परेवा उडाएर मनाइयो संविधान दिवस   •   नेपाल टेलिकमको ‘वाउ टाइम’ मोबाइल एप्स सुरु   •   पर्यटन ब्यबसायीहरुले एउटै मञ्चबाट भने 'खुम्बुमा शुल्क असुल्ने निर्णय मान्दैनौ'   •   दसैंका लागि हवाइजहाजका सबै टिकट सकिए, अतिरिक्त उडानको तयारी गर्दै कम्पनी   •   राष्ट्रिय वाणिज्य बैंकको आईपीओ ल्याउने योजना अलपत्र   •   प्रधानमन्त्री देउवा आज न्यूयोर्कतिर

उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षका लागि भदौ १९ गते चुनाव

को को छन् प्रतिस्पर्धी ?

FNCCIकाठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त रहेको जिल्ला तथा नगर उपाध्यक्षको लागि भदौ १९ गते निर्वाचन हुने भएको छ । महासंघको कार्यकारिणी समितिको बैठकले भदौ १९ गते निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचनको लागि भदौ १२ गते उम्मेद्वारी दर्ताको समय दिइएको छ ।

गत चैतमा भएको महासंघको निर्वाचनबाट जिल्ला तथा नगरको उपाध्यक्ष पदमा प्रमोद श्रेष्ठ निर्वाचित भएका थिए । श्रेष्ठ स्थानीय तह निर्वाचनमा म्यादी जिल्लाको बेनी नगरपालिकामा मेयर पदको उम्मेद्वार बने । मेयरको निर्वाचनपनि उनले हारे ।

मेयर पदमा उम्मेद्वार बनेपछि महासंघको विधान अनुसार श्रेष्ठको पद स्वत निलम्बन भएको थियो । महासंघको विधानमा पदाधिकारीलाई कुनैपनि राजनीतिक दलको सदस्य बन्न र राजनीति दलबाट निर्वाचनमा भाग लिन रोक लगाइएको छ ।

महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विधान अनुसार प्रमोद श्रेष्ठ अयोग्य भएको र भविष्यमा पनि महासंघको निर्वाचनको लड्न नपाउने बताए ।

किशोर प्रधानम समुहबाट पदाधिकारी जित्ने श्रेष्ठ एकमात्र उम्मेद्वार थिए । उनले गोल्छा समुहबाट जिल्ला नगरमा उठेका दिनेश श्रेष्ठलाई हराएका थिए ।

भदौ १९ मा निर्वाचन गर्ने र भदौ १२ मा उम्मेद्वारी दर्ताको समय तोकिएपछि महासंघमा जिल्ला नगरको उपाध्यक्षको लागि विभिन्न नाम चर्चामा भएको छ ।

शेखर गोल्छासँग बरिष्ठ उपाध्यक्ष हारेका किशोर प्रधानपनि जिल्ला नगर उपाध्यक्ष बन्न राजी भएका छन् ।

प्रधान बाहेक जिल्ला नगरमा उपाध्यक्ष हारेका दिनेश श्रेष्ठ र प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधी तिवारी पनि दावेदार रहेका छन् । यस्तै सुर्खेतका निरक केसी पनि जिल्ला नगरको उपाध्यक्षको लागि दावेदार देखिएका छन् । उनी ६ वर्ष अगाडि हालकी अध्यक्ष भवानी राणासँग जिल्ला नगरमा उपाध्यक्ष हारेका थिए ।

यस्तै रुपन्देहीका कृष्णप्रसाद शर्मापनि उपाध्यक्ष पदको दावेदार देखिएका छन् । उनी महासंघका पूर्व अध्यक्ष प्रदिपजंग पाण्डे निकट मानिन्छन् ।

यस्तै महासंघको अघिल्लो निर्वाचनमा जिल्ला नगरको उपाध्यक्षमा किशोर प्रधानसँग पराजित भएका दोलखाका डिबी बस्नेतपनि उपाध्यक्ष बन्ने तयारीमा छन् ।

महासंघको विधानमा जिल्ला नगरको उपाध्यक्ष बन्नको लागि जिल्ला तथा नगर उद्योग वाणिज्य संघको सिफारिस चाहिन्छ । यसको मतदाता पनि जिल्ला नगर उद्योग वाणिज्य संघ हुने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close