परेवा उडाएर मनाइयो संविधान दिवस   •   नेपाल टेलिकमको ‘वाउ टाइम’ मोबाइल एप्स सुरु   •   पर्यटन ब्यबसायीहरुले एउटै मञ्चबाट भने 'खुम्बुमा शुल्क असुल्ने निर्णय मान्दैनौ'   •   दसैंका लागि हवाइजहाजका सबै टिकट सकिए, अतिरिक्त उडानको तयारी गर्दै कम्पनी   •   राष्ट्रिय वाणिज्य बैंकको आईपीओ ल्याउने योजना अलपत्र   •   प्रधानमन्त्री देउवा आज न्यूयोर्कतिर

एनएमएका लागि सन्तबीर लामाको विकल्प छैनः राजेन्द्र सापकोटा

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटासँग शिखरपोष्टले गरेको कुराकानीमा आधारित सामाग्रीः

राजेन्द्र सापकोटा

राजेन्द्र सापकोटा

नेपाल पर्वतारोहण संघ (एनएम)को निर्वाचनका लागि हामीले सन्तबीर लामाको नेतृत्वमा एउटा स्वतन्त्र र अनुभवी व्यवसायीहरुको प्यानल घोषणा गरेका छौं । सन्तबीर लामाले स्वतन्त्र रुपमा आफ्नो व्यवसाय गरेका छन् । लामो समय एनएमएको विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । त्यसकारण उहाँको नेतृत्वमा हामीले एउटा स्वतन्त्र र अनुभवी टिम बनाएर निर्वाचनमा होमिने निर्णय गरेका हौं । हरेक मानिसको आ–आफ्नै राजनीतिक आस्था र विचार हुन्छ । कुनै व्यवसायीले कुनै राजनीतिक पार्टीप्रति आस्था राख्छ भन्दैमा उसले कुनै पनि संस्थाको नेतृत्वमा जानु राजनीतिकरण हुदैन ।

अहिले यहाँ के प्रचार गरिदै छ भने जिम्बा जाङबु शेर्पा स्वतन्त्र उम्मेदवार तर सन्तबीर लामा राजनीतिक पार्टीको उम्मेदवार रे । यो मिथ्या आरोप हो, एजेन्डा बिहिनहरुको आरोप हो । जबकी जिम्बा जाङबु शेर्पालाई निट नेपाल र नयाँ शक्ति नेपालले काँधमा हालेर हिडेको छ । ऊनी चाही स्वतन्त्र उम्मेदवार हुने अनि सन्तबीर लामा कुन कारण स्वतन्त्र उम्मेदवार नहुने ? यहाँ प्रष्ट हुनुपर्ने कुरा के हो भने जिम्बाले सन्तबीरले भन्दा १० गुणाबढी राजनीतिक अगुवाई गरेका छन् । उनले हिजो अध्यक्ष हुँदा सबैभन्दा बढी बिबादित र अलोकतान्त्रिक निर्णय गरेका छन् । यो घाम जस्तै झर्लङ छ । जसले हामीलाई राजनीतिक रंग दलिदिएर भ्रमको खेती गर्न खोजेका छन् । उनीहरुसँग हाम्रो विरुद्ध प्रचार गर्ने अरु एजेन्डा छैन । किनकी उनीहरु एजेन्डा बिहिनहरुलाई नै एनएमएको नेतृत्व तहमा पु¥याउनु पर्छ भनेर हिडेका छन् । यसबाट हामीले व्यवसायी, आरोही र सबैलाई समेटेर स्वतन्त्र टिम बनाएका छौं भन्ने कुराको पुष्टि हुन्छ ।

एनएमए कसैको ससुरालीबाट ल्याएको दाइजो होइन । त्यसैले कसैलाई आलोपालो भागबन्डा गरेर बाँढिचुडी खाइरहने अधिकार छैन । यस पटकदेखि हामी एनएमएमा बाढिचुडी खाने कुप्रथाको अन्त्यका लागि अघि बढिरहेका हौं । हामीले सार्वजनिक प्रतिबद्धता जनाइसकेका छौं कि सन्तबीर लामा अहिले एनएमएको अध्यक्ष भइसकेपछि पुन दोहो¥याएर अध्यक्ष बन्नु हुन्न ।

यसपटक हामीले इतिहासमा पहिलो पटक समावेशी टिम निर्माण गरेका छौ । शेर्पाहरुको कल्याणकारी कोष स्थापना गर्ने, एनएमएलाई अन्तर्राष्ट्रिय अल्पाइन क्लबको रुपमा विकास गर्ने, अन्तर्राष्ट्रिय स्पोर्टस क्लवहरुसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय अल्पाइनिष्ट सम्मेलन नेपालमा आयोजना गर्ने, एनएमएभित्र भएका अनियमितता र अपारदर्शी खेलको अन्त्य गर्ने हाम्रो मुख्य एजेन्डा हो । साथै विदेशमा गएर अनावश्यक करोडौ रुपैयाँ खर्च गर्ने संस्कारको अन्त्य र सगरमाथाको नाम्चेलगायतका स्थानमा मौसम पूर्वानुमान प्रणाली जडान गर्ने हाम्रो एजेन्डा रहेको छ ।

