प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

पर्खालभित्रको राजधानी

mustang-trek-13 (2)लेखक दामोदर पुडासैनी हजार पुस्तक पढेरभन्दा एउटा यात्रा गरेर, विश्वविद्यालयमा पढेरभन्दा नयाँ ठाउँमा घुमेर नवीन ज्ञान र जीवन दर्शन फेला पार्न सकिन्छ भन्ने मान्यता राख्छन् । उनको नयाँ नियात्रासंग्रह ‘पर्खालभित्रको राजधानी’ (२०७३)मा नेपालको विकट तर अत्यन्त सुन्दर हिमाली जिल्ला मुस्ताङको पाँचदिने यात्राको अनुभव समेटिएको छ ।

किताबमा १९ वटा नियात्रा संगृहीत छन् । यसमा प्राकृतिक सौन्दर्यको अनुपम भण्डार मुस्ताङको भौगोलिक बनोट, त्यहाँ बसोबास गर्ने जाति, समाज, भाषा, धर्म र संस्कृति, जीवनशैली, Scarpe Nike Italia त्यस क्षेत्रका पौराणिक र ऐतिहासिक सम्पदा आदिबारे वर्णन छ । यसमा मुस्ताङ जिल्लाका स्थान विशेष जोमसोम, ठिनी, झारकोट, झोङ, कागबेनी, छुक्साङ, चैल, समर, चराङ, ढाङमर, लोमन्थाङ आदिको भ्रमण अनुभव र तज्जन्य प्रतिक्रिया पनि समेटिएको छ ।

उनी ‘मृत्युका पञ्जाहरूबाट फुत्केर’ भन्ने नियात्रामा लेख्छन्, ‘बेनीबाट सवारीसाधनमा लोमन्थाङ पुगेर फर्कनु पुनर्जीवन पाउनु जत्तिकै हुन्छ ।’ उनले विभिन्न नियात्रामा वर्णन गरेअनुसार निजी गाडी लैजान नपाइने त्यस भेगको मोटरबाटो गिट्टी वा रोडा मात्र हालेको, अत्यन्त अप्ठ्यारो, उबडखाबड, साँघुरो, धेरै घुम्ती भएको छ । त्यस्ता विकट बाटामा थोत्रा र बिग्रिरहने जिप वा बस बेतोडले कुदाइन्छ । चालक र सहचालकले आफूलाई राजा र यात्रुलाई पत्रु सम्झन्छन् । उनीहरू मापसे गरेर गाडी चलाउँछन् । यात्रुलाई हेप्ने र रुखो व्यवहार गर्ने मात्र होइन, कहिलेकाहीँ दुव्र्यवहार पनि गर्छन् ।

जिप वा बसमा यात्रुलाई गुन्द्रुक खाँदे झैँ खाँद्छन् । उनीहरू सेवाको भावना पटक्कै नभएका, पैसा मात्र बटुल्न पल्केका छन् । होटेलवालासँग मिलेर यात्रुलाई राम्ररी खान पनि दिँदैनन् । यसरी नियात्राकारले बेनीबाट जोमसोम र जोमसोमबाट लोमन्थाङ जाने बस वा जिपयात्राको अति भयावह चित्रण गरेका छन् । यसबाट त्यस भेगमा चल्ने यातायातको मात्र नभएर एक प्रकारले नेपालका विकट पहाडी र हिमाली मार्गमा चल्ने सम्पूर्ण यातायात व्यवस्थाको वास्तविक चित्र प्रतिविम्बित भएको छ ।

त्यस्ता निष्ठुर र कठोर चालकसँग नेपालका राजनीतिक नेताको तुलना गरेर नियात्राकार दामोदरले निहित स्वार्थमा निर्लिप्त भएको, भ्रष्ट र निर्गतिलो चालकले हाँकिरहेको वर्तमान राजनीतिको लर्खराउँदो र जतिबेला पनि दुर्घटना हुन सक्ने अनियन्त्रित गतिप्रति तीखो व्यंग्य पनि प्रहार गरेका छन् । यसका साथै नेपालको पहाडी वा हिमाली यातायातको यस्तो कारुणिक, त्रासद र कुरूप अवस्था देखाएर दामोदरले भावी पुस्ताका लागि नेपालको वि.सं. २०६०/२०७० तिरको पहाडी र हिमाली यातायात व्यवस्था कस्तो भयावह र दयनीय रहेछ भनेर थाहा पाउने सशक्त माध्यम पनि बनाएका छन् ।

