इराकबाट ह्वील चियरमा ल्याइएकी शान्ता बान्तावालाई अनिस प्रतिष्ठानद्धारा आर्थिक सहयोग   •   छमछमी सिजन थ्रीको विजेता सरोज र फस्ट रनर अप मनिता राई बने   •   प्रदेश १ मा को–को बन्दैछन् मन्त्री ?   •   एमाले अध्यक्ष ओली गणतान्त्रिक नेपालको दशौं प्रधानमन्त्री   •   प्रधानमन्त्री देउवाद्धारा राजीनामा ?   •   भिटोफ नेपालले मनकवानपुरस्थित कुन्छाल गाउँको अवलोकन भ्रमण गर्ने

एनएमए पीक बचाउने एजेण्डा छ : जिम्बा जाङबु शेर्पा

zimbaकाठमाडौं । जिम्वा जाङ्बू शेर्पा नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षका उम्मेद्वार हुन् । एनएमएको सम्पूर्ण तालिमहरु प्राप्त गरी फ्रान्सको इन्साबाट डिप्लोमा इन माउन्टेनरिङ गरेका पहिलो नेपाली माउन्टेनरिङ गाइड शेर्पा पर्वतीय पर्यटन क्षेत्रमा तेस्रो पुस्ताको प्रतिनिधित्व गर्छन् ।

उनका हजुरबुबा र बुवा दुवै माउन्टेनरिङ गाइड थिए । लगातार ४० बर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा सकृय खुम्जुंग, सोलुखुम्बुका शेर्पाले देशभित्र र देशबाहिरका धेरै हिमालहरुको आरोहण पनि गरिसकेका छन् ।

पर्वतीय पर्यटन र समाजसेवासँग सम्बन्धित दर्जनौं संघसंस्थाहरुमा संलग्न शेर्पा युनियन अफ एशियन अल्पाइन एशोसिएसनको पूर्व उपाध्यक्ष पनि हुन् । यूआईएएएको मेनेजमेन्ट कमिटीका सदस्य शेर्पा नेपाल पर्वतारोहण संघको पूर्व अध्यक्ष पनि हुन् ।

राष्ट्रिय–अन्र्तराष्ट्रिय रुपले पर्वतीय पर्यटनको क्षेत्रमा लामो अनुभव र नेतृत्व गरिसकेका शेर्पाको व्यापक जनसम्पर्क, संघप्रतिको लगनशीलता र उनीप्रति आममतदाताको विश्वास र भरोसा छ । एनएमए पीक बचाउने मुख्य एजेण्डाका साथ उनी चुनावी मैदानमा होमिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close