प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

कृषि पर्यटनका लागि रोपाइँ महोत्सव

images_cms-image-000024789पोखरा, असार ५-कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषदले असारे रोपाइँ महोत्सव गर्ने भएको छ। परिषदले १३ वर्षदेखि यो महोत्सव गर्दै आएको छ,  जुन यो वर्ष पोखराको बाटुलेचौरमा हुँदैछ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ असार १५ गते स्थानीय गोविन्दबहादुर खड्काको ठूलीबेँसी फाँटस्थित आठ रोपनी क्षेत्रफलको खेतमा महोत्सव गर्न लागिएको हो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माका अनुसार कृषि प्रधान देश नेपालमा बढ्दो कृषि पर्यटनको विकास र कृषि संस्कृतिको जगेर्नाका लागि रोपाइँ महोत्सवलाई निरन्तरता दिइँदै आइएको हो।

‘सहरीकरणको बढ्दो क्रमसँगै कृषिप्रतिको अनिच्छालाई न्यूनीकरण गर्दै कृषि संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि महोत्सवको आयोजना गरिएको हो,’ उनले भने,  ‘जिजुबाजेका पालादेखि नै प्रत्येक वर्षको असार १५ गते खले गरा (सबैभन्दा फराकिलो दाइँ गर्न सकिने खेत) मा रोपाइँ गर्ने हाम्रो प्राचीन संस्कृति पनि हो।’

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले मानो रोपेर मुरी उब्जाउने समयका रुपमा असारे रोपाइँलाई लिने गरिएको बताए। पछिल्लो पुस्तामा कृषिप्रतिको आकर्षण बढाउने उद्देश्यले पनि पोखरामा रोपाइँ महोत्सव सञ्चालन गर्दै आएको उनले जानकारी दिए।

महोत्सवमा स्वदेशी एवम् विदेशी गरी लगभग ३० हजार पर्यटक (विदेशी ५०० जनासहित) सहभागी हुने अनुमान गरिएको आयोजकको अनुमान छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close