होटलको शुल्क बढाएर होमस्टेलाई छुट, होमस्टेमा ५० प्रतिशतले कटौती   •   नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)   •   अग्रज पर्यटन व्यवसायी विक्रम पाँडे काजीले चिनेको ‘पासाङल्हामु शेर्पा’   •   रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्   •   प्रदेश सरकारकोे अनुदानप्रति स्थानीय तह असन्तुष्ट   •   नेपाली कांग्रेस जिल्ला सभापतिको भेलामा आजदेखि बन्दसत्र

यायोक्खाद्वारा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत

36698

IMG_4994-08082017084516-1000x0काठमाडौं, २४ साउन – किरात राई यायोक्खाले ३० औं वार्षिकोत्सवमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ ।

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र यायोक्खाका अध्यक्ष तिलक राईले राजधानीमा आयोजित समारोहमा गायिक आभा मुकारुङलाई १५ हजार राशिको किरात संगीत पुरस्कार, पत्रकार पदम राईलाई २५ हजार रुपैयाँ रहेको किराया धनकेशरी अतम्बरी राई स्मृति पत्रकारिता पुरस्कार, लेखक एलएन ठुलेलाई १५ हजार रुपैयाँ रहेको किराया छत्रविष्णु राई कृति सम्मान प्रदान गरे ।

त्यसै गरी अनुसन्धाता चन्द्रकुमार राई ‘हतुवाली’ लाई १५ हजार राशिसहितको किराया मदनेश्वरी राई स्मृति पुरस्कार, पत्रकार गणेश वाम्बुले राईलाई आठ हजार रुपैयाँ रहेको किराया दुर्गादेवी मोहनसिंह भाषिक पत्रकारिता पुरस्कार दिइयो ।

विद्यावारिधिप्राप्त डा. खगेन्द्र साम्पाङ राईलाई समेत सम्मान गरियो । त्यस्तै, एसईई, कक्षा १२ र स्नातक तहमा राई समुदायबाट उत्कृष्ट विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*