प्रधानमन्त्री देउवा आज भारत जाँदै   •   चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न   •   ऋषि धमलाकी पत्नी फिल्म बनाउँदै, नायिका पनि आफैँ   •   १८ सांसदको पद धरापमा, आज पार्टीले निस्कासन गर्दै   •   हेलिकप्टरबाटै पोखरा घुम्न पाइने   •   महिनावारी हुँदा स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्छन्

नेपालको पर्यटन प्रवर्द्धन गर्न नाट्टाको ३२ सदस्यीय टोली चीन प्रस्थान

बिहीबारदेखि नेपाल–चीन सेल्स मिसन २०१७ सुरु

 

  • शिखरपोष्ट मिडिया

NATTAकाठमाडौं, २४ जेड । चीनमा नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को एक टोली बुधबार चीन प्रस्थान गरेको छ ।

जेठ २५ देखि असार ३ (जुन ७ देखि १७ तारिख) सम्म आयोजना हुने नेपाल–चीन सेल्स मिसन–२०१७ का ३२ सदस्यीय पर्यटन व्यवसायी टोली चीन प्रस्थान गरेको हो । नेपाल पर्यटन बोर्ड तथा बेजिङस्थित नेपाली राजदूतावासको सहयोगमा बिहीबारदेखि चीनमा नेपाल–चीन सेल्स मिसन सुरु हुने नाट्टा सचिवालयले जनायो ।

नाट्टाकाअनुसार मिसनमा बेजिङस्थित नेपली राजदूतावासको सक्रियतामा त्यहाँका उच्चस्तरीय पर्यटन अधिकारी एवं एजेन्टलगायत संघ संस्थाका प्रतिनिधि हुनेछन् ।त्यहाँ नेपाल पर्यटन प्रवद्र्धन बर्ष– २०१७ सम्बन्धी बृहत् गोष्ठी पनि आयोजना हुनेछ । चीनका चेङदु, ग्वाङजाओ, हाङजाओ तथा बेजिङ सहरमा उक्त मिसन हुनेछ ।

नाट्टा सेल्स मिसनमा नेपालका पर्यटकीय सम्पदाबारे चिनियाँ ट्राभल व्यवसायी तथा सञ्चार क्षेत्रलाई विस्तृत जानकारी गराउने कार्यक्रम छ । यस्तै, बिटुबी पनि हुने छ । उक्त कार्यक्रमले नेपाल आउने चिनियाँ पर्यटक बढ्ने नाट्टाको दाबी छ ।

गत वर्ष चीनबाट कूल १२ करोड २० लाख चिनियां पर्यटकले विदेश भ्रमण गरेका थिए । तीमध्ये ८० हजार ५ सय ५३ चिनियाँमात्र नेपाल आएको नाट्टाले जानकारी दिएको छ । चीनमा जाने व्यवसायीको नेतृत्व नाट्टाका अध्यक्ष मधुसूदन आचार्य र यसको संयोजन नाट्टाका कार्यकारी सदस्य वरुण मेहताले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close