यसका अलवा हामी यस क्षेत्रका व्यवसायी र सरोकारवाला निकायहरुसँग सहकार्य गर्दै नेपालको पर्वतीय पर्यटनको विकासमा लामा नेतृत्वको टिम लाग्नेछ ।
यो निर्वाचनलाई पिक खोस्ने र बचाउने बीचको लडाई हो भनेर जुन प्रचार गरिएको छ, यो सरासर झुटको खेती हो । यो एजेन्डा बिहिनहरुले लामाको प्यानलले नजित्ने भएपछि गरिएको अनावश्यक हर्कत मात्र हो । सरकारले आरोहीहरुको तालिम, कल्याणकारी कोष निर्माण र अल्पाइनिष्टहरुसँग सहकार्य गरेर काम गर्नका लागि एनएमएलाई पिक संचालनको अनुमति दिएको हो । यो खोस्ने भन्ने कुरा किमार्थ हुन सक्दैन । विगतमा एमालेकै पर्यटन मन्त्री हुदाँ पिक खोस्ने प्रयास भयो भन्ने कुरा छ त्यो सरागत गलत हो । एमालेको पर्यटन मन्त्री भएपनि प्रधानमन्त्री कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला हुनुहुन्थ्यो, अर्थमन्त्री पनि कांग्रेस कै रामशरण महत हुनुहुथ्यो । प्रधानमन्त्रीले चाहेको खण्डमा मन्त्रीलाई बर्खास्त गर्न सक्छ । प्रधामन्त्री मन्त्रीपरिषद्को अध्यक्ष हुन । पुरुषोत्तम पौडेल र राधा ज्ञवालीलाई कोइरालाले नै मन्त्रीबाट बरखास्त गरिदिएका हुन् । अनि राम्रो गरे हामीले गरेको भन्ने नराम्रो गरे अरुलाई औला देखाउने ? गलतलाई गलत र सहीलाई सही भन्न नसक्नेले के व्यवसायीको हकहितको कुरा गर्ने ?

जुनबेला सरकारले एनएमएले काम गर्न नसकेको भन्दै पीक सरकारमातहत लैजाने निर्णय गर्दै गर्दा अध्यक्ष आङछिरिङ शेर्पा विदेश भ्रमणमा हुनुहुन्थ्यो । त्यस्तो अवस्थामा अहिलेको हाम्रो उम्मेद्धार सन्तबीर लामाको नेतृत्वमा दिवश विक्रम शाह, ठाकुर राज पाण्डे, टिकाराम गुरुङलगायतले अदालत गएर ठूलो युद्धा लडेर पीक पुन एनएमएमा फर्काएको कुरा छिपेको छैन । तर यत्ति चाडै त्यो कुरालाई तोडमोड गरेर पीक खोस्नेहरुको प्यानल भनेर कु प्रचार गर्ने, यो जति निकृष्ठ र घृणित कार्य के हुन सक्छ ? त्यसैले यस्तो विनातुकका कुराको पछाडि लागेर पुन एनएमएलाई आलोपालोमा खाइरहने जुन हर्कत भइरहेको त्यसविरुद्ध सबै व्यवसाय, आरोही सम्बन्धित सरोकारवाला निकाय लागौं ।

हामीले अहिले पनि भनेका छौ । पिक खोस्ने काम कदापी सम्भव छैन । हामी त अहिलेको १८ वटा मात्र होइन । थप भर्जिन पिकहरु संचालनको जिम्मा एनएमएलाई दिनुपर्छ र तिनीहरुको आवश्यक प्रचार–प्रचार गर्नुपर्छ भन्ने पक्षमा छौ । त्यो अभियान पनि हामी छिटै थाल्छौ ।

हरेक आफ्ना कुरा राख्ने स्वतन्त्रता छ । तर बुझ्नेले बुझिदिनुप¥यो । कसले सही गरेको छ र कसले गलत गरेको छ । एनएमएमा सहमतीय नेतृत्व चयनका लागि हामीले अन्तिम समय सम्म प्रयास गरेकै हो । र विगतको सहमतिहरुलाई कार्यान्वयन गर्दै अघि जाउ भनेको हो । सोही अनुसार हामीलाई हुन्छ भन्ने आश्वासन पनि दिइएको हो । तर हामीसँग लाजले वार्ता गर्न नसकेर केही साथीहरु आफ्नो सुरले हिड्नुभयो । त्यसपछि हामी सन्तबीर लामाको नेतृत्वमा टिम बनाएर निर्वाचनमा उत्रिन बाध्य भयौं । म फेरी भन्छु शन्त्तबीर लामाको टिम स्वतन्त्र र समावेशी टिम हो । यसलाई जिताउनु भनेको एनएमएलाई एक शसक्त संस्थाको विकास गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close