प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

असीग्रामदेखि चौथो पटक प्रधानमन्त्रीसम्म देउवा

को हुन् शेरबहादुर देउवा ?

51552860काठमाडौं, २३ जेठ । नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित कांग्रेस सभापति देउवा वि।स। २००३ साल जेठ ३१ गते डडेल्धुराको असीग्राममा जन्मिएका हुन्। उनका बुवा श्रीप्रसाद सिंह देउवा र आमा द्रोपदीदेवी हुन्।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका देउवा नेविसंघका पहिलो अध्यक्ष हुन् । २०४६ सालबाट संसदमा प्रवेश गरेका देउवा प्रजातन्त्र स्थापना पछिका तीनवटै संसदीय निर्वाचन र २०६२/०६३ पछि भएका दुईवटा संविधानसभा निर्वाचनसमेत लगातार विजयी भए।

२०४८ गृहमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरेका देउवालाई २०५२ सालमा प्रधानमन्त्रीका रुपमा सिंहदरबार छिरे। २०५२ भदौ २७ गते पहिलोपटक प्रधानमन्त्री बनेका देउवाले प्रधानमन्त्रीको कार्यभार २०५३ फागुन २९ गतेसम्म सम्हाले। पाँच वर्षपछि उनी पुनः प्रधानमन्त्री भए । सत्ताको दोस्रो इनिङ्समा २०५८ साल साउन ११ गते देखि २०५९ असोज १८ गतेसम्म देउवा टिकेका थिए। उनको दोस्रो इनिङ्स निकै विवादास्पद बन्यो।

२०५९ साल माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले संसद भंग गरी देउवालाई प्रधानमन्त्रीबाट हटाएका थिए। संसद् विघटनको विषयमा कांग्रेसभित्र तीव्र ओलोचना देउवाले खेप्नुपरेको थियो भने पार्टीभित्रै देउवाले प्रजातन्त्र राजालार्ई बुझाएको भन्दै विवादमा परेका थिए। पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्दै गएपछि देउवाले २०५९ सालमा पार्टी फुटाए र नेपाली कांग्रेस ‘प्रजातान्त्रिक’को गठन गरे ।

पार्टी फुटाए लगत्तै उनी फेरि प्रधानमन्त्री भए। राजा ज्ञानेन्द्रले सुरुमा ‘असक्षम’ घोषणा गरेका देउवालाई २०६१ सालमा फेरि प्रधानमन्त्री बनाए । प्रधानमन्त्रीको तेस्रो कार्यकाल उनले २०६१ जेठ २१ देखि २०६१ माघ १९ सम्म सम्हाले। शाही शासनकालमा तीन पटक प्रधानमन्त्री भएका देउवा गणतन्त्र स्थापनापछि १० औँ प्रधानमन्त्रीका रुपमा पुनः सत्तामा पुनरागमन गरेका हुन्। मुलुकको ४० औँ प्रधानमन्त्रीका रुपमा देउवाले सत्ताको चौथो इनिङ्स सम्हालेका छन्।

कांग्रेस राजनीतिमा देउवा:
शेरबहादुर देउवाले १० औँ महाधिवेशनमा पार्टीको नेतृत्व सम्हाल्ने आकंक्षा व्यक्त गरे। गिरीजाप्रसाद कोइरालासँग भिडेका उनी सभापति हुन सकेनन्। २०५९ सालमा पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति बने। ११ औँ महाधिवेशनपछि पार्टी एकीकरण भएपछि उनले २०६४ सालमा कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारी पाए।

१२ औँ महाधिवेशनमा सुशील कोइरालासँग लडेका उनी पुनः पराजित भए। १३ औँ महाधिवेशनबाट उनी कांग्रेसको सभापतिमा उदाए। उनी सभापतिका अर्का प्रत्यासी रामचन्द्र पौडेललाई हराउँदै पहिलो पटक कांग्रेसको सभापति बन्न सफल बनेका हुन्। देउवाले १८ सय २२ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी पौडेलले १२ सय ९६ मत प्राप्त गरे।

देउवाको शिक्षा :
शेरबहादुर देउवाले राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन् भने व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका छन् । कानुन विषयमा देउवाले स्नातक तहको अध्ययन पुरा गरेका छन् भने देउवा राजनीतिशास्त्रमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो समेत हुन्।

देउवाको विदेश भ्रमण :
देउवाले हालसम्म भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलंका, थाइल्याण्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया, स्वीडेन लगायतका देश भ्रमण गरिसकेका छन्।

जेल जीवन ९ वर्ष :
राजनीतिको विभिन्न कालखण्डमा देउवाले ९ वर्ष जेलजीवन विताएका छन्। ४५ वर्षको उमेर आरजु राणासँग वैवाहिक बन्धनमा बाँधिएका देउवाको एक छोरा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close