यसरी हुँदैछ हिमालयन ह्वाइटवाटर च्यालेन्ज   •   तिङ्लाको ‘नो भोट’मा फुट ल्याउने उम्मेदवारको प्रयास असफल   •   संचारकर्मी तथा यूवा गायक सचिन राईको नयाँ गीत रेकर्ड   •   राई पत्रकार संघद्धारा गोपाल छाङ्छा राईलाई ५४ हजार सहयोग   •   आङगेलु शेर्पालाई जिताउन नागरिक समाज सोलुको सार्वजनिक अपिल   •   टानका नवनिर्वाचित नेतृत्वद्वारा पदभार ग्रहण

सामाजिक भावना र सामुहिक लगानीमा स्थापित ‘जिएल ट्राभल्स’

निला राई  म्यानेजर, जीएल ट्राभल्स एण्ड टूर्स

निला राई
म्यानेजर, जीएल ट्राभल्स एण्ड टूर्स

आर्थिक विकास नहुँदो हो त सामाजिक विकास हुन सक्दैन । तथापी, सामाजिक र आर्थिक विकास सँगसँगै सम्भव छ त ? धेरैका लागि अनुत्तरित लाग्ने यही प्रश्नलाई उत्तरित गर्ने एउटा सामुहिक अभियान हो जिएल ट्राभल्स एण्ड टूर्स प्रा.लि. । सामुहिक लगानी र भावनामा स्थापित कम्पनीले आफ्नो आम्दानीमात्रै नभएर सामाजिक परिवर्तनको तीब्र अभिलाशा बोक्दै आएको छ र त्यही मुताविक विभिन्न खालका प्याकेज, आन्तरिक तथा वाह्य पर्यटकमैत्री सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ । यो एउटा यस्तो अभियान बनेको, जसले नेपालीहरु पनि घुम्नुपर्ने रहेछ भन्ने संस्कारको सुरुवातमात्र गरेन सिंगो पर्यटन प्रवद्र्धन र विकासमा सामाजिक जागरण ल्याइदिएको छ । त्यही कम्पनीकी म्यानेजर निला राईसँग कम्पनी र समग्र पर्यटन क्षेत्रको समसामयिक विषयमा शिखरपोष्टले गरेको कुराकानीको सम्पादित अंशः

जीएल ट्राभल्स एण्ड टूर्स के हो र किन ?
जीएल ट्राभल्स एण्ड टूर्स प्रा.लि. सामुहिक प्रयासको एउटा उपज हो । २०६६ साल कात्तिक ८ गते विधिवत रुपमा स्थापना भएको यस कम्पनीमा सामुहिक लगानी र भावना जोडिएको छ । यो एउटा टिमवर्क अथवा सामुहिक सहकार्यताको एउटा नमुना पनि हो । त्यसैले यसको लगानी आम्दानीको लागिमात्रै नभएर कुनै न कुनै रुपबाट सामाजिक उत्तरदायित्व बहन गर्नेगरी भएको छ भन्दा अतियुक्ति नहोला । राज्यस्तरबाटै आन्तरिक र वाह्य पर्यटनको अवधारणाअनुसार काम भइरहेको छ । त्यसलाई सार्थकता तुल्याउने एउटा माध्यमको रुपमा पनि यस कम्पनीलाई लिन सकिन्छ । समग्रमा भन्नुपर्दा हाम्रो यो प्रयास गाउँ, शहर र अन्तर्राष्ट्रिय बजारलाई जोड्दै मुलुकको पर्यटन विकास गर्ने एउटा नयाँ अभियान पनि हो ।

जीएलले दिने खास सेवाहरु के के हुन् ?
मुख्यतः कम्पनीले दिने सेवाहरुमा हवाई टिकेटिङ (डोमेस्टिक/इन्टरनेश्नल), गाडि टिकेटिङ र हेलिकोप्टर चार्टर, रेमिट्यान्स सेवा पर्दछन् । त्यस्तै प्याराग्लाइडिङ, राफ्टिङ, माउन्टेन फ्लाइट, बञ्जिजम्प, अल्टालाइट, चितवन जंगलमा हात्ति सफारीलगायत छन् । त्यसमा पनि हामीले टूर प्याकेजलाई विशेष प्राथमिकता दिइरहेका छौं ।

टिकेटिङमा विशेषगरी तपाईहरुले कस्तो खालका टिकेटिङ गर्नुहुन्छ ?
हामीले डोमेस्टिक र इन्टरनेश्नल दुवै खालका हवाई टिकेटिङ गर्छौं । हवाई टिकेटिङमा डोमेस्टिकको कुरा गर्ने हो भने दुर्गम क्षेत्रका जस्तो पोखरा, भरतपुर, लुक्ला, विराटनगरलगायत बाहेकका पूर्वका दुर्गम क्षेत्रहरु खोटाङ, भोजपुर तथा पश्चिमका विभिन्न ठाउँको लागि टिकेटिङ सेवा उपलब्ध गराउने गर्दछौं ।  । असहज परिस्थितिमा पनि हेलिकोप्टर चार्टर सेवामार्फत थुप्रै विरामीहरुको उद्धार गरेर स्यावासी पाएका छौं भने विभिन्न ठाउँ जाने गाडिको टिकेटिङ पनि सहज र सुलभ मुल्यमा उपलब्ध गराउँदै आएका छौं ।

