पवित्र तिर्थस्थल तिलिचोमा खिचिएको विदेशी पर्यटकको नांगो फोटो भाईरल   •   लुम्बिनी विकास कोषको सदस्य सचिव छनोट प्रक्रिया अन्तिम चरणमा   •   यूट्युबमा भिडियो अपलोड गर्नुअघि होस गर्नुस्   •   महिला आत्मनिर्भरताको नारा बोकेर ३ महिला आरोही सगरमाथा चढ्दै   •   विकिपेडियाबारे नसुनेका तथ्य : ‘सेक्स’ सबैभन्दा प्रसिद्ध लेख   •   महाकुलुङका अधिकांश घरमा बिरामी, स्वाइनफ्लुको आशंका

एनएमए चुनाव प्रकरण: जिल्ला प्रशासन कार्यलयद्वारा ४ सदस्यीय छानबिन समिति गठन

एक हप्ताभित्र सत्य/तथ्य बाहिर आउने

  • शिखरपोष्ट रिपोर्टर  

NMA_Logoकाठमाडौं, २७ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनसम्बन्धी उत्पन्न बिबादको सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गरेको छ । गत श्रावण २१ गते सम्पन्न एनएमए निर्वाचनमा धाँधली भएको भन्दै पराजित उम्मेद्वार जिम्बाजाम्बु समुहले निर्वाचन वदर गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको थियो ।

सोही आधारमा शुक्रबार जिल्ला प्रशासन कार्यालयले कार्यालयका कानुनी अधिकृत पारशमणि पोखरेलको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेकोछ । सदस्यहरुमा प्रशासन कार्यालयका प्रशासकिय अधिकृत परशुराम पोखरेल, नेपाल प्रहरी प्रतिनिधि १, केन्द्रिय अनुसन्धान ब्यूरो १ प्रतिनिधि रहेका छन् ।

प्रशासकीय अधिकृत परशुराम पोखरेलले एनएमए निर्वाचनको सम्बन्धमा छानबिन गरी एक साताभित्र निर्णय लिने बताए ।

Subscribe to Comments RSS Feed in this post

2 Responses

  1. Hoitt k vako hola chunab sakera feri dadali vako hota jata herdami rajnitik jamela yasta des ma k unnati holara

  2. Hoitt k vako hola chunab sakera feri dadali vako hota jata herdami rajnitik jamela yasta des ma k unnati holara

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close