मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता   •   थवाङमा वर्चश्वको लडाइँ, कसले मार्ला बाजी ?   •   हिमालयन पावरमा ८ अर्बको आवेदन   •   लुक्लामा पर्यटक अलपत्र   •   पोखरामा गर्मी छल्दै भारतीय पर्यटक   •   मासिक १० लाख बढी कमाउने सञ्जु कोइरालालाई एनसेलले निकाल्यो

सुदूर नेपालका सुन्दर गन्तव्य राता/खप्तडमा पर्यटकको संख्यामा बृद्धि

image2017-05-26-08-12-40amकाठमाडौं । पछिल्लो बर्षहरुमा देशका बिभिन्न गन्तब्यहरुमा आन्तरिक पर्यटकहरुमा उल्लेख्य रुपमा बृद्धि भएको छ । रारा, खप्तड आदि नँया तथा दुर दराजका पर्यटकीय गन्तब्यहरु सम्म आन्तरिक पर्यटकहरुको भ्रमण उत्साहजनक देखिएको छ । रारा, खप्तड जस्ता पर्र्यटकीय क्षेत्रहरुमा अन्य क्षेत्रको तुलनामा पर्यटकीय पूर्वाधारको कमी भए पनि नँया अनुभव बटुल्न पाईने र सुन्दर गन्तब्यहरु देख्न पाईने सुदूरपश्चिम क्षेत्रका पर्यटन अभियन्ता किशोर खड्का बताउँछन् । उनका अनुसार खप्तड घुम्ने पर्यटकहरुको संख्या बर्षेनी उत्साहजनक ढंगले बढिरहेको छ साथसाथैं पर्यटन मैत्रि पूर्बाधारहरु पनि बिस्तारै थपिने क्रम बढीरहेको छ ।
धनगढीबाट जुम्ला हुँदै रारा पुगेका युवा पर्यटन ब्यवसायी लोकराज भट्ट रारा एक पटक पुग्नै पर्ने गन्तब्य भएको बताउँछन् । रारा पुग्दा सम्पूर्ण पिंडाहरु बिर्सने र स्वर्गिय आनन्द प्राप्त हुने उनको बुझाई छ । भट्ट चाडैं खप्तड र सुदूरपश्चिमका अन्य पर्यटकीय गन्तब्यहरु घुम्ने योजना रहेको बताउँछन् ।
उनि थप्छन, पहिला हामी आफैं घुमेर आउन सके घुम्न जान ईच्छुक पर्यटकहरुको सेवा सुबिधाको बारेमा राम्रोसँग ब्यवस्थापन गर्न सकिन्छ । धनगढीमा होटेल र ट्राभेल ब्यवसाय संचालन गर्दै आएका उनि भोलीका दिनमा सुदूरपश्चिमका पहाडि जिल्लामा पनि होटेलहरु खोलेर पर्यटकलाई सेवा दिने मनशायमा छन् ।
बर्षेनी खप्तडमा आयोजना हुने गंगादशहरा मेलामा पनि सुदूरपश्चिम बाहेक देशका बिभिन्न भू भागबाट पर्यटकहरु जाने गर्दछन् । यो बर्षको मेलामा पनि करिब ३ हजार सम्म पर्यटक खप्तड आउन सक्ने त्यहाँका ब्यवसायीहरु तथा अभियन्ताहरुको अनुमान छ । गंगादशहरा मेलालाई लक्षित गरि ब्यवसायीहरुले खप्तड भ्रमण प्याकेज बेच्न थालेका छन् भने खप्तडमा पनि स्थानिय ब्यवसायीहरुले अस्थायी होटेल संचालनको तयारी तिव्र बनाएका छन् । 
 
यसैबीच अभियन्ता खड्काले यस वर्षको खप्तड यात्राको प्याकेज पनि सार्वजनिक गरेका छन् । उनले  यही जेठ १६ गतेदेखि २४ गतेसम्म नौं दिने खप्तड यात्राको प्याकेज सार्वजनिक गरेका हुन् ।  खड्काका अनुसार पहीलो दिन काठमाडौंदेखि धनगढी, दोस्रो दीन धनगढी पुगेर एयरक्राफ्ट म्युजीयम, १ सय ८ फीट अग्लो ज्योतीर्र्लिंंग लगायतको अवलोकन गर्ने कार्यक्रम रहेबो छ । यसैगरी तेस्रोे दिन धनगढीदेखि  बझाङको लामातोला, चौथो दिन पाँच घण्टा पैदल यात्रा गरेर खप्तड पुग्ने कार्यक्रम छ । कार्यक्रमअनुसार पाचौ दिन सुन्दर तथा मनमोहक खप्तड घुमफीर गर्ने छैठौं दिन खप्तडमा लाग्ने मेला अवलोकन, त्रीबेणी स्नान गरी अछामका लागि रात्री बसमा यात्राको कार्यक्रम छ भने आठौ दिन धनगढी हुँदै काठमाडौंका लागि यात्रा तय गरिनेछ । सुदूरपश्चिमको पर्यटन प्रबद्र्धनमा सक्रिय अभियन्ता खड्काले पछिल्ला केही वर्षयता खप्तडमा आन्तरिक पर्यटकको पहुँच तथा त्यहाँको प्रचारप्रसारमा महत्वपूर्ण काम गरिरहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close