जलविद्युत र सिँचाइमा लगानी गर्न अमेरिका इच्छुक   •   काठमाडौँको ‘रिङरोड’भित्र ३ रुटमा केवलकार, जहाँ गएपनि ४० रुपैयाँ मात्रै भाडा लाग्ने   •   चार महिला पत्रकारद्वारा सगरमाथाकाे सफल अाराेहण   •   ८८४८ मिटरमाथि ‘मेरी खालिङनी आमाले बुनेको फेङ्गा’   •   गाउँपालिकाद्धारा स्वास्थ्य चौकीलाई आधुनिक रगत परीक्षण उपकरण प्रदान   •   शनम शाक्य हत्या तथा ३८ सय केजी सुन तस्करीका मुख्य नाइके 'गोरे' सार्वजनिक (भिडियोसहित)

को हुन् एनएमएका नवनिर्वाचित अध्यक्ष सन्तबीर लामा ?

विधानमा एक व्यक्ति एक कार्यकाल बनाउने प्रतिबद्धता

36426

santabirकाभ्रे जिल्लामा जन्मिएका सन्तबिर लामा १४ वर्षकै उमेरमा सन् १९७३ देखि पर्यटन क्षेत्रको विभिन्न पेशामा आवद्ध भई विगत २५ वर्षदेखि लामा एड्भेन्चर एण्ड ट्रेक्स संचालन गरिरहेको छन् । सन् १९८२ देखि सन् १९८६ सम्म ४७ भन्दा बढी पटक ग्रुप लिडर भई नेपाल तिब्बत आरोहणको सफल नेतृत्वकर्ता हुन् । माउण्ट कैलाशको रुटमात्रै ४ पटक परिक्रमा गरेर चर्चामा ल्याएका लामाले एनएमए अन्तर्गत रहेका २७ वटा चुलीहरुको लगायत ७ हजार मिटरसम्मका हिमाल समेत आरोहण गरेका छन् ।

१८ वर्षअघि एनएमएको सदस्य भएका लामासँग १९९८ मा टानको कार्यसमिति सदस्य, एनएमएमा वर्तमान कार्य समितिका प्रथम उपाध्यक्ष सहित विभिन्न पदमा रही कार्य सम्पादन गरेको अनुवभ छ । विगतको अनुभव र दक्षतालाई सदुपयोग गर्दै एनमएमा पारदर्शिता कायम गराउनु लामाको मुख्य एजेण्डा हो ।

अहिलेसम्म नेतृत्वमा रहेकाहरुले हिमाल र हिमालसँग आवद्ध पेशाकर्मीहरुको उत्थान भन्दा आफ्नै व्यक्तिगत फाइदाको लागि मात्र संस्था प्रयोग गरी संस्थालाई लथालि बनाइकोमा लामाले खरो प्रतिवाद गर्दै आएको मात्र हैन पुरातन सोँच भएका व्यक्तिले आफ्नै नाता भित्रै एकअर्कामा उत्तराधिकारी तोक्ने परिपाटीको अन्त्य गरेर एक व्यक्ति एक कार्यकालको वैधानिक व्यवस्था लागु गर्दै संघको उद्देश्य पुरा गराउन कटिबद्ध छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*