रेमिट्यान्समा के कस्ता सेवाहरु छन् ?  
हामीले दिने सेवाहरुमध्ये रेमिट्यान्स् पनि एक हो । विदेशबाट नेपाल र नेपालबाट विभिन्न ठाउँमा पैसा पठाउने तथा निकाल्नको लागि सहज सेवा दिइरहेका छौं । त्यसको लागि अहिले प्रभु, हिमाल, नविल, वेस्टन, मनिग्राम, मेघा, सिजीलगायतबाट पैसा पठाउन र झिक्न मिल्छ । आपत्विपत्मा विभिन्न हिसाबले हामीले सहयोग र सेवा दिइरहेका छौं ।

टूर प्याकेज चाही कस्तो कस्तो खालको हुन्छ ?
जोकसैलाई पनि घुम्न मन हुन्छ । रमाइलो गर्न मन हुन्छ । तर त्यसखालको वातावरण छैन र त्यससम्बन्धि ज्ञान पनि सबैमा नहुन सक्छ । यो विशेषगरी हामी गाउँबाट शहर आएर विभिन्न पेशा व्यवसाय अंगालिराखेका हामी जस्ता मध्यमवर्गका मानिसमा खड्किएको विषय हो ।  त्यसलाई ध्यानमा राखेर जिएलले कम समय र सुलभ शुल्कमा विभिन्न खालका टूर प्याकेजहरु बनाएर कार्यक्रम गर्ने गरेका छांै । धार्मिक टूरअन्तर्गत मनकामना, कालिञ्चोक, हलेसी दर्शनलगायतका प्याकेजहरु छन् । त्यस्तै वान डे अथवा टु डे वाइन नाइटको फुलचोकी, चन्द्रागिरी, चम्पादेवी, नागार्जुन, शिवपुरी, सुर्यडाँडाँलगायतका ठाउँमा छोटो छोटो हाइकिङ कार्यक्रमहरु गरिरहेका छौं । जसले अनुभव र लाइसेन्सप्राप्त पथप्रदर्शकहरुबाट ज्ञान गुणका कुरा सिक्ने, नयाँ ठाउँको अनुभव लिने, मनोरञ्जन प्राप्त हुने, आपसी भेटघाट, परिचय तथा भाइचाराको सम्बनध विकास हुनुका साथै केही भएपनि टेन्सनबाट मुक्त र रिफ्रेस हुने माहोल सिर्जना गर्दछ । त्यस्ता खालको कार्यक्रमहरु हामीले यसअघि धेरैपटक गरिसकेका छौं । यस्तो खालको कार्यक्रमहरु हामीले कम्पनीलाई आम्दानी वा आयआर्जनको लागि नभई हामीभित्र पनि घुम्नुपर्ने रहेछ भन्ने संस्कृतिको विकास गर्ने अभियानको रुपमा अगाडि बढाएका हौं । त्यस्तै भोटेकोशी र त्रिशुलीको राफ्टिङ प्याकेजहरु पनि छन् । यो लगायत ग्राहक वर्गको  माग र आवश्यकताअनुसार विभिन्न नयाँ नयाँ कार्यक्रमहरु कम्पनीले सञ्चालन गर्दै आइरहेको छ ।

सयौं कम्पनीहरुको भीडमा जिएलको पृथकता चाही के ?  
अवश्य पनि थुप्रै ट्राभल कम्पनीहरु छन् । विशेषगरी ट्राभल/ट्रेकिङ जस्ता पर्यटन सेवाप्रदायक कम्पनी भन्नेवित्तिकै ठमेल नै सम्झिहाल्ने चलन छ । तर, त्यही मानसिकताबीच हामीले चावहिलबाट आफ्नो सेवा दिइरहेका छौं । यो कसरी पृथक छ भने हामीले लोकल मार्केटलाई फोसक गरेर चावहिलबाट सेवा सुरु गरेका हौं । जसले हाम्रै वरीपरीका मानिस र गाउँबाट आएका पहुँचबाहिरको वर्गलाई समेट्दै पारिवारिक रुपमा सेवा प्रदान गर्ने प्रयास गरेका हौं । अझ भनौं आन्तरिक पर्यटकलाई लक्षित गरेर यो खालको वातावरण दिन खोजेका हौं । यसबाट हामीले सामुहिक एकताबाट पर्यटन प्रवद्र्धन र विकास थप प्रभावकारी हुँदोरहेछ भन्ने कुरा प्रमाणित गरेका छौं । यसकै माध्यामबाट हामीले यूवा वर्गलाई मोटिभेट गर्नुका साथै शैक्षिक, सामाजिक, ज्ञानमूलक तथा मनोरञ्जनात्मकता प्रदान गरिरहेका छौं । तसर्थ, दुई पैसा आम्दानीको लागि मात्रै नभएर सामाजिक विकास र उत्तरदायित्व बहनको लागि कम्पनी स्थापना भएकोले यो अरु भन्दा विल्कुल पृथक छ ।

