मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता   •   थवाङमा वर्चश्वको लडाइँ, कसले मार्ला बाजी ?   •   हिमालयन पावरमा ८ अर्बको आवेदन   •   लुक्लामा पर्यटक अलपत्र   •   पोखरामा गर्मी छल्दै भारतीय पर्यटक   •   मासिक १० लाख बढी कमाउने सञ्जु कोइरालालाई एनसेलले निकाल्यो

सौन्दर्यको खानी ‘रुवीभ्याली’को प्रवर्द्धनमा सङ्गीत

images_cms-image-000024495१ असार, धादिङ जिल्लाको हिमाली क्षेत्र गणेश हिमाल र रुवीभ्यालीलाई समेटेर तयार पारिएको गीति सङ्ग्रह ‘रुवीभ्याली’ बुधबार सार्वजनिक भएको छ। समुद्र सतहदेखि एक हजार ९०० मिटरदेखि सात हजार मिटर उचाइसम्म रहेको रुवीभ्याली सेर्तुङ, तिप्लिङ र लापा गाविस मिलेर बनेको छ। पर्यटकीय क्षेत्रका रुपमा रहेको रुवीभ्यालीमा रातो ढुङ्गा (रुवी), यार्सागुम्बा, फलामखानी रहेको छ भने प्याराग्लाइडिङको राम्रो सम्भावना रहेको छ।

नयाँ गन्तव्य नेपाल नामक संस्थाद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले सो एल्बमको विमोचन गर्दै सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्व बोकेको रुवीभ्यालीलाई राष्ट्रिय स्तरमा चिनाउनु जरुरी रहेको बताए।

गायक तथा सङ्गीतकार जयवीर तामाङको सङ्ग्रहबारे बोल्दै उनले भने, “रुवीभ्यालीलाई नेपालकै गौरव गर्नसक्ने भ्यालीका रुपमा विकास गर्नुपर्छ।” अध्यक्ष वाग्लेले मुलुकको पहिचान राजनीतिले भन्दा पनि भाषा, संस्कृति र संस्कारले हुने बताउँदै यसको विकासका लागि गीति एल्बमले महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे।

नेकपा (एमाले) धादिङका नेता रेशम तामाङले गीति एल्बमले रुवीभ्याली क्षेत्रको बारेमा यथार्थ चित्रण गरेको छ भने। नेकपा (माओवादी केन्द्र) धादिङका नेता रामसिंह तामाङले तामाङ समुदायको अत्याधिक बाहुल्यता रहेको रुवीभ्याली र तामाङ जातिको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन जरुरी रहेको मत राखे।

नयाँ गन्तव्य नेपालका अध्यक्ष ग्यालवाङ तामाङ, नेपाल तामाङ सङ्घ धादिङका अध्यक्ष फेलामा तामाङ, नेविसङ्घ धादिङका नेता डेभिड घलेलगायतले रुवीभ्यालीको विकासका लागि राजनीतिक दलभन्दा बाहिर रहेर काम गर्नुपर्नेमा जोड दिए।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close