प्रधानमन्त्री देउवा आज भारत जाँदै   •   चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न   •   ऋषि धमलाकी पत्नी फिल्म बनाउँदै, नायिका पनि आफैँ   •   १८ सांसदको पद धरापमा, आज पार्टीले निस्कासन गर्दै   •   हेलिकप्टरबाटै पोखरा घुम्न पाइने   •   महिनावारी हुँदा स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्छन्

हुन्डी कारोबारमा नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको आशंका

नक्कली भ्याट बिलमा ठूलो अनुसन्धान हुँदै

Hundi1काठमाडौं, २३ साउन । सरकारले फेरि नक्कली भ्याटबिलको प्रयोग बढेको भन्दै अनुसन्धान अगाडि बढाएको छ । अवैध हुन्डी कारोबारमा संलग्न रहेको आशंका गरिएका केही फर्म तथा संस्थाले नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन अगाडि बढाएको हो ।

विभाग स्रोतका अनुसार, करोडौंको कारोबार गर्ने दर्जनौं व्यापारिक फर्म तथा संस्थाले नक्कली भ्याटबिलको प्रयोग गर्ने गरेको पाइएको छ ।

विभागमा परेको उजुरीका आधारमा नक्कली भ्याटबिल छानबिन कार्य अघि बढाइएको विभागले जनाएको छ । विभागका महानिर्देशक रामकृष्ण सुवेदीले छानबिन अगाडि बढाइएको नक्कली भ्याटबिल प्रकरण निकै ठूलो भएको बताए । karobardainik

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close