प्रधानमन्त्री देउवा आज भारत जाँदै   •   चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न   •   ऋषि धमलाकी पत्नी फिल्म बनाउँदै, नायिका पनि आफैँ   •   १८ सांसदको पद धरापमा, आज पार्टीले निस्कासन गर्दै   •   हेलिकप्टरबाटै पोखरा घुम्न पाइने   •   महिनावारी हुँदा स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्छन्

एनसेलले सरकारलाई तिर्‍यो साढे १३ अर्ब ६० करोड लाभकर

अब दश प्रतिशत बाँकी

news-ncellकाठमाडौं : पूँजीगत लाभकर नतिर्ने अडानमा अडिग रहेको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल १३ अर्ब ६० करोड रुपैयाँ थप रकम दाखिला गरेको छ ।

आन्तरिक राजश्व विभागअन्तरतको ठूला कसरदाता कार्यालयमा आइतबार एनसेलले १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार रुपैयाँ बराबरको कर दाखिला गरेको हो । यसअघि यही प्रतिशत ९२५ को १५० शीर्षकमा ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ बुझाइसकेको छ ।

यसअघि गत वर्ष वैशाखमा नै ठूला करदाता कार्यालयका अधिकारीहरुले कर विवरणसहित अग्रिम कर कट्टिवापत कम्तिमा १५ प्रतिशतको दरले एनसेलबाट २३ अर्ब रुपैयाँ हाराहारी राजस्व प्राप्त हुने अपेक्षा गरेका थिए। तर एनसेलले नौ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ मात्रै कर बुझायो।

यसका लागि टेलियासोनेरा एनसेलमा प्रवेश गर्दा ७४ अर्ब रुपैयाँ खर्च भएको र अहिले टेलियालाई ६६ अर्ब रुपैयाँको मात्रै लाभ भएको भन्दै कर विवरण बुझाइएको थियो। अहिले भने एनसेलले यही खर्च एक अर्ब ८८ करोड रुपैयाँ देखाएर त्यस वापत १५ प्रतिशतको कर बुझाएको हो।

आयकर ऐनले विदेशी लगानीकर्तालाई कारोबारमा लाभ भएको रकममा २५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था छ । अझै एनसेलबाट कार्यलयले १० प्रतिशत कर लिन बाँकी रहेको छ। २५ मध्ये १५ प्रतिशत रकम दाखिला गरिदिनुपर्ने दायित्व सम्बन्धीत कम्पनीको हो । बाँकी १० प्रतिशत रकम बिक्रेताले कम्पनी टेलियासोनेराले बुझाउनुपर्ने अडानमा एनसेल छ ।
टेलियाने भने नेपालको कानुनले उक्त व्यवस्था स्पष्ट नगरेको भन्दै नतिर्ने जनाएको छ । तर, ५० प्रतिशत भन्दा बढी स्वामित्व हस्तान्तरण भएपछि कर बुझाउने दायित्व सम्बन्धीत कम्पनीकै हुने कर कानुन निर्माणमा संलग्न अधिकारीले बताउँदै आएका छन् । यिनै अधारलाई लिदै एनसेलले कर बुझाउन अटेर गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close