होटलको शुल्क बढाएर होमस्टेलाई छुट, होमस्टेमा ५० प्रतिशतले कटौती   •   नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)   •   अग्रज पर्यटन व्यवसायी विक्रम पाँडे काजीले चिनेको ‘पासाङल्हामु शेर्पा’   •   रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्   •   प्रदेश सरकारकोे अनुदानप्रति स्थानीय तह असन्तुष्ट   •   नेपाली कांग्रेस जिल्ला सभापतिको भेलामा आजदेखि बन्दसत्र

दोषी प्रमाणित भए सार्वजानिक र राजनीतिक जिवनबाट अलग हुन्छु -असिम राई

36818

1499011618_1568_1सोलुखुम्बु / दुधकौंशिका गाउपालिकाका अध्यक्ष असिम राईले आफु विरुद्धको ठगी मुद्धामा दोषी ठहरिए सार्वजानिक र राजनीतिक जीवनबाट अलग हुने बताएका छन् । राईले सल्लेरीमा पत्रकार सम्मेलन गर्दै आफु निर्दोष रहेको र अदालतबाट दोषी ठहरिए पदत्याग गरी सार्वजानिक र राजनीतिक जीवनबाट अलगिने बताएका हुन ।

२०७० सालयता विधिसंम्वत रुपमा युनिक ग्रुप बचत तथा सहकारीको जिम्मेबारी हस्तान्तरण गरिएको भएपनि सोही संस्थाको नाममा करिव ७ महिनापछि आफु सहित पुराना कार्यमसमितीलाई समेत दोषी देखाउदै अदालतमा मुद्धा दर्ता गराएको र जानकारी नभएकै कारण म्यादसमेत बुझ्न नपाएको उल्लेख गरे । आफ्नो म्यादमा समेत किर्ते हस्ताक्षर गरि अर्कोले म्याद बुझेको पाईएकाले अदालतबाट पुन बेरित म्यादलाई साउन १८ गते तामेली गरिएको र अब प्रक्रियागत रुपमा आफु अगाडि बढ्ने समेत अध्यक्ष राईले बताए ।

अध्यक्ष राईलाई अदालतबाट कसुरदार ठहर गरि विगो ३१ लाख ६७ हजार २ सय ९० बमोजिम जनही जरिवाना र जनही एक बर्ष कैद फैसला गरिएको थियो ।

स्थानिय तहको निर्वाचनमा दुधकौंशिका गाउपालिका अध्यक्षमा निर्वाचित भएलगतै ठगी मुद्धा सार्वजानिक भएको थियो । दुधकौंशिका गाउपालिका जिल्लाकै स्थानिय तहहरु मध्ये सवैभन्दा ठुलो र बढी जनसंख्या भएको गाउपालिकासमेत हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*