प्रधानमन्त्री देउवा आज भारत जाँदै   •   चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न   •   ऋषि धमलाकी पत्नी फिल्म बनाउँदै, नायिका पनि आफैँ   •   १८ सांसदको पद धरापमा, आज पार्टीले निस्कासन गर्दै   •   हेलिकप्टरबाटै पोखरा घुम्न पाइने   •   महिनावारी हुँदा स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्छन्

पहिलो दलित सगरमाथा आरोहीलाई समाजद्धारा विशेष सम्मान (फोटो फिचर)

  • शिखरपोष्ट मिडिया
दायाँ विजय घिमिरे (विश्वकर्मा) बायाँ प्रकास चन्द्र सुन्दाश

दायाँ विजय घिमिरे (विश्वकर्मा) बायाँ प्रकास चन्द्र सुन्दाश

असार ३ गते, काठमाडौं । दलित समुदायको उत्थान र प्रवद्र्धनका लागि स्थापित संस्था सोलुखुम्बु विश्वकर्मा सेवा समाजले पहिलो दलित सगरमाथा आरोहीलाई विशेष सम्मान गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी सिंगो शिल्पी समुदाय (दलित समुदाय)सँगसँगै मुलुकको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै आरोहीद्धय विजय घिमिरे विश्वकर्मा र प्रकाश सुन्दाशलाई सो सम्मान प्रदान गरेको हो ।
शनिबार समाजद्धारा राजधानीको बौद्ध गार्डेन पार्टी प्यालेसमा आयोजित एक विशेष समारोहबीच सांसद रामेश्वर फुयाल र समाजका केन्द्रीय अध्यक्ष रुद्रबहादुर घतानीले आरोहीद्धय विजय र प्रकाशलाई ताम्रापत्रसहितको सम्मान प्रदान गर्नुभयो ।
सोलुखुम्बु दुधकुण्ड नगरपालिका वडा नं. ७ का विजयले सन् २०१७ को मे २२ तारिख अर्थात जेठ ८ गतेको दिन विहान ५ बजेर ५ मिनेटमा र पासाङल्हमु गाउँपालिका वडा नं. २ लुक्लाका प्रकाशले सोही दिनको विहान ९ बजेर २९ मिनेटमा सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।
दुई फरक टोलीमा रहेर सर्वोच्च शिखरमा पाइला राखेका विजय र प्रकाशले वषौंदेखिको सपना पूरा भएको बताएका छन्  । जबकी यसअघि सगरमाथाको शिखरतर्फ कुनै पनि दलितको पाइला लम्किएको समेत थिएन ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सांसद फुयालले  आरोहणको माध्यामबाट विजय र प्रकाशले सिंगो मुलुकको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै बधाई ज्ञापन गर्नुभयो ।
समाजका अध्यक्ष घतानीले आरोहीद्धय विजय र प्रकाशले इतिहास जितेको भन्दै यसले सिंगो समुदाय र देशको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यो इतिहासलाई जीवित राख्दै नयाँ आयम थप्न यूवा पीडिहरु जागरुक भएर लाग्नुपर्नेमा उहाँको जोड रहेको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको व्यापक उपस्थिति रहेको थियो ।

शिखर यसरी चुमेका थिए विजय र प्रकाशलेः

DSC_0188तल्लो सोलुमा जन्मे–हुर्केका विजय पर्यटकहरूको लश्करबाट मोहित भएर १६ वर्षकै उमेरमा लुक्ला उक्लिएका थिए । आमा मन माया विश्वकर्मा र बुवा पूर्ण बहादुर विश्वकर्माको आठ सन्तानमध्ये माइला २७ वर्षे विजयले आफ्नो पीतापुर्खा कसैले नगरेको पर्यटन क्षेत्रको काम गर्न पुगे ।
चार वर्ष खुम्बु क्षेत्रमा काम गरिसकेपछि विजयले भवन निर्माणसम्बन्धी काम सिके । काठमाडौं आएर गोपीकृष्ण सिनेमाको छेउमा फर्निचर पसलमासमेत काम गरे । भरियाको रुपमा सगरमाथा आधारशिविर पुगेका विजयले सबै जना सगरमाथा चढ्दै र ओर्लदै गरेको देखेपछि आफू पनि शिखरमा पुगौं पुगौं लाग्न थालेछ  । ‘हाम्रा समुदायका मान्छे न तल शानले बाँच्न पाएका छन् न माथि,’ उनले भने, ‘लौ त भने यो हिमाल चढेर भए पनि म देखाइदिन्छु भन्ने आँट पलाउन थाल्यो ।’
उनले यो कुरो टिमका साथीहरूलाई सुनाए । तर, सबैले सगरमाथा आरोहणका लागि आफैंले खर्च नलगाउने हो भने सम्भावना कमै रहेको सुनाए । त्यसपछि विजय खुम्बु छाडेर तल ओर्लिए । चिनेजानेका नेतादेखि लिएर सामाजिक अगुवासम्म सबैलाई भेटेर आफ्नो निम्ति सहयोग जुटाइदिन अनुरोध गरे ।
२०७१ पुस ११ गते सल्लेरीमा उनको आरोहण निम्ति आयोजना गरिएको कार्यक्रमलाई सोलुखुम्बुकै सिडिओले उद्घाटन गरिदिए । कार्यक्रम भव्य भयो, तर पैसा चाहिँ उठेन ।
DSC_0229तर विजयले हरेश खाएनन् । काठमाडौं आए र दलित आयोगदेखि लिएर थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाको ढोका चहारे । तर, सहयोग कतैबाट मिलेन । हिमाल चढ्न सक्दै नसक्नेहरूलाई समेटेर २ करोड सहयोगको घोषणा गर्ने सरकारले पनि उनलाई सहयोग गर्न नसक्ने जवाफ दियो ।

