एनएमएका नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथ (फोटोफिचर)   •   माओवादीका ८ राज्यमन्त्रीले आज सपथ लिने   •   माथिल्लो तामाकोशीको निर्माणमा ढिलाइहुँदा सात अर्ब रुपैयाँ लागत बढ्ने   •   भोक खोला तेस्रो लघु जलविद्युतको सार्वजनिक सुनुवाई कहिले होला ?   •   एनएमए निर्वाचन निष्पक्ष रुपमा सम्पन्न भएको जिल्ला प्रशासनको फैसला   •   गौरीकाद्वारा सहभागी भएको सबै विधामा स्वर्ण

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षमा संघीय समाजवादीबाट मगरको उमेद्धवारी

३१ बुदे प्रतिबद्धता सहित

1496733325_1446_1सोलुखुम्बु, २३ जेठ । खुम्बु पासाङल्हामु गाउँपालिका प्रमुखमा संघीय समाजवादी फोरम नेपालका तर्फवाट महेश राणामगरले उम्मेदवारी घोषणा गरेकाछन् । फोरम नेपाल, शेर्पा प्रदेश समितिका सचिव समेत रहेका मगरले समृद्ध खुम्बु पासाङ ल्हमु गाउँपालिका निर्माणका लागि उम्मेदवारी घोषणा गरेको जनाएकाछन् ।

आफ्नो, समुदाय र सन्ततीको समृद्धिका साथमा जनताको जीतका लागि आफू उम्मेदवार बनेको उनले बताए । गायक, संगीतकार तथा लेखकका रुपमा समेत परिचय बनाएका मगर विकास र परिवर्तनका लागि जनताले आफूलाई जिताउने विश्वास गरेकाछन् ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेवाट ङिमदोर्जी शेर्पा, नेपाली कांग्रेसवाट चुङबा शेर्पा र नेकपा माओवादी केन्द्रवाट नाम्गेल शेर्पा उम्मेदवार बनेर चुनाबी अभियानलाई अघि बढाइरहेकाछन् ।

उम्मेदवार घोषणासँगै मगरले गाउँपालिकालाई समृद्ध बनाउने आफ्ना योजना र प्रतिबद्धताहरु पनि अघि सारेकाछन् ।

मगरका योजना र प्रतिबद्धताहरु:
१। समृद्ध खुम्बु–पासाङ ल्हमु गाउँ पालिकाको दिगो बिकासका लागि जनता र बिज्ञहरुको उपश्थितिमा बृहत आवधिक बिकास योजना निर्माण गर्नेछु ।

२। स्वास्थ र शिक्षामा बढ्दै गएको व्यापारीकरणलाई निर्मुल गरि स्वास्थ उपचार र शिक्षालाई निशुल्क गर्नेछु । साथै व्यावहारिक र आधुनिक शिक्षण प्रणलीको बिकाससंगै सबै बिद्यालयहरुमा शेर्पा लगायतका बाहुल्यता रहेको समुदायको भाषामा पठनपाठन अनिबार्य गर्नेछु ।

३। खुम्बु–पासाङ ल्हमु गाउँ पालिकाको दक्षिणि क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा बिकास गर्न ५० प्रतिशत कृषी अनुदानको व्यवस्था गर्नेछु साथै खेती योग्य स–साना गराहरुलाई डोजरको प्रयोग गरि ठुला र चौडा गरा निर्माणका लागि सहुलियतहरु प्रदान गर्नेछु ।

४। खुम्बु–पासाङ ल्हमु गाउँ पालिकामा रहेका सबै कार्यलयमा कर्मचारीहरु समानुपतिक समाबेशिताको आधारमा स्थानिय क्षेत्रबाट नै नियुक्त गर्नेछु ।

