सांसद दीपक मनाङ्गेलाई पक्राउ   •   २५ मेगावाटको काबेली बी-१ बाट वैशाखमै विजुली उत्पादन हुने   •   मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारवाही   •   सरकारले लगानी गरेका १०८ संस्थानमध्ये ९८ कम्पनीले दिएनन् लाभांश   •   स्वैच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक खटाउँछौं : लालबाबु   •   चीनसँग भयो यस्तो सहमति

जलविद्युत क्षेत्रमा पौने ७ खर्ब बराबरको लगानी प्रस्ताव

himnadi-khola-hydroकाठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा ६ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ । उद्योग मन्त्रालयका अनुसार शुक्रबारसम्म आएको प्रतिबद्धताले आगामी २४ बर्षभित्र २ सय ८७ ओटा जलविद्युत आयोजना निर्माण हुने सम्भावना देखिएको उद्योग मन्त्रालयले जनाएको छ ।

ती आयोजनाले करिब साढे २८ हजार जनालाई रोजगारी प्रदान गर्ने दाबी गरेका छन् । दर्ता भएका आयोजनामध्ये ५ वटामा एकल बिदेशी लगानी छ भने अन्यमा स्वदेशी तथा बिदेशी लगानीकर्ताले सहकार्य गरेका छन् ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७०–७१ मा ५९ वटा आयोजना दर्ता भएको र सवैभन्दा बढी २ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको प्रस्ताव आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*