लेखक खास ठाउँको वर्णन गर्दा पूर्वभ्रमणको स्मृति गर्छन् र वर्तमान भ्रमणमा देखिएका खास स्थान र स्थानीय सुन्दरतासँग तुलना गर्छन् ।

यस किताबको अर्को महत्ववपूर्ण पक्ष हो- मुस्ताङी सभ्यता र संस्कृतिको चित्रण गर्नु । नियात्राकारले वर्णन गरेअनुसार मुस्ताङमा हिमाली वा तिब्बती सभ्यता र संस्कृति छ । त्यहाँ बुद्ध धर्म प्रचलित छ । त्यहाँ प्रायः भोटचिनियाँ परिवारका जातिको बसोबास छ । तीमध्ये कतिपयको थर अहिले गुरुङ भएको छ । राजतन्त्र गयो, तर त्यहाँ अझै राजालाई मान्छन् । त्यहाँ लोग्ने मानिस र आइमाई बख्खु, Nike Air Max 2017 damskie दोचा, पाङ्देन, ह्याङ्जु, स्यामु, आङ्दुङ, कारा, लेक्कम, asics gel nimbus 14 donna सुर्की, स्यामा, ढिम्बु, ज्यन्जेन आदि वस्त्र लगाउँछन् । तिब्बती शैलीका घर छन् । ती घर प्रायः माटोले निर्मित छन् । वरिपरि ढुंगा र माटोले बनाइएका अग्ला पर्खाल छन् । त्यसैले लोमन्थाङलाई माटाको सहर भनेर पनि चिन्छन् ।

जाडो बेसी हुने हुनाले घरका झ्याल ढोका प्रायः साना हुन्छन् । त्यहाँ ठाउँठाउँमा गुम्बा बनाइएका छन् । गुम्बाका छानामा लुङ्दर फहराइरहेका हुन्छन् । लोमन्थाङमा यार्तोङ चाड प्रसिद्ध छ । यो चाड वर्षा ऋतु सकिएपछि अर्थात् शरद् ऋतुमा मनाइन्छ । यसमा विशेषगरी घोडादौड,

  • Adidas Superstar Verde Uomo
  • मिष्ठान्न भोजन र नाचगानसमेत गरिन्छ । नेपालको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ त्यहीँ छ । त्यसैले त्यहाँ हिन्दु र बुद्ध धर्मको मेल छ । धार्मिक सहिष्णुता भएको मुस्ताङमा बहुपति प्रथा अझै प्रचलित छ । मातृसत्तात्मक समाज भएर पनि राजतन्त्र हुनु, मुखिया वा थेम्वा रिम्पोछे प्रथा कायम हुनु यहाँको सामाजिक परम्पराको वैशिष्ट्य हो । यहाँका मानिस कठोर जीवन भोगिरहेका भए पनि प्रायः मिलनसार, सहयोगी, दयालु, परोपकारी र धार्मिक मनोवृत्तिका छन् ।

    यहाँ हिमाली जडीबुटीको प्रयोग गरेर रोग निको पार्ने आम्ची चिकित्सा पद्धति प्रचलित थियो, तर अहिले क्रमशः त्यसले कम प्राथमिकता पाउन थालेको छ । पहेँला लुगा लगाएर एक हातमा माने र अर्को हातमा पुस्तक लिएर जमिन छुवाउँदै मन्त्र जपेर खेतबारी घुम्दा बालीनालीमा कीरा नलाग्ने र असिना पानीले नास नगर्ने अन्धविश्वास छ । मासु घाममा सुकाएर चारपाँच महिनासम्म नबिग्रने गरी राख्ने प्रचलन पनि छ । यहाँ छोरी जन्मे रातो र छोरा जन्मे सेतो रङले तीन ढुंगाको चाङ लगाइन्छ । मानिस मरेपछि लास कि त गाड्ने कि त टुक्राटुक्रा पारेर गिद्धलाई खुवाउने चलन छ ।

    शदीयौंदेखिको राजतन्त्रको दमन र उत्पीडन, अनेकौं धार्मिक र सामाजिक अन्धविश्वास, झुमा वा देवदासी प्रथा, धामी झाँक्रीको निर्भरतामा आधारित चिकित्सा आदिको भुमरीमा घुम्दै र रुमल्लिँदै आएको मुस्ताङी समाज नयाँ शिक्षा, यातायातको पहुँच, नयाँ चिकित्सा पद्धतिको प्रयोग, आधुनिक प्रविधिमा आधारित कृषि कर्म, पर्यटन, होटेल व्यवसाय आदिले क्रमशः परिवर्तन भइरहेको पनि देखिन्छ । बाहिरका यात्री र कर्मचारी आएर यहाँ कुकर्म पनि गर्छन् र समाज भाँड्ने काम गर्छन् । सहरियाहरू मुस्ताङ आएर मुस्ताङीबाट सहयोग लिन्छन्, adidas yeezy boost तर मुस्ताङी सहर गएर सहयोग माग्दा फोहोरी भनेर हेप्छन् भनेर पनि बयान गरिएको छ ।