५। खुम्बु–पासाङ ल्हमु गाउँ पालिकालाई बिश्वको सर्बोत्कृष्ट पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्न आर्थिक, भौतिक, सामाजिक एबम साँस्कृतिक रुपले समृद्ध पार्न स्थानिय, केन्द्रिय सरकार एबम बिश्व समुदायसंग आव्हान गर्नेछु ।

६। खुम्बु–पासाङ ल्हमु गाउँ पालिकाका प्रत्येक गाउँलाई छुवाएर बिश्वकै लामो र अग्लो स्थानमा रहेको नमुना ईको– साईकल मार्गको निर्माण गर्नेछु ।

७। होटल व्यावस्थापन, पर्यटन र पर्वतारोहण संबन्धि बिज्ञहरुको अध्यायन, अनुसन्धान र निष्कर्ष पश्चात उत्कृष्ट नमुना बिश्वबिद्यालयको स्थापना गर्नेछु ।

८। दुधकोशी एबम भोेटेकोशीबाट उद्पादन हुने बिद्युत परियोजनाको कम्तीमा ३० देखि ४० प्रतिशत शेयर स्थानिय जनतामा समानुपातिक बितरणगरि श्रोत र साधनको मालिक स्थानिय जनतालाईनै बनाउने संयन्त्रको निर्माण गर्नेछु साथै स्थानिय जनताको श्रमलाई शेयरमा रुपान्तरण गर्ने प्रणालीको बिकास गनेर््छु ।

९। नेपाल राष्ट्र पक्षरहेको अन्तराष्ट्रिय सन्धि, सम्झौता एवम आई एल ओ १६९ लाई स्थानिय जनताको हक अधिकार र स्वयत्तताको निम्ति उपयोग गर्न जागरण ल्याउनेछु ।

१०। खुम्जुङमा बिश्वकै अग्लो स्थानमा रहेको क्रिकेट स्टेडियम र फुटबल स्टेडियम निर्माण गरि सार्क स्तरिय खेलकुद पर्यटनको बिकास गर्नेछु ।

११। पर्यटकिय पदमार्गलाई पक्की र कम्तीमा ५ फिटको चौडा बनाउने छु । मुख्य गाउहरुमा तुरुन्त मोटर बाटो जोड्नेछु ।

१२। निशुल्क स्वास्थ्य उपचारको लागि न्युनतम स्वास्थ शुल्कको व्याबस्थापन गर्नेछु ।

१३। हरेक बिषय र व्यावशायको जोखिम कम गर्न बिमा सेवा बनिबार्य गराउनेछु ।

१४। स्थानिय श्रोतसंग संबन्धित उद्योगहरुको निर्माणका लागि बार्षिक कम्तमा १० जना प्रतिबद्ध बिद्यार्थीहरुलाई बिश्वका उत्कृष्ट बिश्वबिद्यालयमा प्रबिधि बिज्ञता तथा उच्च शिक्षा अध्यायनका लागि पठाउनेछु ।

१५। दिगो बिकास, सामाजिक एकता र सामुदायिक सहकार्यका लागि महिनामा कम्तीमा २ दिन अनिबार्य जनश्रमदान अभियान सञ्चालन गर्नेछु । उत्कृष्ट स्वयम सेवाको लागि बिश्वव्यापी रुपमा आव्हान गर्नेछु ।

१६। स्थानियहरुको पुर्ण लगानि तथा शेयरमा पब्लिक कम्पनि स्थापना गर्ने तथा स्थानिय श्रोतहरु स्लेट, खरि, चुन, ढुङ्गा, कृषी ईत्यादीसंग संबन्धित उद्योगहरु संचालन गर्ने र बार्षिक रुपमा कम्तिमा सयौ युवाहरुलाई रोजगारीको सृजना गर्दै आत्मनिर्भर र स्वावलम्वी बनाउदै लैजानेछु ।

१७। खुम्बु–पासाङ ल्हमु गाउँ पालिकाको उपयुत्र्त शान्त सुन्दर स्थानमा बिश्व मानव समुदायको एकता शान्तिको लागि बिशाल बौद्ध साधना केन्द्रको स्थापनाका लागि संयोजन गर्नेछु ।

