मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता   •   थवाङमा वर्चश्वको लडाइँ, कसले मार्ला बाजी ?   •   हिमालयन पावरमा ८ अर्बको आवेदन   •   लुक्लामा पर्यटक अलपत्र   •   पोखरामा गर्मी छल्दै भारतीय पर्यटक   •   मासिक १० लाख बढी कमाउने सञ्जु कोइरालालाई एनसेलले निकाल्यो

सल्लेरी–ओखलढुङ्गा सडक सरकारलाई बुझाउन टालटुल गरिदै

६५ करोड लाग्ने भनिएपनि सम्झौता अवधिमा काम नसक्दा लागत बढि

salleriसोलुखुम्बु । निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ ।

दश वर्षको आयु तोकिएको सडक वर्ष दिन नबित्दै कुलो भत्कने र पिच उप्कने समस्याबाट जीर्ण बन्दै गर्दा भत्किएको र उप्किएको स्थानमा टालटुल गरेर ठेकेदार कम्पनीले भुक्तानी लिने तयारी गरेको छ ।

सोलुखुम्बुको सल्लेरीदेखि ओखलढुङ्गाको रमाइलो डाँडासम्मको करिब ५८ किलोमिटर सडक यही महिना ठेकेदार कम्पनीले सरकारलाई बुझाउने तयारी गरेको छ । हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजालले सडकको काम अन्तिम चरणमा पुगेको र अब छिट्टै सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिए।

हतारहतार टालटुल पारेर सडक बनाइरहँदा सर्वसाधारणले सडकको गुणस्तरलाई लिएर चिन्ता व्यक्त गरेका छन् । मुक्लीका धनबहादुर गुरुङ भन्छन्’ ‘एक वर्षमै सडकको हालत खराब भयो, अब टालटुल पारेको सडक अर्को वर्ष उस्तै हुन्छ, आखिर सडक पिच गरेको के अर्थ भयो र रु’ गत वर्ष वर्षायामका समयमा सडकको अधिकांश भाग कालोपत्रे गरिएको थियो ।

सडकछेउका नहर पुनःनिर्माण गर्ने काम भइरहेको ठेक्केदार कम्पनीले जनाएको छ । हिमाली जिल्ला जोड्ने सोलुखुम्बु सडकखण्ड पर्यटकीय पदमार्ग प्रवेश गर्ने सडक पनि हो । सगरमाथा क्षेत्रमा खुम्बु पदमार्गमा जाने पर्यटकसमेत अहिले सडकमार्गमार्फत आउन थालेका छन् । सडक निर्माणमा लापर्बाही गरिएकाले छिट्टै भत्किने डरले पर्यटन व्यवसायी पनि चिन्तित छन् ।

सडक कालोपत्रेका लागि एसियाली विकास बैंकको ६० प्रतिशत र नेपाल सरकारको ४० प्रतिशत बजेट लगानी रहेको छ ।

सुरुमा एसियाली विकास बैंक ९एडिबी०को ४३ करोड रुपैयाँ र नेपाल सरकारको २२ करोड रुपैयाँ गरी ६५ करोड रुपैयाँ लागत इस्टमेट तयार पारिए पनि निर्माण सम्झौता अवधिमा काम सम्पन्न नगर्दा लागत पनि बढ्दै गएको ओखलढुङ्गा–सल्लेरी सडक आयोजनाले जनाएको छ ।

काम सम्पन्न नभएपछि ठेक्केदार कम्पनी लामा शर्मा ज्वइन्ट भेन्चर कन्स्ट्रसनले पटक पटक म्याद थप गरेको छ । टालटुल पारेको सडक जिम्मा लिने सन्दर्भमा हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजाल भएको कामको मूल्याङ्कनअनुसार ठेकेदार कम्पनीलाई भुक्तानी दिएर सडक जिम्मा लिने तयारी भएको बताउँछन् । तर सोलुखुम्बुवासी भने गुणस्तरहीन सडक बनाएर सोलुवासीको आँखामा छारोमात्र हालेको गुनासो गर्छन् । rss

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close