प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

आर्सनलको कीर्तिमानी जित, १३ औं पटक एफए कपको उपाधि

40DD5B2100000578-4547786-image-a-95_1495911724482जेठ १४ – एफए कप फुटबलको उपाधि आर्सनलले जितेको छ । घरेलु मैदान वेम्बली रंगशालमा शनिबार राति भएको फाइनलमा चेल्सीलाई २–१ ले हराउँदै कीर्तिमानी १३ औं पटक एफए कपको उपाधि जितेको हो । आर्सनलको जितमा एलेक्स सान्चेज र आरोन रामसीले गोल गरे । विक्टर मोसिस दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित भएको चेल्सीका लागि डिएगो कोस्टाले एक गोल गरे । चौथो मिनेटमा नै सान्चेजले गोल गर्दै आर्सेन वेङ्गरको टिम आर्सनललाई सुरुवाति अग्रता दिलाए । ६८ औं मिनेटमा मोसिस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भयो । त्यसको ८ मिनेटपछि कोस्टाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । तर ७९ औं मिनेटमा रामसीले गोल गरेपछि आर्सनलले २–१ को जित निश्चित गर्दै उपाधि पक्का गर्‍यो । पछिल्लो पटक सन् २०१५ मा उपाधि जितेको आर्सनलले वेङ्गरको प्रशिक्षणमा यो वर्ष पनि उपाधि जित्यो । समग्रमा आर्सनलले अहिलेसम्म १३ पटक उपाधि जित्दै एफए कपको इतिहासमा सबैभन्दा सफल क्लब बन्न सफल भएको छ । वेङ्गरको आर्सनलको २० वर्षे करिअरमा यो सातौं एफए कप उपाधि हो । कुनै पनि प्रशिक्षकले एफए कपको उपाधि जितेको यो नै सबै भन्दा धेरै हो । प्रिमियर लिग च्याम्पियन चेल्सी एफए कपको उपाधि पनि जित्दै यो सिजनलाई थप उपलब्धी मुलक बनाउने लक्ष्य लिएको थियो । तर त्यसमा सफल हुन सकेन । योसहित एफए कपमा आर्सनल र चेल्सीबिच भएका पछिल्ला ९ खेलमा आर्सनल विजयी भएको छ । चेल्सीले पछिल्लो पटक सन् २००९ मा एफए कपको सेमिफाइनमा आर्सनललाई २–१ ले हराएको थियो । पछिल्लो ७० वर्षमा एफए कपमा चेल्सीले आर्सनलले हराएको यो नै पहिलो पटक हो ।समग्रमा यी दुई क्लब बिच एफएकपमा अहिलेसम्म १४ पटक भेट भएको छ । यसमा ९ खेलमा आर्सनल र पाँच खेलमा चेल्सी पाँच खेलमा विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close