    यसरी यस किताबले हिमाली वा मुस्ताङी सभ्यता, संस्कृति, धर्म, कला र ज्ञानको वर्णन गरेर मुस्ताङ जिल्लाको पौराणिक,

  • Nike Air Max 2017 Uomo Nere
  • ऐतिहासिक, सामाजिक, धार्मिक, सांस्कृतिक, आर्थिक आदि विविध पक्षको समुद्घाटन गरेको देखिन्छ । यसका साथै त्यहाँको समाज कसरी रूपान्तरित भइरहेको छ भनेर पनि देखाएको छ ।
    यस किताबको अर्को विशष उल्लेख्य पक्ष हो- मुस्ताङी प्राकृतिक सुन्दरताको खुलेर प्रशंसा र भौगोलिक अवस्थाको वर्णन गर्नु । नियात्राकारले बयान गरेअनुसार, मुस्ताङलाई मरुभूमिको स्वर्ग भनिन्छ । यो शीतल मरुभूमि हो । यो हैम सौन्दर्यको अनुपमस्थल हो । यो हिमोद्यान हो । यहाँ श्वेत सौन्दर्यको राज छ ।

    त्यस्तो अनुपम सौन्दर्यको रसपान गर्न संसारका मानिस त्यहाँ पुग्दछन् । सब भन्दामाथि चाँदीजस्तै टल्कने हिमशृंखला छन् । त्यसभन्दा तल राता, पहेँला पर्वत माला छन् । सवेग वायु बगिरहन्छ । हिमाली काँडे पोथ्राले ढुङ्यान र दाह्रेढुंगाले देखाउने उजाडपनलाई छोपेर केही हरियाली प्रदान गरेका छन् । मुस्ताङलाई गुफैगुफाको जिल्ला भनेर पनि चिनिन्छ । यहाँँ करिब १० हजार गुफा छन् । गुफा भौगोलिक खाल्टामात्र होइनन् । पहिले मानिस गुफैमा बस्थे । संसारको सर्वप्राचीन हिम क्षेत्रको मानव अवशेष यहीँका गुफामा फेला परेको हो ।

    गुफामै पाइन्छन् आदि मानवले बनाएका चित्रहरू । त्यसपछि गुफालाई बुद्ध भिक्षुले कठोर तपस्या गर्ने विकट र एकान्त स्थलको रूपमा चिनिन थालियो । यिनै कारणले गुफालाई हिमाली सभ्यता र संस्कृति हेर्ने पुस्तक भनिन्छ । अहिले विदेशी आएर मुस्ताङी गुफाको अध्ययन गरिरहेका छन् । ती गुफा नुन पग्लेर बनेका पनि हुन सक्छन् । जे होस् गुफाले मुस्ताङको प्राकृतिक रहस्यमयतातिर संकेत गरिरहे जस्तो पनि लाग्दछ । मुक्तिनाथ मन्दिर निकटको ज्वालामाई मन्दिर जहाँ पानीमाथि आगो बलिरहेको छ, त्यो पनि यहाँको उल्लेख्य प्राकृतिक विचित्रता हो ।

    यसरी मुस्ताङको प्राकृतिक सौन्दर्य र भौगोलिक बनोट विचित्रताको चित्रणका साथै त्यहाँका गुफाको ऐतिहासिक, भौगर्भिक, धार्मिक, सांस्कृतिक पक्षको उल्लेख पनि गरिएको देखिन्छ । यी उल्लेख्य पक्षबाहेक यस किताबमा देशका समसामयिक सामाजिक, राजनीतिक विकृतिप्रति व्यंग्य गर्नु,

  • Femmes Air Jordan 6
  • ग्रामीण स्वाभाविकता र स्वच्छतासँग सहरी कृत्रिमता र प्रदूषितताको तुलना गरी गाउँलाई मन पराउनु, पश्चिमी ज्ञान र संस्कृतिको प्रभावले पूर्वीय वा स्थानीय ज्ञान र संस्कृति पछि पर्दै गएकामा चिन्ता प्रकट गर्नुजस्ता सन्दर्भ पनि आएका छन् ।

