परेवा उडाएर मनाइयो संविधान दिवस   •   नेपाल टेलिकमको ‘वाउ टाइम’ मोबाइल एप्स सुरु   •   पर्यटन ब्यबसायीहरुले एउटै मञ्चबाट भने 'खुम्बुमा शुल्क असुल्ने निर्णय मान्दैनौ'   •   दसैंका लागि हवाइजहाजका सबै टिकट सकिए, अतिरिक्त उडानको तयारी गर्दै कम्पनी   •   राष्ट्रिय वाणिज्य बैंकको आईपीओ ल्याउने योजना अलपत्र   •   प्रधानमन्त्री देउवा आज न्यूयोर्कतिर

नेपालमै पहिलोपटक ‘मिस इन्टरकन्टीनेन्टल नेपाल २०१७’ हुँदै

विजेतालाई नेभेम्बरमा मुम्बईमा हुने प्रतियोतिगामा सहभागि गराइने

  • शिखरपोष्ट डेक्स

काठमाडौं, २३ साउन । विगत ४५ वर्षदेखि पानामा सिटीबाट मिस इन्टरकन्टीनेन्टल अर्गनाइजेशन (एमआईओ)ले सुरु गरेको सुन्दरी प्रतियोगिता यस वर्षदेखि नेपालमा पनि सुरु हुने भएको छ । ‘मिस इन्टरकन्टीनेन्टल नेपाल २०१७’ टाइटल नाम दिइएको अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगिता डिपास इन्टरनेशनल नामक संस्थाले नेपालमा पहिलो पटक आयोजना गर्न लागेको हो ।

पहिलो अडिसन आउँदो अगष्ट १५ देखि सुरु हुने उक्त प्रतियोगिताबाट नेपालभरिका महिलाहरुवीच प्रतिस्पर्धा गराई मुलुककै सुन्दर र क्षमतावान सुन्दरी छनौट गरिने आयोजक संस्था डिपास इन्टरनेश्नलका संस्थापक तथा मिस इन्टरकन्टीनेन्टल नेपालका नेशनल डाइरेक्टर पासाङ शेर्पा (छेल्हामु)ले बताउनुभयो ।

20706779_1604494699592869_168249759_nशेर्पाले शिखरपोष्टलाई दिनुभएको जानकारीअनुसार नेपालका प्रमुख शहरहरु विर्तामोड, इटहरी, चित्तवन, बुटवाल, धनगडी, पोखरामा क्रमश आउँदो अगस्ट १५, १६, १७, १८ २० र २२ तारिखमा प्रतियोगिहरुको छनोट गरिने छ र राजधानी काठमाडौंमा अगस्ट २४ र २५ मा छनौट गरिने छ ।

प्रतियोगितामा सहभागिहरुमध्ये बढीमा २५ जना छनोट भई काठमाडौंमा एक महिने प्रशिक्षण दिएपछि फाइनल राउण्डमा पठाइने छ । प्रशिक्षण अन्तर्राष्ट्रिय अनुभव संगालेका फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले दिनु हुनेछ ।

मिस ईन्टरकन्टिनेन्टल नेपाल २०१७ को अन्तिम छनोट भने आउदो असोज ७ गते हुनेछ । यसको विजेता विश्वभरीका प्रतियोगिहरुवीच मुम्बाईमा नोभेम्वरमा हुने मिस ईन्टरकन्टिनेन्टल २०१७ प्रतियोगितामा सहभागि गराइनेछ।

विश्व विख्यात कम्पनीहरुको प्रायोजनमा हुने यो प्रतियोगिताले महिलाहरुको रुप मात्रै हैन उनीहरुभित्र भएका क्षमता, दक्षता, प्रतिभा, वाकशक्तिलाई समेत पहिचान गर्दै विभिन्न क्षेत्रमा स्थापित गराउनुका साथै सामाजिक अन्तर्घुलन, अन्तरदेशीय सम्वन्ध, संस्कार, संस्कृति, भिन्न राष्ट्रिय पहिचानलाई एकताको सुत्रमा बाध्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

आयोजकले एक प्रेस विज्ञप्ती जारी गरी नेपालमा पहिलो पटक हुन लागेको यो प्रतियोगितामा सहभागि भई आफ्नो सुन्दरता, क्षमता, प्रतिभालाई खुल्ला रुपमा प्रस्फुटन गर्न आह्वानसमेत गरेको छ । प्रतियोगितामा सहभागि हुनका लाग केही योग्यता तथा मापदण्डसमेत तोकिएको छ ।

यस्ता छन् प्रतियोगितामा सहभागि हुन आवश्यक योग्यता तथा मापदण्डहरुः
१, प्रतिस्पधीको उमेर १८ पूरा भई २६ ननाघेको हुनुपर्ने ।

२, उचाई न्युनतम ५ दशमलब २ फिट हुनपर्ने ।

३, अविवाहित, नेपाली नागरिक हुनुपर्ने ।

४, शरीरमा देखिने गरी ट्याटु खोपेको हुन नहुने ।

५, अंगे्रजीमा सामान्य सम्बाद गर्न जान्नुपर्ने ।20668319_1604494952926177_202605726_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close