नयाँ कार्यक्रम बारेमा केही सोच्नुभएको छ ?  
आगामी दिनमा कम्पनीले दिने सेवाहरुलाई थप्र प्रभावकारी र ग्राहकमैत्री बनाउने कोसिस गर्दैछौं । टिकेटिङ, रेमिटेन्स जस्तो दैनिक सेवाबाहेक बेला बेलामा नयाँ नयाँ कार्यक्रम बनाउँदै लैजाने र त्यसमा पनि नयाँ खालका टूर प्याकेजहरु बनाउने र नेपालीहरुलाई पनि ट्रेकिङ गराउने खालका कार्यक्रम बनाउने सोचमा छौं । प्याकेजहरु बनाउँदाखेरी जतिसक्दो नयाँ गन्तव्यलाई प्राथमिकता दिनेमा हाम्रो जोड रहन्छ । जसले नयाँ गन्तव्यको पहिचान गरी आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन सकोस् ।

तपाईहरुले टूर प्याकेजहरु बनाउँदा चाहि कुन वर्गलाई ध्यानमा राख्नुहुन्छ ?
स्वदेशी तथा विदेशी पर्यटकलाई नै ध्यान दिएर हामीले टुर प्याकेजहरु बनाउने गरेका छौं । र अहिलेसम्म गरेका कार्यक्रमहरु पारिवारिक, बुढाबुढीहरुको लागि, गृहिणीहरुको लागि, यूवाहरुका लागि, व्यवसायिक पृष्ठभूमिकाहरुको लागि भनेर छुट्टाछुट्टै खालका प्याकेजहरु बनाएर कार्यक्रम सञ्चालन गर्यौं । अबका दिनहरुमा पनि आवश्यकताअनुसार नयाँ नयाँ कार्यक्रमहरु गर्नेछौं ।

कम्पनीको व्यवस्थापन, मार्केटिङ र प्रवद्र्धनात्मक काम गर्दा भोग्नुपर्ने समस्या र चुनौति भन्दिनुस् ?
पर्यटन क्षेत्र एकदम छिटो सेवा प्रवाह गर्ने क्षेत्र हो । तर हाम्रो राज्यसंयन्त्र र यसभित्रका विभिन्न खाले प्रबृत्तिहरु कुनै न कुनै रुपमा हामीजस्तो व्यवसायीहरुका लागि बाधक बनेर आइरहेको हुन्छ । एक दिनमा हुने सामान्य काम पनि हप्तौसम्म लाग्छ । जस्तो कम्पनी दर्ता, नवीकरण, राष्ट बैंकसँग सम्बन्धित काम, पर्यटन विभागमा गरिने कामहरु, कुनै अनुमति लिनुपर्ने बेला थुप्रै समस्या र चुनौतिहरु भोग्नुपर्दछ । एयरपोर्टमा त्यस्तै समस्या छ । जस्तो पास भएर पनि शक्ति र पहुँच अनि लेनदेनको आधारमा काम हुने प्रबृत्ति छ । सिधै भन्दाखेरी पर्यटन क्षेत्रमा सानालाई ऐन ठूलोलाई चयन भन्ने प्रबृत्ति बढि देखिन्छ । त्यसैले हामीजस्ता लगानीकर्ताहरुले जहिलेपनि ठूलो जोखिम मोल्नुपरिरहेको छ ।

राज्य र सम्बन्धित निकायले के गर्दिए हुन्थ्यो जस्तो लाग्छ ?  
पहिलो कुरा त हामी स्वयं व्यवसायीहरु पनि जिम्मेवार हुनुपर्छ । त्यसपछि व्यवसायीहरुको हकहितका लागि भनेर खुलेका विभिन्न संघसंस्थाहरु छन्, तिनीहरुले गर्नुपर्ने दायित्व वहन गर्न सकिरहेका छैनन् । अनि राज्यले पर्यटन व्यवसायमैत्री वा समयसापेक्षित ऐन नियम बनाएर प्रभावकारी कार्यान्वयन र अनुगमन तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्ने कामलाई ध्यान दिनुपर्छ । सरकारले सबै कामहरु एकद्धार प्रणालीमा ल्याउन सके पर्यटन प्रवद्र्धन र विकासमा सहज हुन्थ्यो ।

  • जीएल ट्राभल्सले आयोजना गर्ने कार्यक्रमका झलक: 20246008_10155175266616281_7713390912897066334_n12661928_10153693290026281_1167574031212423131_n

15590588_10154539904791281_4456279306280044294_n18198618_10154929747951281_2957951841485322356_n

Subscribe to Comments RSS Feed in this post

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close