इराकबाट ह्वील चियरमा ल्याइएकी शान्ता बान्तावालाई अनिस प्रतिष्ठानद्धारा आर्थिक सहयोग   •   छमछमी सिजन थ्रीको विजेता सरोज र फस्ट रनर अप मनिता राई बने   •   प्रदेश १ मा को–को बन्दैछन् मन्त्री ?   •   एमाले अध्यक्ष ओली गणतान्त्रिक नेपालको दशौं प्रधानमन्त्री   •   प्रधानमन्त्री देउवाद्धारा राजीनामा ?   •   भिटोफ नेपालले मनकवानपुरस्थित कुन्छाल गाउँको अवलोकन भ्रमण गर्ने

नेपाल पर्वतारोहण संघको चुनाव भोली

चुनावी रौनकबीच आपसी घोँचपेच जारी

nima and deepak finelनेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन आउन अब एक दिन बाँकी छ । सन्तबीर लामा र जिम्बाजाङबु शेर्पा समुहबीच हुने यो चुनावको लागि विभिन्नखालका एजेण्डाहरु प्रस्तुत भइरहेका छन् । अन्तिम अवस्थासम्म सहमतीय नेतृत्वका लागि पहल हुने अपेक्षा मतदात व्यवसायी तथा आरोहीहरुले गरेका थिए । तर अन्ततः दुईटै पक्षले आफ्नो अडान कायम राखेपछि चुनाव भइछाड्ने अवस्था आएको हो । चुनावी अभियानको क्रममा विभिन्न घोचपेचहरु भइरहेका छन् । यसै सन्दर्भमा लामा समुहका चुनाव प्रचार प्रसार समिति संयोजक निमानुरु शेर्पा र निटका अध्यक्ष तथा जिम्बा समुहका मुख्य योजनाकार दीपक महतसँग शिखरपोष्टले गरेको कुराकानीमा आधारित सामाग्री:

  • एनएमएमा सहमातीय नेतृत्व ल्याउन निटले ढोका दियो 

nimaनिमानुरु शेर्पा, प्रचार–प्रसार संयोजक -सन्तबीर लामा प्यानल

नेपाल पर्वतारोहण संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति नजिकिएसँगै सन्तबीर लामाको टिमको प्रचार–प्रसारको क्रममा सम्बन्धित संघसंस्था र अन्य व्यवसायीहरुसँग भेटघाट र छलफल गरिरहेका छौ । हाम्रा एजेन्डाहरुबारे उनीहरुलाई जानकारी गराईरहेका छौ । चुनावी प्रचारका क्रममा हाम्रा विपक्षीहरुले बिभिन्न भ्रमपूर्ण प्रचार गरिरहेका छन् । त्यसका विषयमा एनएमएमा आवद्ध व्यवसायी सबैलाई राम्रो जानकारी छ । त्यसकारण यस विषयमा धेरै भनिरहनु पर्छ जस्तो लाग्दैन ।

तर हामीले के बुझ्न आवश्यक छ भने पिक सरकारकै हो तर त्यसको व्यवस्थापनको जिम्मा एनएमएले पाएको हो । सरकारले विगतमा जुन उद्देश्यका लागि भनेर ति पिकहरु एनएमएलाई संचालनको जिम्मा दिएको थियो । तर त्यसको व्यवस्थापन उद्देश्य अनुसार नभएपछि विगतमा सजग बनाएको मात्र हो । यसमा कसैले पनि अनावश्यक प्रचार गरिरहनु आवश्यक छैन । हिजोको नेतृत्वको कमि कमजोरीको कारण सरकारले सचेत गराएको हो । त्यो समयमा पनि अहिलेका अध्यक्षका उम्मेदवार सन्तबीर लामाले कति सम्म लड्नु भएको छ भन्ने कुरा सबैलाई थाहा छ । यदी कसैलाई विश्वास लाग्दैन भने अड्डा, अदालतमा गएर हेर्दा पनि हुन्छ । त्यसकारण जसले पिक जोगाउन लडेको छ । उसैलाई अनावश्यक आरोप लगाउनेको नियत के हो आफै बुझ्न सकिन्छ ।

