाठमाडौं, १३ वैशाख । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आयोजना गरेको दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधी त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र सरिता बासीले हात पारेका छन्  । मंगलबार रसुवाको लाङटाङमा भएको म्याराथनमा पुरुषमा होमलाल र महिलामा सरिताले उपाधि जितेका हुन् । दुई वर्षअघि वैशाख १२ गतेको भूकम्पबाट अत्यधिक प्रभावित लाङटाङ क्षेत्र हाल सुरक्षित रहेको सन्देश विश्वभर फैल्याउन म्याराथन गरिएको टानले जनाएको छ ।

होमले निर्धारित दूरी ३ घण्टा ३४ मिनेटमा पार गरेका थिए । आर्मीकै राजन खत्री ३ घण्टा ३७ मिनेटबाट दोस्रा भए । ३ घण्टा ३८ मिनेटमा दूरी पार गरेका आर्मीकै वेदबहादुर सुनुवार तेस्रो भएका थिए ।

महिलातर्फ सरिताले ५ घण्टा १३ मिनेट २० सेकेन्डमा दूरी पार गरिन् । आर्मीकी रेसु बस्नेतले ५ घण्टा १६ मिनेट ४५ सेकेन्ड र एपीएफ क्लबकी पुष्पा भण्डारीले ५ घण्टा २८ मिनेट ४६ सेकेन्डबाट दोस्रो र तेस्रो स्थान हासिल गरे ।

दुवैतर्फ विजेताले समान एक लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए । म्याराथन लाङटाङ राष्ट्रिय निकुञ्जको क्यान्जिङ गुम्बाबाट सुरु भई लाङटाङ गाउँ हुँदै थाङस्याप घाडा, तवेला, लामा होटल, रिम्चे, शेर्पागाउँ, खान्जिम, ब्रिदिम र लिङलिङ, स्याबु्रबेसीमा पुगेर सकिएको थियो । प्रतियोगितामा १० विदेशी, १४ महिलासहित १०२ जना सहभागी थिए ।

18156935_10155402923526282_6152665098232704128_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*