मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता   •   थवाङमा वर्चश्वको लडाइँ, कसले मार्ला बाजी ?   •   हिमालयन पावरमा ८ अर्बको आवेदन   •   लुक्लामा पर्यटक अलपत्र   •   पोखरामा गर्मी छल्दै भारतीय पर्यटक   •   मासिक १० लाख बढी कमाउने सञ्जु कोइरालालाई एनसेलले निकाल्यो

न्यू लुक्समा निरुता

भिडियोसहित

llकाठमाडौं । अहिलेकी चर्चित तथा हट मोडल निरुता क्षेत्रीको अभिनय तथा नृत्य रहेको गीतको भिडियो सार्वजनिक भएको छ । ‘नाचिदेउ नाचिदेउ’ बोलमा रहेको आइटम गीतमा निरुता खुलेरै नाचेकी छन् । निरुतालाई भिडियोमा कृष्ण पराजुलीले साथ दिएका छन् ।

राजधानिमा सौन्दर्य व्यवसाय समेत गर्दै आएकी निरुता राम्रो ब्युटीसियन पनि हुन् । कलाकारिता र आफ्नो पेशालाई सँगसँगै अघि बढाएकी निरुता मोडलिङमा समेत सक्रिय हुन थालेकी छन् ।

महेश शाहीको स्वर तथा संगीत रहेको गीतमा मिना निरौलाले पनि आवाज भरेकी छन् ।

सत्यराज चौलागाईंको निर्देशन र सुरेन बसेलको कोरियोग्राफमा तयार भएको भिडियोलाई संकल्प भुजेलले खिचेका हुने भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
राजधानीमा बसेर संघर्ष गर्दै गरेकी निरुता मोडलिङ तथा कलाकारीतामा रमाइरहेकी छन् । उनी भन्छिन्, ‘गायन तथा कलाकारिता मेरो सानैदेखिको रुचि हो । भविष्यमा सफल कलाकार बन्ने उनको लक्ष्य छ ।’
गीत हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close