नाट्टा अध्यक्षका लागि अच्युत गुरागाईद्धारा उम्मेद्धारी घोषणा   •   समानुपातिकतर्फ कुन दलले कति मत प्राप्त गरे? यस्तो छ पछिल्लो अपडेट   •   यस्तो छ एनएमएको 'माउन्टेन फेस्टिवल २०१७'   •   सोलुखुम्बुमा समानुपातिक तर्फ कांग्रेस पहिलो   •   सगरमाथाको उचाइ नाप्न अमेरिका, चीन, भारत, जापानका विज्ञहरुसँग छलफल   •   दलितसम्बन्धि समस्या समाधानका लागि सामुहिक पहल आवश्यकः आयोग सदस्य पौडेल

बुढीगण्डकी जलबिद्युत आयोजना : १ अर्ब २२ करोड ५६ लाख मुआब्जा वितरण

budhigandaki_XlVvgY6EXwगोरखा – बुढीगण्डकी जलबिद्युत आयोजना प्रभावितलाई १ अर्ब २२ करोड ५६ लाख ८० हजार २ सय ३७ रुपैया मुआब्जा बितरण भएको छ । गोरखा र धादिङका ६ सय ५ परिवारलाई उक्त रकम दिइएको बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले जनाएको छ ।
कार्यालयका अनुसार गोरखाका ५ सय ८३ जनालाई १ अर्ब १९ करोड ५६ लाख ८० हजार  सय ३७ रुपैया वितरण गरिएको छ भने धादिङका २२ जनालाई ३ करोड वितरण गरिएको छ ।
गोरखाका बुढी गण्डकी प्रभावित क्षेत्रबाट १ हजार ३९ निवेदन दर्ता भएको छ भने ३६ निवेदन छुट भएको छ । धादिङका १४ सय ८७ निवेदन दर्ता भएको छ भने ३ सय निवेदन छुट भएको छ ।
यस्तै कार्यालयले गोरखाका ९ सय ८२ र धादिङको १३ सय ९६ पुर्जा मालपोत कार्यालयमा पठाएको छ ।
आयोजना स्थलमा जग्गा अधिग्रहणका लागि सबैभन्दा कम प्रतिरोपनी ५ लाख २५ हजार प्रतिरोपनी र सबैभन्दा बढी ८ लाख ३५ हजार कायम गरिएको छ । ११ आधारमा जग्गा बर्र्गिकरण गरेर मुआब्जा वितरण कार्य भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close