जलविद्युत र सिँचाइमा लगानी गर्न अमेरिका इच्छुक   •   काठमाडौँको ‘रिङरोड’भित्र ३ रुटमा केवलकार, जहाँ गएपनि ४० रुपैयाँ मात्रै भाडा लाग्ने   •   चार महिला पत्रकारद्वारा सगरमाथाकाे सफल अाराेहण   •   ८८४८ मिटरमाथि ‘मेरी खालिङनी आमाले बुनेको फेङ्गा’   •   गाउँपालिकाद्धारा स्वास्थ्य चौकीलाई आधुनिक रगत परीक्षण उपकरण प्रदान   •   शनम शाक्य हत्या तथा ३८ सय केजी सुन तस्करीका मुख्य नाइके 'गोरे' सार्वजनिक (भिडियोसहित)

प्रतिनिधि सभाको क्षेत्र निर्धारण लगभग अन्तिम, कुन प्रदेशमा कति निर्वाचन क्षेत्र ?

प्रदेशमा नम्बर १ मा २८ वटा क्षेत्र निर्धारण

36811

electtion_comm2 (2)काठमाडौं । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र निर्धाण गर्न गठन भएको आयोगले प्रतिनिधि सभाको निर्वाचन क्षेत्रको संख्या लगभग टुंगो लगाएको छ ।

आयोगले जनसंख्या र भूगोलका आधारमा पहिले कायम २४० निर्वाचन क्षेत्रलाई नयाँ संविधानको व्यवस्था अनुसार एक सय ६५ निर्वाचन क्षेत्र निर्धारण गरेको हो । आयोगले संख्या लगभग टुंगो लगाएको छ ।

आयोगका एक सदस्यका अनुसार अहिले मूल प्रतिवेदन लेखन र छलफलसँगै भइरहेको छ । संख्याका विषयमा छलफल भइरहेको उनले बताएका छन् ।

आयोगले निर्धारण गरेको संख्यामा सबै भन्दा बढी प्रदेश ३ मा ३३ वटा निर्वाचन क्षेत्र तोक्ने गरी छलफल भएको छ । त्यसपछि २ नम्बर प्रदेशमा ३२, र १ नम्बर प्रदेशमा २८ वटा क्षेत्र निर्धारण गर्ने लगभग सहमति भएको बताइएको छ ।

यसैगरी, प्रदेश ४ मा १८, प्रदेश ५ मा २६, प्रदेश ६ मा १२ र प्रदेश ७ मा १६ निर्वाचन क्षेत्र रहने बताइँदैछ । सबै भन्दा कम ६ नम्बर प्रदेशमा १२ वटा निर्वाचन क्षेत्र निर्धारण हुने बताइएको छ ।

निर्वाचन आयोगले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन दिनु पर्ने बताइरहेको छ । क्षेत्र निर्धारण आयोगले आउँदो भाद्र पहिलो साता प्रतिवेदन बुझाउने गरी काम गरिरहेको छ । प्रतिनिधि सभाको क्षेत्र निर्धारण पछि आयोगले प्रदेश सभाको क्षेत्र निर्धारण गर्ने छ ।

नेपालको संविधानमा प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र बराबर प्रदेश सभाको दुई निर्वाचन क्षेत्र हुने उल्लेख छ । आयोले संवैधानिक व्यवस्थालाई मूल आधार बनाएर क्षेत्र निर्धारणको कानुनु अनुसार काम गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*