त्यसपछि विजयले नेपाली कांग्रेसका स्थानीय नेता राजन विश्वकर्मालाई समाते । राजनले विजयलाई लिएर मुलुकका विभिन्न भाग लगे । यसरी पनि पार लाग्ने रहेनछ भन्दै विजय त्यसपछि फेरि सोलुखुम्बु नै पुगे । उनले यतिञ्जेल व्यक्तिगत हिसाबले सरकारी अनुमतिपत्र निकालेर चढ्ने प्रयास कामलाग्दो रहेनछ भन्ने बुझिसकेका थिए । त्यसैले फेरि कम्पनीलाई फोन गरे।
उनलाई भरियाका रूपमा आरोहणको अवसरसहित बोलाइयो । उनी कुदाकुद पुगे । उनको टोली आधारशिविर पनि गयो । तर, त्यहाँभन्दा उकालो लाग्ने प्रयास गरिरहेकै बेला अचानक २०७२ वैशाख १२ गतेको महाभूकम्प आइदियो । उनी फेरि भागाभाग आधारशिविरबाटै फर्किए ।

त्यसको केही समयपछि अघिल्लो कम्पनीमा सँगै काम गरेका पुराना साथीहरू मिलेर ‘ट्रेक नेपाल’ खोलेका रहेछन् । उनीहरूले कुनै मुस्लिम मुलुककी एक महिला आरोहीलाई क्याम्प थ्रीसम्म लैजाने काम पाएका रहेछन् । तुरुन्तै बोलाए । विजय कुदाकुद पुगे ।

त्यतिञ्जेल विजयलाई चिनेजानेका अन्य ‘दाइहरू’ले कसैले जुत्ता त कसैले ज्याकेट दिएर सहयोग गरिसकेका थिए । केही उपकरण उनले भाडामा पनि लिए । यसरी सबैतिरबाट भरथेग पाएका विजयको पनि अठोट बढ्यो । उनले ती महिला आरोहीलाई सफलताका साथ क्याम्प थ्रीसम्म लगेर फर्काइदिए ।
त्यसलगत्तै अल्बानियाको एक आरोहीलाई सगरमाथा शिखरै लैजाने टोलीमा विजय सरिक भए । छ सदस्यीय टोलीमा पाँच जना सहयोगी नेपाली नै थिए । उनीहरू पाँच दिनअगावै अर्थात् १७ तारिखकै दिन शिखरमा पुग्ने हिसाबले हिँडेका थिए । तर, मौसमले साथ दिएन । तीव्र हावाहुरीले डोरी समातेकै मानिस पनि उडाएर पर लगिरहेको थियो ।
उनीहरू फर्केर क्याम्प टुमा आए । क्याम्प टुमा पनि रासन सकिएपछि आरोहीलाई माथि नै राखेर विजय आधारशिविर झरे । यसरी अन्तिममा २२ तारिख बिहान १ बजे साउथकोलबाट उक्लेपछि बिहान पाँच बजेर पाँच मिनेटमा उनीहरूको टोलीले शिखर चुमेको थियो ।
यता प्रकाशको पनि आरोहण गाथा निक्कै लामो छ । आमा जीवन कला सुन्दाश र बुवा राम चन्द्र सुन्दाशको कोखबाट जन्मिएका विगत लामो समयदेखि पर्यटन क्षेत्रसँग प्रत्यक्ष उठबस गर्दै आएको थिए । उनी कार्यरत ‘माउन्टेन मोनार्क’ कम्पनीकै तर्फबाट यसरी चढ्न सुरु गरेका प्रकाशले खुम्बु वरपरका छ हजार मिटरभन्दा अग्ला सबैजसो चर्चित शिखर प्रत्येकको २० पटकभन्दा बढी आरोहण गरिसकेका छन् । खुम्बु मात्र होइन, अन्नपूर्ण, लाङटाङ र रोल्वालिङ क्षेत्रका पनि थुप्रै साना शिखर उनले आरोहण गरिसकेका छन् ।
केही वर्षअघि सरकारले सगरमाथामा दलितलाई पु¥याउने भनेर दुई करोड बजेटसहित एउटा टिम बनाएको थियो, त्यसमा सरिक हुन प्रकाशले कोशिस गरेका थिए । विभिन्न उत्तारचढावका बाबजुद प्रकाशलाई टिममा समावेश गरियो । उनको टिमले छ जना अमेरिकी र स्विडेनका आरोही लिएर गएकामा दुई जनाले नसकेर बीचबाटै फर्किए । टिमका चार जना विदेशी र पाँच जना नेपालीले भने पहिलो प्रयासमै सफलता हात पारेर मे २२ तारिखको दिन बिहान साढे नौ बजे शिखरमा पाइला टेकेको थियो ।
तस्बिरहरु : मकन राई

DSC_0083

DSC_0192DSC_0144
DSC_0058DSC_0075DSC_0170

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close