१८। धनि, मध्यम, गरिब, सुकुम्वासीहरुकोे स्तर बर्गीकरण गरि ५ देखि १० हजार सम्मको बृद्ध, बिधवा, अपाङ्ग, टुहुरा भत्ताको व्यावस्थापन गर्नेछु । एवम डिप्लोमा गरेका बेरोजगार युवाहरुलाई सामुदायिक सोयमसेवा अनिबार्य गराई ५ देखि १० हजारसम्मको बेरोजगार भत्ताको व्यवस्था गर्नेछु ।

१९। वडा स्तरिय सुबिधा सम्पन्न बृद्धाश्रमको स्थापना गर्नेछु ।

२०। प्रत्येक वडामा कम्तिमा १५ सैया क्षमताको सुबिधा सम्पन्न अस्पतालको स्थापना गर्नेछु साथै उत्त अस्पतालमा दिर्घकालिन सेवा बिस्तारका लागि प्रत्येक वडाबाट बार्षिक १÷१ जनालाई एमबिबिएस अध्यायनका लागि आंशिक एबम पुर्ण छात्रबृत्तिको व्यावस्था मिलाउनेछु ।

२१। स्वच्छ र सफा पिउने पानिको प्रवन्ध गर्नेछु ।

२२। ऐतिहाँसिक महत्वका धार्मिक, साँस्कृतिक एबम पुरातात्विक क्षेत्रको संरक्षण, संबद्र्धन र बिकास गर्नेछु ।

२३। खुम्बु–पासाङ ल्हमु गाउँ पालिकाभित्र रहेको सम्पुर्ण पर्वतिय श्रीङ्खलाहरु तथा हिमतालहरुको संरक्षण एबम दैवी प्रकोप सुरक्षा संयन्त्र निर्माण गर्नेछु । नियमित अनुगमन तथा सुरक्षाका निति तथा कार्ययोजना आवलम्बन गर्नेछु ।

२४। द्धन्द्ध पिडितहरुको लागि राहात तथा रोजगारी प्रदान गर्नेछु ।

२५। खुम्बु–पासाङ ल्हमु गाउँ पालिकालाई शुन्य सुकुम्वासी क्षेत्र घोषणा गर्नेछु ।

२६। बार्षिक बृक्षरोपन अभियान सञ्चालन गर्नेछु साथै खुम्बु–पासाङ ल्हमु गाउँ पालिकालाई प्लाष्टिक र सिसामुत्त क्षेत्रको निर्माण गर्नेछु ।

२७। पर्यटन एबम पर्वतारोहणका क्रममा हिमालय पर्वतहरुमा थुप्रिएका फोहरहरुको उचित व्यावस्थापन र बिसर्जन गर्नेछु ।

२८। अन्तराष्ट्रिय मापदण्ड अनुरुप श्रमिकहरुको न्युनतम श्रमको मुल्य निर्धारण गर्नका साथै पर्यटन र पर्वतारोहनसंग संबन्धित कामदारको ईन्सोरेन्स न्युनतम ५० लाखको व्यावस्था गर्नेछु ।

२९। उपर्युत्त बिकास र भावि योजनाका लागि जनताको प्रत्यक्ष सहभागीता र बिज्ञहरुको बृहत छलफल र निष्कर्ष पश्चात दिगो योजनाहरु निर्माण गर्नेछु ।

३०। प्रत्येक वडामा बिश्व स्तरको सुबिधा सम्पन्न पुस्ताकलय स्थापना गर्नेछु ।

३१। बृहत चोमोलुपर्वतिय अध्यायन केन्द्र तथा पर्यटन सुचना केन्द्रको स्थापना गर्नेछु ।

३१। बिश्व स्तरको स्की स्कुल तथा प्रशिक्षण केन्द्रको स्थापना गर्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close