नाट्टा अध्यक्षका लागि अच्युत गुरागाईद्धारा उम्मेद्धारी घोषणा   •   समानुपातिकतर्फ कुन दलले कति मत प्राप्त गरे? यस्तो छ पछिल्लो अपडेट   •   यस्तो छ एनएमएको 'माउन्टेन फेस्टिवल २०१७'   •   सोलुखुम्बुमा समानुपातिक तर्फ कांग्रेस पहिलो   •   सगरमाथाको उचाइ नाप्न अमेरिका, चीन, भारत, जापानका विज्ञहरुसँग छलफल   •   दलितसम्बन्धि समस्या समाधानका लागि सामुहिक पहल आवश्यकः आयोग सदस्य पौडेल

दुधकोशी गाउँपालिकामा सरसफाई तथा जनचेतनामूलक -याली सम्पन्न

फोटो फिचरसहित

  • शिखरपोष्ट मिडिया

shikharpost gaupalikaसोलुखुम्बु, २२ जेठ । सोलुखुम्बुको दुधकोशी गाउँपालिकामा सरसफाई तथा जनचेतनामूलक र्याली आयोजना गरेको छ । विश्व वातावरण दिवशको अवसर पारेर सोमबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।

दुधकोशी गाउँपालिकाका कार्यकारी अधिकृत अविलाल राईको विशेष उपस्थितिबीच आयोजित उक्त कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षाकर्मी, पद्मकन्य आधारभूत विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, शिक्षिकाहरु तथा सोही विद्यालयमा अध्ययनरत कक्षा ७ र ८ का विद्यार्थीहरु, स्थानीय व्यवसायी तथा कर्मचारीलगायतको व्यापक सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका कार्यकारी अधिकृत राईले यस्ता कार्यक्रमले स्वच्छ, हराभरा वातावरणसम्बन्धि जनचेतना जगाउने विश्वास व्यक्त गर्नुभयो ।

‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी विश्वभरी वातावरण दिवश मनाइयो ।

तस्वीर सौजन्य : दुधकोशी गाउँपालिका2

3 4 5 6 7 8

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close