यसरी हुँदैछ हिमालयन ह्वाइटवाटर च्यालेन्ज   •   तिङ्लाको ‘नो भोट’मा फुट ल्याउने उम्मेदवारको प्रयास असफल   •   संचारकर्मी तथा यूवा गायक सचिन राईको नयाँ गीत रेकर्ड   •   राई पत्रकार संघद्धारा गोपाल छाङ्छा राईलाई ५४ हजार सहयोग   •   आङगेलु शेर्पालाई जिताउन नागरिक समाज सोलुको सार्वजनिक अपिल   •   टानका नवनिर्वाचित नेतृत्वद्वारा पदभार ग्रहण

साहास ऊर्जाले स्थानीयलाई सेयर दिने

सोलुखोला–दूधकोसी जलविद्युत आयोजना निर्माण गर्ने साहास ऊर्जा लिमिटेडले सोलुखुम्बुका स्थानीयका लागि सेयर जारी गर्ने भएको छ । आयोजना निर्माण गर्न आवश्यक स्वपुँजी जुटाउन सेयर जारी गर्न लागिएको हो ।

११ अर्ब ८६ रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७३ प्रतिशत ऋण र २७ प्रतिशत (३ अर्ब २१ करोड रुपैयाँ) स्वपुँजी (इक्वीटी) लगानी हुनेछ । उक्त रकमको १० प्रतिशत सेयर जारी गरिने कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकले बताए ।
‘सेयर जारी गर्न ‘एनआइबिएल क्यापिटल मार्केट’ बिक्री प्रबन्धक नियुक्त गरिएको छ,’ उनले भने, ‘सेयर जारी गर्ने अनुमति लिन नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारी भइरहेको छ ।’
कम्पनीले गत शुक्रबार मात्र इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्सट्रक्सन) मोडलमा आयोजना निर्माण गर्न ठेकेदार छनोट गरेको छ । यो मोडलअनुसार सिभिल निर्माण, इलेक्ट्रो तथा हाइड्रो मेकानिकलको काम एउटै ठेकेदारले गर्छ । आयोजनाको काम इटलीको सिएमसी राभेना कम्पनीले पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close