प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

सोलुखोला–दूधकोसीको इपिसी ठेक्का इटाली कम्पनीलाई

solukhola-dudhkosi (1)सोलुखुम्बुमा निर्माण हुने ८६ मेगावाटकाे सोलुखोला–दूधकोसी जलविद्युत आयोजनाको इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्सट्रक्सन) मोडलमा निर्माण गर्न ठेकेदार छनोट भएको छ । निजी क्षेत्रले निर्माण गरेका मध्ये इपिसी मोडलमा ठेक्का गरिएको यो पहिलो आयोजना हो ।

यो मोडलअनुसार सिभिल निर्माण, इलेक्ट्रो तथा हाइड्रो मेकानिकलको काम एउटै ठेकेदारले गर्छ । साहास ऊर्जा लिमिटेडले इटलीको सिएमसी राभेना कम्पनीलाई शुक्रबार आयोजना निर्माण गर्ने जिम्मा दिएको हो । ठेक्का सम्झाैतामा कम्पनीका तर्फबाट अध्यक्ष हिमप्रसाद पाठक र ठेकेदार प्रतिनिधिले हस्ताक्षर गरे ।

काम सुरु भएको ३ वर्षभित्र कम्पनीले आयोजना पूरा गर्नुपर्नेछ । स्थलगत अवलोकन गरेर केही दिनभित्र निर्माणको मिति तोकिने कम्पनीका अध्यक्ष पाठकले बताए । ‘तोकिएको समय र लागतमा आयोजना पूरा गर्न कम्पनी प्रतिबद्ध छ,’ उनले भने, ‘त्यहीअनुसार काम गर्न ठेकेदारलाई दबाब पनि दिइनेछ ।’
नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा आयोजनामा ११ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ ऋण दिने प्रतिबद्धता जनाएका छन् । पाठकका अनुसार आयोजनामा ३ अर्ब २१ करोड रुपैयाँको स्वपुँजी हुनेछ । आयोजनाको लागत ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयोजनाको हेडवर्क्स जिल्लाको तिन्ला र विद्युतगृह पन्चन गाविसमा निर्माण हुनेछ । आयोजनाबाट वार्षिक ५२०.८२ गिगावाट घन्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको तिन्लाको लाम्माने सबस्टेसनमा जोडिनेछ ।
कम्पनीका अनुसार आयोजना निर्माणमा आवतजावत गर्न १२ किलोमिटर पहुँचमार्गकाे निर्माण पनि पूरा भएकाे छ । अन्य पहुँचमाग भने निर्माण भइसकेको छ । सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन (इआइए), प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट), विद्युत खरिद सम्झौता (पिपिए) लगायत काम पूरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close