नाट्टा अध्यक्षका लागि अच्युत गुरागाईद्धारा उम्मेद्धारी घोषणा   •   समानुपातिकतर्फ कुन दलले कति मत प्राप्त गरे? यस्तो छ पछिल्लो अपडेट   •   यस्तो छ एनएमएको 'माउन्टेन फेस्टिवल २०१७'   •   सोलुखुम्बुमा समानुपातिक तर्फ कांग्रेस पहिलो   •   सगरमाथाको उचाइ नाप्न अमेरिका, चीन, भारत, जापानका विज्ञहरुसँग छलफल   •   दलितसम्बन्धि समस्या समाधानका लागि सामुहिक पहल आवश्यकः आयोग सदस्य पौडेल

रेखा थापा राप्रपा छाड्ने ‘मुडमा’

माअाेवादीमै फर्किन्छन् कि अरू नै पार्टीमा जाँदैछिन्?

rekhaकाठमाडाैँ । पशुपति शमसेर राणाले कमल थापा नेतृत्वकाे राप्रपा फुटाएर नयाँ दल खाेलेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीकाे अवस्था झन् कमजाेर बनेकाे छ ।

पार्टी एकता भएसँगै हाैसिएर राप्रपा प्रवेश गरेकी अभिनेत्रीदेखि अन्य व्यवसायी समेत अहिले राप्रपा छाड्ने मुडमा पुगेकाे खबर छ ।

राप्रपा कमजाेर बनेसँगै अभिनेत्री रेखा थापाले पार्टी छाड्ने मुड बनाएकी छिन् । एकतापिछ राप्रपा बलियाे भएकाे देखेर त्यसमा लागेकी उनी हाल पार्टी छाड्ने मुडमा पुगेकी स्राेतले बतायाे ।

उनलार्इ पशुपति शमसेर राणाले समेत पार्टी फुटाउने क्रममा अाफुसँग लिएर जान लागेका थिए । तर रेखाले त्यसरी पार्टी फुटाउन नहुनेमा जाेड दिँदै अाफु नजाने प्रष्ट पारेपछि उनी अहिले कमल थापा नेतृत्वकाे राप्रपामै छिन् ।

राणाले पार्टी फुटाउने विषयमा छलफल चल्दै गर्दा गायिका काेमल वली र थापाबीचमा अब के गर्ने भन्ने विषयमा समेत कुराकानी भएकाे थियाे । थापाले पार्टी कमजाेर हुँदै गएपछि त्यसमा बसिरहनुकाे अर्थ नभएकाे बताएकी छिन् । यद्यपी उनी कुनै निर्णयमा भने पुगेकी छैनन् ।

रेखा अब माअाेवादीमै फर्किन्छन् कि अरू नै पार्टीमा जान्छिन् त्याे भने हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close