परेवा उडाएर मनाइयो संविधान दिवस   •   नेपाल टेलिकमको ‘वाउ टाइम’ मोबाइल एप्स सुरु   •   पर्यटन ब्यबसायीहरुले एउटै मञ्चबाट भने 'खुम्बुमा शुल्क असुल्ने निर्णय मान्दैनौ'   •   दसैंका लागि हवाइजहाजका सबै टिकट सकिए, अतिरिक्त उडानको तयारी गर्दै कम्पनी   •   राष्ट्रिय वाणिज्य बैंकको आईपीओ ल्याउने योजना अलपत्र   •   प्रधानमन्त्री देउवा आज न्यूयोर्कतिर

थाइल्यान्डमा दुई कांस्य जितेर जुडो टोली फर्कियो

1-1काठमाडौँ: थाइल्यान्डको बैंककमा भएको थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी भइ ५ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोली सोमबार स्वदेश फर्किएको छ ।

जुलाई २९ र ३० तारिखमा भएको प्रतियोगितामा दुई पुरुष खेलाडीले कांस्य जिते । ६० केजीमुनि उमेश मगर र ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले कांस्य जितेका हुन् । महिला ६३ केजीमुनि ओलम्पियन फुपुल्हामु खत्री, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७० केजीमुनि सुनीता मगर ताम्राकारले नेपालको चुनौती प्रस्तुत गरेका थिए । उनीहरु पदकविहीन बने ।

टिम व्यवस्थापकमा धर्मरत्न पछाईं तथा प्रशिक्षकमा सूर्यनारायण श्रेष्ठले जिम्मेवारी सम्हालेका थिए । टोलीलाई नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठलगायतका पदाधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close