    नियात्रात्मक शैलीशिल्पका दृष्टिले पनि यो किताब उल्लेख्य छ । किताब फगत यात्रा वृत्तान्तमात्र होइन, बरु हो नियात्रात्मक आत्मपरक निबन्धसंग्रह । यसमा यात्रारत स्थानको वस्तुपरक नभएर आत्मपरक चित्रण गरिएको छ । नियात्राकार दामोदरले मुस्ताङ जिल्लाका केही विशेष स्थान घुमेर जे देखे, जे अनुभव गरे त्यसैको अभिव्यञ्जना यसमा भएको देखिन्छ । मूलतः यो वर्णनात्मक शैलीमै लेखिएको छ, तर त्यो वर्णन चित्रात्मक, New Balance Pas Cher अनुभूतिमूलक, व्यञ्जनात्मक र कलात्मक भएको छ ।

    दामोदर यात्रारत स्थानको प्रकृति र संस्कृतिको चित्रण गर्दा त्यसलाई मन्मय, अनुभूतिमय, रसमय र रोचक पारेर गर्दछन् । उनी यात्रारत स्थानको प्रकृति र संस्कृतिसँग तादात्म्य कायम गरेर पाठकलाई सुनाउँछन् । त्यसैले उनको वर्णनबाट यात्रारत स्थानको माटो र मान्छेको हरहर वासना आउँछ । उनी स्थान नामको अर्थ खोज्छन् । शब्द चयनमा विशेष ध्यान दिन्छन् । सुललित गद्य र कविताको मिश्रण गरेर निजी शैलीको निर्माणमा प्रयत्नरत देखिन्छन् । आफ्ना भनाइलाई सुक्तिमय पार्न खोज्छन् । स्थानीय सम्पदाको इतिहास पत्ता लगाउँछन् । स्थानीय कला र संस्कृतिको खोजी गर्छन् । यात्रामा भेटिएका व्यक्तिविशेषसँग आत्मीय सम्बन्ध कायम गर्छन् । तिनका आनीबानी, रुचि, धारणा, मनोभावना पत्ता लगाउँछन् ।

    त्यसैले ती नियात्राकारका अनुभूति प्रकट गर्ने पात्र वा माध्यम बन्छन् र पाठकका मनमस्तिष्कमा सधैं बसिरहन्छन् । यात्रा गर्दा उनी सधैं भावुक, कल्पनाशील, तरल र द्रवीभूत भइरहेका देखिन्छन् । यिनै गुणले गर्दा उनका नियात्रा आलंकारिक, कलात्मक, सरस र सम्प्रेषणीय भएका छन् । पुडासैनी वर्णन गरिरहेको खास प्रसंग वा भाव बदलेर तुरुन्त अर्को प्रसंग वा भावमा फड्को मार्न सिपालु देखिन्छन् । उनको यस्तो सीपले पाठकको भावुकतालाई नियन्त्रण गरेर सम्बन्धित विषयमा सोच्न बाध्य पारिरहेको हुन्छ । त्यसरी नै उनी खास ठाउँको वर्णन गर्दा पूर्वभ्रमणको स्मृति गर्छन् र वर्तमान भ्रमणमा देखिएका खास स्थान र स्थानीय सुन्दरतासँग तुलना गर्दछन् ।

    आख्यान लेख्दा एउटा आख्यानकार जसरी पूर्वस्मृतिको प्रयोग गरेर समयक्रम भंग गर्छ र वर्णनको एकरसता तोड्छ, त्यसरी नै दामोदरले पनि पूर्वस्मृतिको प्रयोग गरी नियात्रालाई रोचक बनाएका छन् । दामोदरले यस नियात्रा संग्रहमा वास्तविक यात्राको मात्र नभएर स्वैरकाल्पनिक यात्राको पनि वर्णन गरेका छन् । ‘समयलाई उछिनिरहेका पाइलाहरू’ नियात्रा पूर्ण रूपमा स्वैरकाल्पनिक छ । यसमा ६० वर्षपछि अर्थात् सन् २०७४ मा लोमन्थाङ कस्तो होला भनेर कल्पना गरिएको यात्राको वर्णन छ । यो उनको नितान्त नवीन प्रयोग हो । यिनै कतिपय कारणले उनका नियात्रा विचारमूलक, आख्यानात्मक, मनोरञ्जनात्मक, साहसिक, सूचनामूलक, व्यंग्यात्मक र प्रयोगात्मक पनि भएका देखिन्छन् । यसरी मुस्ताङी,

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    *
    *

    Close