हाम्रो प्रमुख एजेन्डा हो एनएमएलाई कुनै निजी कम्पनीको रुपमा संचालन गर्नु भएन । यसलाई नेशनल अल्पाईन क्वलको रुपमा विकास गर्नुपर्छ । सोही कार्यका लागि यो टिम आएको छ ।
खास सुरुमा म पनि अध्यक्षको दाबेदार थिए । तर, निर्वाचनको बारेमा छलफल अगाडि बढाउदै जादा निटले सन्तबीर लामालाई सहमतीय आधारमा एनएमएको अध्यक्ष बनाउने सहमति जनाएपछि सन्तबीरलाई सहमतीय आधारमा अध्यक्ष बनाउने सहमाति जनायो । त्यसपछि सहमातीय नेत्रित्व आउछ भने म वाघक बन्न हुदैन भनेर मैले पनि सन्तबीरलाई समर्थन गरेर अध्यक्षको दावेदारीबाट पछि हटेको थिए । तर अन्तमा त्यो भएन । बिचमा जे भएपनि सन्तबीरको नेतृत्वमा एउट राम्रो टिम बनेको छ । जुन टिमले नेपालको पर्वतीय पर्यटनको विकासमा महत्वपूर्ण काम गर्ने छ ।

  • हामीले कहाँ घोका दियौ, उहाँहरुभित्रै समस्या छ  

deepakदिपक महत, अध्यक्ष -नेपाल पर्यटन व्यवसायी संघ (निट)

अप्रयाप्त समयका बाबजुत पनि हामीले गत १६ गते स्वतन्त्र उम्मेद्वार जिम्बाजाम्बु शेर्पाको नेतृत्वमा नेपाल पर्वतारोहण संघको नेतृत्वका लागि एउटा समक्ष टिम गठन गर्यौ । अहिलेसम्मको अनुभवमा मैले के पाइरहेको छु भने जसले निर्वाचन जित्छ उसको उम्मेदवार छनौट लगायतमा विषयमा पनि धेरै बिबाद हुदैन । हाम्रो सन्दर्भमा पनि त्यी भयो र हामीले कुनै बिबाद बिना टिम गठन गर्यौ । त्यसको सार्वजनीक गर्यौ र मनोनय दर्ता गर्यौ । त्यसपछि हामी अहिले पनि नेपाल पर्वतरोहण संघमा आवद्ध व्यवसायी, आरोही, लगायतका सरोकारवाला व्यक्तिहरुसँग भेटघाटको क्रममा छौ । एनएमएसँग सम्बन्धित व्यवसायीहरु सम्म पुगेर भोट माग्ने क्रम चलिरहेको छ ।

विगतमा हामीले सन्तबीर लामालाई नेपाल पर्वतारोहण संघको सहमतिय उम्मेवदार बनाउने भनेर सहमति गरेको हो । तर निटलाई एमाले पक्षधरका साथीहरुले लगाउनु आरोप गलत हो ।

हामीले लामो समयसम्म सन्तबीरलाई सहमतीय आधारमा एनएमएको अध्यक्ष बनाउनुपर्छ भनेर भनिरहदा र सोही अनुसार छलफलहरु गरिरहदा उहाँहरु आफैले त्यसलाई कुनै वास्ता नगरि आफ्नो पक्षको उम्मेदवारी घोषणा गर्नुभयो । त्यसपछि पनि केही प्रयासहरु हामीले गर्यौं त्यो सम्भव भएन ।

त्यो नभइसकेपछि सहमतिको समय घड्कियो । सहमित–सहमति भनेर हामी बसिरहदा निर्वाचनको थप तयारी गर्न नभ्याउने भयौं । अर्को तर्फ चुनावी प्रतिस्प्रर्धामा जादा सन्तबीरले जित्ने अवस्था रहदैन थियो । यो थाहा हुँदा हुँदै पनि माओवादीका साथीहरु लुरुक्क लागेर एमालेसँग मिल्नपुग्यो । सिमित स्वार्थमा माओवादीले सन्तबीरलाई अध्यक्षमा सघायो । त्यसपछि हामीले जिम्बाको नेतृत्वको टिमलाई सघाउने निर्णय गरेका हौ ।

नेपाल पर्वतारोहण संघको विद्यान संशोधन गरेर अध्यक्ष लगायतका प्रमुख पदहरु एक कार्यकाल मात्र बन्न पाउने व्यवस्था गर्न निट तयार छ । अहिले दोहोर्यो भन्ने साथीले यो प्रस्ताव ल्याउन हामी समर्थन गर्न सधै तयार छौ । तर अहिलेको बिधान नेत्रित्व दोहोर्‍याउनको लागि बाधक छैन । त्यो पनि अहिले लामा समुहका अध्यक्षका उम्मेदवार नै १७ वर्ष एनएमएमा बसेर काम गरेको अनुभव छ भन्दै प्रचार गरिरहनु भएको छ, अनि त्यो चाही के नदोहोर्‍याएको हो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close