नाट्टा अध्यक्षका लागि अच्युत गुरागाईद्धारा उम्मेद्धारी घोषणा   •   समानुपातिकतर्फ कुन दलले कति मत प्राप्त गरे? यस्तो छ पछिल्लो अपडेट   •   यस्तो छ एनएमएको 'माउन्टेन फेस्टिवल २०१७'   •   सोलुखुम्बुमा समानुपातिक तर्फ कांग्रेस पहिलो   •   सगरमाथाको उचाइ नाप्न अमेरिका, चीन, भारत, जापानका विज्ञहरुसँग छलफल   •   दलितसम्बन्धि समस्या समाधानका लागि सामुहिक पहल आवश्यकः आयोग सदस्य पौडेल

पेट्रोलियम पदार्थ बिक्री वितरण ठप्प पार्ने चेतावनी, अधिकांश पम्प बन्द

चरणबद्द आन्दोलनको कार्यक्रम घोषणा

no-petrolकाठमाडौं । पेट्रोलियम व्यवसायीले देशभरका डिपोबाट पेट्रोल खरिद नगर्ने घोषणा गरेका छन् । सरकारले इन्धन ढुवानीका क्रममा प्राविधिक रुपमा हुने परिमाण नोक्सानीको क्षतिपूर्तिको माग पुरा नगरेको भन्दै नेपाल पेट्रोलियक डिलर्स राष्ट्रिय एशोसिएशनले माग पुरा नभए साउन ३१ गतेदेखि देशभरमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा पनि बन्द गर्ने चेतावनी दिएको छ ।

आयल निगम सँग पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएकाले आन्दोलन शुरु गरेको एशोसिएशनले जनाएको छ । एशोसिएशनले प्राविधिक कारणबाट हराउने पेटोलियम पदार्थको पनि क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग राखेको छ ।

यसअघि आन्दोलनको घोषणा गरेर फिर्ता लिएका व्यवसायीले पुन माग पुरा नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।  साउन २६ गतेदेखि मुलुकभरका डिपोबाट पेट्रोल खरिद नगर्ने घोषणा गरेका छन् । खरिद बन्द गर्नेसम्मका आन्दोलन २० साउनदेखि पम्पमा कालो झण्डा गाडेर आन्दोलन सुरु गरेका व्यवसायीले २६ साउनदेखि पेट्रोल खरिद नगर्ने, २९ गतेदेखि डिजल तथा मट्टितेल खरिद नगर्ने र ३१ गतेदेखि बिक्री वितरण पनि बन्द गर्ने चेतावनी दिएका छन् ।

व्यवसायीले चार हजार लिटर पेट्रोल ढुवानी गर्दा करिब ९९ लिटर र डिजेलमा ६० लिटरसम्मको लस हुने गरेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close