मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता   •   थवाङमा वर्चश्वको लडाइँ, कसले मार्ला बाजी ?   •   हिमालयन पावरमा ८ अर्बको आवेदन   •   लुक्लामा पर्यटक अलपत्र   •   पोखरामा गर्मी छल्दै भारतीय पर्यटक   •   मासिक १० लाख बढी कमाउने सञ्जु कोइरालालाई एनसेलले निकाल्यो

महिला फुटबल च्याम्पियनसिप अर्को सातादेखि

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबलको उत्थानका लागि महिला लिग च्याम्पियनसिपको घोषणा गरेको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जेठ १६ देखि स्याङ्जा र पाल्पामा प्रतियोगिता सुरु हुने जानकारी दिइयो।

च्याम्पियनसिपमा कूल २८ टिम सहभागी हुँदैछन्। जसलाई २ समूहमा विभाजन गरिएको छ। एउटा समूहमा १४ टिम समावेश रहने छन्। विजेतालाई ३ लाख, उपविजेतालाई १ लाख ५० हजार रुपैयाँ घोषणा गरिएको छ। उत्कृष्ट खेलाडीलगायत विभिन्न ५ विद्यामा मनोनित हुने खेलाडी तथा प्रशिक्षकलाई १५ हजार नगदबाट सम्मान गरिनेछ।

प्रतियोगिता आउँदो साफ च्याम्पियनसिपलाई ध्यानमा राखेर आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close