प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

तल्लो सोलु जलविद्युत आयोजनाको निर्माण १६ प्रतिशत सकियो

२०७६ पुसमा विद्युत उत्पादन गर्ने लक्ष्य

Lower-Solu-hydroशिखरपोष्ट मिडिया/काठमाडौं . सोलुखुम्बुमा निर्माण भएको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको निर्माण १६ प्रतिशत पूरा भएको छ । सोलु हाइड्रोपावर प्रालिका कार्यकारी निर्देशक आषिश गर्गकाअनुसार बाँध, सुरुङ र विद्युतगृहमा अहिले धमाधम काम भइरहेको छ ।

आयोजनाको बाँधका ५ गेटमध्ये २ वटाको फाउन्डेसन सकिएको छ । ‘अहिले ९ सय कामदार २४ घन्टा आयोजनामा खटिएका छन,’ उनले भने, ‘यही गतिमा कामले निरन्तरता पाए निर्धारित समय र लागतम आयोजना पूरा हुन्छ ।’

आयोजनाको साढे ४ किलोमिटर सुरुङमध्ये ५ सय मिटर पूरा भएको र विद्युतगृहको जग खन्ने काम भइरहेको उनले बताए ।

२०७३ साउनमा काम सुरु भएको आयोजनाबाट २०७६ पुसमा विद्युत उत्पादन गर्ने लक्ष्य छ । १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् ।

नेदरल्यान्डस डेभलपमेन्ट फाइनान्स कम्पनी -एफएमओ_, जर्मन डेभलपमेन्ट बैंक -डिइज_ र ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट -ओएफआइडी_ ले ८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । यस्तै, प्राइम बैंकको अगुवाइमा ५ नेपाली बैंकको ३ अर्ब रुपैयाँ लगानी छ ।

आयोजनामा ५ अर्ब स्वपुँजी -इक्विटी_ लगानी छ । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने सोलुखुम्बुकै १३२ केभी लम्माने सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको निर्माणले गति लिए पनि प्रसारण लाइनको काम सुस्त भएकाले समयमा पूरा नहुने हो कि भन्ने आशंका बढेको गर्गले बताए ।

Subscribe to Comments RSS Feed in this post

One Response

  1. 9813165530

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close