पञ्चकन्या माई हाइड्राेलाई ११ करोडको आईपीओ निष्काशन अनुमति   •   चीन भ्रमण सफल : प्रधानमन्त्री केपी शर्मा ओली   •   काठमाडौंमा ४ गुणाले बढ्यो जग्गाको मुल्य, कुन ठाउँमा कति तोक्यो ? (सूचिसहित)   •   ग्रेडिङका कारण एसइईको नतिजा कमजोर देखिएको होइन : परीक्षा बोर्ड   •   स्थानीय तहमा कर्मचारी अभाव हुन नदिने लालबाबु पण्डित प्रतिबद्धता   •   नायिका श्वेता खड्काको मानवीय सेवा

हाइड्रोको सुरुङमा वाढी पस्दा २८ रोपनि खेत बगायो

सडक पुल बगाउँदा आवतजावतमा समस्या

36686

पाँचथर । निर्माणधिन तल्लो हेंवा जलबिद्युत आयोजनाको सुरुङमा अविरल वर्षासँगै आएको बाढी पस्दा कृषकको २८ रोपनी खेत बगाएको छ । वाढीले फिदिम नगरपालिका–४, का दिलकुमार यक्पाङदेन र हिलिहाङ गाउँपालिका–७, का लक्ष्मीकुमार तामाङको खेत बगाएको हो । गएराती आएको बाढी सुरुङमा पस्दा दुई किसानको त्यतिका परिणामको खेल बगाएको हो ।

सुरुङमा पसेको बाढीले जलबिद्युत आयोजनाको अडिट एरिया देखि सिधै मुनि रहेको यक्पाङदेनको मात्र करीब २१ रोपनी खेत बगाएको उहाँले बताउनुभयो । खोला पारि रहेको तामाङको खेत भने यक्पाङदेनको खेत बगाएर हेंवा खोला थुनिए पछि बगाएको पीडितले बताएका छन् ।

भर्खरै धान रोपेको खेत बगाएपछि यक्पाङदेन र तामाङ चिन्तित बनेका छन् । उनीहरुले आयोजना निर्माण कम्पनि माउन्टेन हाइड्रोले आफूहरुलाई क्षतिपूर्ति दिनुपर्ने वताए । पिडित यक्पाङदेनले भन्नुभयो,“हाम्रो वर्षभरी खाने खेत नै लग्यो,अव के खाएर बाच्नु?,”।

यसैविच रानीटार र लुङरुपाको सीमाना भएर बग्ने आप्पा खोलामा रहेको मुहानमा बाढी पस्दा फिदिम बासी धमिलो पानी पिउन वाध्य छन् । यस्तै गएराती परेको अविरल वर्षाले पाँचथरको फिदिम नगरपालिका स्थित नाम्दुखोलामा लगाएको सडक पुल बगाउँदा रानीटार र लुङरुपा जान तथा उता बाट यता सदरमुकाम फिदिम तिर आउन नसकिने भएको स्थानिय बिरेन्द्र बास्कोटाले वताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*